बालबालिकालाई यौनजन्य हिंसाबाट बच्ने उपाय र कानुनी उपचार सिकाउन जुम्लाको उच्च सरकारी वकिल कार्यालय जुटिरहेको छ। बालबालिकालाई यौन हिंसाबारे बुझाउँदै अन्याय भए सहेर नबस्न जोड दिन थालिएको हो।
उच्च सरकारी वकिल कार्यालय जुम्लाका निमित्त सहायक न्यायाधिवक्ता द्रोण पौडेल, जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका न्यायाधिवक्ता रेनुका राई र राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाहीसहितको टोलीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय पुगेर बालबालिकालाई कानुनका आधारभूत ज्ञान दिइरहेका छन्।
उनीहरू समुदायसँग सरकारी वकिल कार्यक्रम लिएर कानुनी व्यवस्था र संविधानसम्बन्धी सचेतना फैलाउने काम गर्दैछन्। विभिन्न सञ्चारमाध्यमबाट यौन हिंसाका घटना सुन्दै आएकी जुम्लाको तिला गाउँपालिका १ स्थित सीता मावि रारालिहीमा पढ्ने सरिता बुढाले अहिले त्यस्ता घटना र कानुनी उपचारबारे धेरै कुरा थाहा पाएको बताइन्।
कानुनी सचेतना कार्यक्रममा बसेपछि आफ्नो सोच नै बदलिएको उनको भनाइ छ। ‘गलत हेराइ, बोलाइ र छुवाइ पनि यौन हिंसा हुँदो रहेछ भन्ने थाहा भयो’, उनले भनिन्, ‘पहिले हामी यस्ता कुरालाई सामान्य रूपमा लिन्थ्यौं। यस्ता घटना सहेर बसे अन्त्यमा जघन्य हिंसा हुन सक्ने रहेछ भन्ने थाहा भयो।’ धेरै बालबालिका यौन हिंसा के हो भन्ने थाहा नभएर पनि अन्यायमा परिरहेको उनले बताइन्।
जुम्लाको चन्दननाथ नगरपालिका १० मा पर्ने रत्नचुण्डेश्वर माविमा पढ्दै आएकी सरला शाहीले पनि अहिले प्रतिवाद गर्न सके यौन हिंसा गर्नेहरू निरुत्साहित हुन सक्छन् भन्ने लागेको छ। ‘हिंसा सहेर नबस्नु नै प्रभावकारी कदम रहेछ। हिंसा भए तत्काल कानुनी उपचार खोज्नुपर्ने रहेछ।’
उच्च सरकारी वकिल कार्यालयले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोग कसरी गर्ने, साइबर क्राइम के हो भन्नेबारे पनि ज्ञान दिइने गरेको छ। कानुनी कक्षा लिएपछि छात्रहरू पनि यसबारे सचेत भएको बताउँछन्।
यस्तै पातारासी गाउँपालिका– ५ मा रहेको ऋणमोक्ष मावि डिल्लीचौरका तुलाराम बोहोरा कानुनी कुरा सिकेपछि यौन हिंसा र सामाजिक सञ्जाल प्रयोगबारे धेरै जानकार भएको बताउँछन्। ‘सामाजिक सञ्जाल प्रयोग गर्न नजान्दा कसरी समस्या उत्पन्न हुन्छ भन्ने कुरा थाहा भयो’, उनले भने, ‘पहिले सामाजिक सञ्जालमा लेख्दा या सेयर गर्दा के–के समस्या हुन्छ भन्ने थाहा थिएन, अब सबैलाई ज्ञान भएको छ।’
विद्यालय तहमा कानुनबारे जानकारी नहुँदा धैरै बालबालिका अपराधको सिकार भइरहेको जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका न्यायाधिवक्ता रेनुका राईले बताइन्। यही कुरालाई मध्यनजर गरी आफूहरूले गाउँ– गाउँमा कानुनी साक्षरता अभियान सञ्चालन गरेको उनले बताइन्। हालसम्म चार विद्यालयमा साक्षरता अभियान सञ्चालन भइसकेको उनले जनाइन्।
९, १०, ११ र १२ सम्म अध्यायनरत बिद्यार्थीलाई लक्षित गरी सरकारी कार्यालयले कानुनी शिक्षाको प्रशिक्षण दिन लागिएको उच्च सरकारी वकिल कार्यालय जुम्लाका निमित्त सहायक न्याधिवक्ता दोर्ण पौडेलले बताए। उनले भने, ‘कानुनी ज्ञान सबैका लागि आवश्यक छ’, उनले भने, ‘जिल्लास्थित सबै विद्यालय पुगेर यस्तो अभियान चलाउने लक्ष्य छ। यसले कानुन सबैले जान्नुपर्छ भन्ने सन्देश पनि दिएको छ।’
राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाका प्रमुख धनराज शाहीले मानव अधिकार र कानुनका बारेमा स्पष्ट पारे। सरकारले नेपालको संविधान २०७२ र नेपाल कानुन संहिता २०७४ अनुसार नयाँ संहिता लागु भएपश्चात् भएका सामाजिक अपराधका घटनाको कसुरको सजायका बारेमा सुसूचित गरिएको थियो।
उद्योगपति एवं सांसद विनोद चौधरीले ममाथि राजनीतिकरण भइरहेको बताएका छन्।
सरकारी वकिल कार्यालयमा बाँसबारी जग्गा प्रकरणमा बयान दिएर बाहिरिए पछि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले लिखित रुपमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट आफूलाई बयानका लागि पत्र आएपछि जिम्मेवार नागरिकको रुपमा आफू बयान दिनका लागि आएको भन्दै अनावश्यक विषयमा आफूलाई तानेर केही व्यक्तिहरू राजनीतिक स्टन्ट गरिरहेको बताए।
उनले भने, ‘आफूमाथि राजनीतिकरण गरेर स्टन्ट गर्नेहरूलाई मेरो चरित्रको सर्टिफिकेट दिन आवश्यक छैन। ४५ वर्षे मेरो करियरमा मैले कहिल्यै पनि कुनै एक पक्षको विषयमा वकालत गरेको छैन। सँधै विकासको कुरा गर्ने र विकासको राजनीति गर्ने नै आफ्नो उदेश्यक रहेको हुँदा मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई दिनु आवश्यक छैन।’
उनले मेरो भाईमाथि अनुसन्धान सुरु हुँदा पनि आफूले सँधै न्यायको पक्षमै बोलेको र दोषी नै भए कारबाहीका लागि प्रक्रिया अघि बढाउन भनेको भन्दै आफूमाथि अनुसन्धान हुने कुरा आएपछि त्यसका लागि पनि आफू तयार भएरै यहाँ सहयोगका लागि उपस्थित भएको बताए।
‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरूले, नेपालका रोजगारदाताहरूले, करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो’ उनले भने।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को समन्वयमा सरकारी वकिल कार्यालय काठमाडौँले उद्योगपति चौधरीसँग आज बिहान बयान लिएको हो।
आज बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेर चौधरीले सीआईबीलाई बयान दिएका हुन्।
उनका माइला भाई वसन्त चौधरीलाई सिआइबीले बुधवार सोधपुछ गरेर छाडेपछि आज बिहान सांसद चौधरीसँग बयान लिन सरकारी वकिल कार्यालयमा बोलाइएको थियो।
सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको विषयमा सिआइबीले अनुसन्धान अघि बढाएको थियो। हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।
अर्बपति व्यवशायी एवं सांसद विनोद चौधरीमा कान्छा भाई अरुण चौधरीलाई १८ माघमा पक्राउ गरेर अनुसन्धान थालेको थियो। त्यसैगरी माइला भाई वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेपछि सिआइबीले उनलाई बोलाएर सरकारी वकिलको रोहबरमा बयान लिन थालेको हो।
उनीमाथि अनुसन्धान अघि बढाएको जानकारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई समेत गराइएको छ। घिमिरेलाई बुधवार पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...