पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता
०७ असोज २०८०
•
२ मिनेट पाठ
पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता
पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।




समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन। समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एसियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट जापानमार्फत विश्वविद्यालयलाई उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क जडान प्रदान गर्नेछ।

यसबाट विश्वविद्यालयलाई विश्वव्यापीरूपमा विद्यार्थी, अनुसन्धानकर्ता र शैक्षिक संस्थाबीच कम्प्युटेसनल नेटवर्क स्थापित गर्न बाटो खुलेको छ। यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्तालाई उन्नत अनुसन्धान र शिक्षाको विकासलाई गति दिन आवश्यक पर्ने तथ्याङ्क हासिल गर्न सहज हुने विश्वास लिइएको छ। साथै एनआरइएनमा आबद्धतापछि विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई उनीहरूको आफ्नैबाहेक राष्ट्रिय–अन्तर्राष्ट्रिय भ्रमण गर्दा इडुरोम वाइफाई इन्टरनेट पहुँच रोमिङ सेवा प्राप्त हुनेछ।

विश्वविद्यालयमा अनुसन्धान तथा शिक्षा नेटवर्क सञ्चालनका लागि निकट भविष्यमा एक सूचना तथा सञ्चार प्रविधि (आइसिटी)केन्द्र स्थापना गर्ने पोखरा विश्वविद्यालयको लक्ष्य रहेको उपकुलपति प्रा डा अर्यालले बताए।

कार्यक्रममा एनआरइएनका अध्यक्ष अमात्य, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्रा डा अमर नागिला, विज्ञान तथा प्रविधि सङ्कायका निमित्त डीन प्रा डा माधवप्रसाद कोइराला, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा नमराज धामी, एनआरइएनका कार्यकारी निर्देशक डा राजन पराजुलीलगायतले समझदारीसँगै उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्कमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए।
अर्को समाचार
पोखरा विश्वविद्यालयः नयाँलाई सम्बन्धन दिन खोज्दा आन्दोलन
०१ असोज २०७९
•
३ मिनेट पाठ
पोखरा विश्वविद्यालयः नयाँलाई सम्बन्धन दिन खोज्दा आन्दोलन
फाइल तस्बिर।
पोखरा विश्वविद्यालयले हालसम्म ५८ वटा कलेजलाई सम्बन्धन दिएको छ। तीमध्ये अधिकांश कलेजका विभिन्न कार्यक्रममा विद्यार्थी अपुग छन्।




विश्वविद्यालयले सम्बन्धन दिएका कलेजहरुमा इञ्जिनियरिङ, मेडिकल साईन्स, हेल्थ कार्यक्रमहरुमा विद्यार्थी नपुग्दा कतै कार्यक्रम नै स्थगित गरिएको छ भने कतै न्यून विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने बाध्यतामा कलेजहरु पुगेका छन्।

सम्बन्धन दिएका कलेजहरुलाई कडाइ गरेर कार्यक्रम सञ्चालनका लागि वातावरण बनाउन विश्वविद्यालयले कहिल्यै चासो दिएको छैन। न त कार्यक्रम सञ्चालनमा देखिएका समस्या समाधान गर्नेतर्फ नै विश्वविद्यालयले चासो दिएको छ। उसो त विश्वविद्यालय आफैं पनि आर्थिक रुपाम समस्याग्रस्त अवस्थामा पुग्न थालेको छ।

परीक्षा प्रणालीमा चुस्त नभएको, समयमा परीक्षा नहुने, ल्याव अभाव, ल्यावमा केमिकल अभाव लगायतका समस्यापनि विश्वविद्यालय ज्यूँका त्यूँ छन्। तर विश्वविद्यालय ती समस्या समाधानतर्फ लागेको छैन। बरु थप कलेजलाई सम्बन्धन दिन लागिपरेको छ।

सम्बन्धन दिएका कलेजलाई चुस्तदुरुस्त बनाउने, कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गराउने, शिक्षामा देखिएका विकृति, विसंगती सुधार्दै गुणस्तरीय शिक्षा दिनेतर्फ ध्यान दिनुको सट्टा सम्बन्धन बाडेर संख्या मात्र बढाउने तर्फ विश्वविद्यालय लागेपछि विरोध सुरु भएको छ।

विश्वविद्यालयका उपकुलपति (भिसी) प्रेमनारायण अर्याल, रजिस्टार दीपकबहादुर भण्डारी लगायतले आर्थिक प्रलोभनमा परेर सम्बन्धन बाड्न लागेको आरोप लागेको छ। भिसी र रजिष्टार कलेजहरुको छाता संस्था (ओपेन)को प्रभावमा परेर सम्बन्धन बाँड्न लागेको प्राध्यापक सम्वद्ध संस्था तथा विद्यार्थीहरुको आरोप छ।

खासगरी अक्सफोर्ड इन्टरनेसनल कलेजका हरी भण्डारी, नोबेल एकेडेमीका नवराज पाण्डे लगायतको प्रभावमा भिसी र रजिस्टार परेको श्रोत बताउँछ। ‘कम्तिमा १०–१२ करोड रुपैयाँको प्रलोभन छ,’ श्रोत भन्छ।

पोखरा विश्वविद्यालयका प्राध्यापकहरुको साझा संस्था नेपाल प्राध्यापक संघ पोखरा विश्वविद्यालयका अध्यक्ष हेमराज पाण्डे भिसी र रजिस्टारले आर्थिक प्रलोभनमा परेर सम्बन्धन बाँड्न लागेको आरोप लगाउँछन्।

उनी भन्छन्, ‘बेला न कुबेला, धौबजी मेला’ भनेको यहि हो। विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्नुको सट्टा थप सम्बन्धन बाँडनुको कुनै औचित्य छैन।’ थप सम्बन्धन बाँडेर विश्वविद्यालयलाई के फाईदा हुन्छ? भन्ने प्रश्न गर्दै उनले भने, यसमा ओपेनको हस्तक्षेप प्रष्ट देखिन्छ। भिसी र रजिस्टार आर्थिक प्रलोभनमा परेको पनि प्रष्टै छ।’ उनले आवश्यकता र औचित्य पुष्टि नहुने गरी चुनावको मुखमा सम्बन्धन बाँडनुको कारण नभएको जिकीर गरे।

नेपाल राष्ट्रिय प्राध्यापक संघका अध्यक्ष राजु पाण्डे पनि भिसी र रजिस्टारले आर्थिक प्रलोभनमा परेर सम्बन्धन बेच्न लागेको आरोप लगाउँछन्। ‘ओपेन र त्यसमा सम्बद्ध केही सिमित व्यक्तिहरुको प्रलोभनमा उहाँहरु हुनुहुन्छ। त्यहि भएर सम्बन्धन बाँड्न लागिएको हो,’ उनले भने।

विश्वविद्यालयसँग सम्बद्ध सरोकारवालासँग छलफल, सल्लाह नगर्ने, बरु थाहा पाउँछन् कि भनेर सुटुक्क सम्बन्धन दिने निर्णय सार्वजनिक गर्नुले त्यसलाई पुष्टि गर्ने उनको भनाइ छ। जथाभावी सम्बन्धन बाँडन लागेपछि त्यसलाई रोक्न भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा विश्वविद्यालय आन्दोलनमा छ।

तीन महिना अघिदेखि आन्दोलनमा उत्रिएको नेविसंघ बिहीबारदेखि रिले अनसनमा बसेको छ। नेविसंघ पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदी सम्बन्धनका लागि करोडौंको चलखेल भएकाले त्यसलाई रोक्न आन्दोलनमा उत्रिएको बताउँछन्। ‘मापदण्ड पूरा नगरेका कलेजलाई समेत सम्बन्धन दिने प्रयास भइरहेको छ। यसलाई रोक्नुको विकल्प छैन,’ उनले भने।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस