भक्तपुर नगर क्षेत्रमा अध्ययनरत आमाबुबा नभएका अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा नगरपालिकाकै सभाकक्षामा बुधबार भएको कार्यक्रममा उपप्रमुख रजनी जोशीले सामग्री वितरण गरेकी हुन्। वागीश्वरी मावि, सैनिक आवसीय मावि, शान्ति निकेतन मावि, गणेश मावि, समाज सुधार आवि, भीम आदर्श आवि, बालमन्दिर आवि, बालसेवक आवि, सन्तति आवि र मिनर्वा इङ्लिस स्कुल गरी ५१ जना आमाबुबाविहीन बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।
त्यस अवसरमा उपप्रमुख जोशीले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोऊन् भन्ने हेतुले नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीलाई हरेक वर्ष शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताइन्। साथै आमाबुबाविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको पनि बताइन्।
कार्यक्रममा भनपा–४ का वडाध्यक्ष उकेश कवां, भनपा– ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वलगायतले नेपालको संविधानको भावनाअनुरूप विद्यालय शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने र संघीय सरकारले सोहीअनुरूप शुल्कदेखि शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्नेमा सोअनुरूप नभएकाले शिक्षामा विभेद रहेको बताए। यही कारण नगरपालिकाले विगत केही वर्षदेखि नै आमाबुबाविहीन बालबालिकालाई सहयोग गरी अभिभावकको भूमिका निर्वाह गरिरहेको उनीहरूले बताए।