६ जना विद्यार्थी पढाउन दुई शिक्षक
१६ चैत्र २०७९
•
२ मिनेट पाठ
६ जना विद्यार्थी पढाउन दुई शिक्षक
जुम्लाको चन्दननाथ नगरपालिका ५ मा रहेको बाल मन्दिर प्राथमिक विद्यालयमा दुई शिक्षक र छ विद्यार्थी रहेका छन्।




पाँच कक्षासम्म सञ्चालित यस विद्यालयमा शैक्षिक सत्रमा जम्मा दश विद्यार्थी भर्ना भएका थिए, हाल विद्यार्थीको संख्या घटेर जम्मा ६ जना बाँकी रहेका छन्।

उनीहरू पनि बाल विकासका विद्यार्थी हुन्। बाल विकासमा जम्मा ६ जना विद्यार्थी छन्। र अन्य कक्षामा एक जना पनि विद्यार्थी भर्ना भएका छैन। बाल विकासका तिनै छ जना विद्यार्थी मात्र नियमित विद्यालयमा आउने गर्छन्। र उनीहरूलाई पढाउन दुई शिक्षिका छन्।

विद्यालयका प्रधानाध्यापक पार्वती (कठायत) पौड्यालले न्यून संख्यामा भर्ना भएका विद्यार्थी पनि विद्यालयमा नआउने गरेको बताइन्। राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भएता पनि यहाँका अभिभावक निजी विद्यालय तिरै आकर्षित भएकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुन गएको उनको भनाइ थियो।

'इसिडी कक्षामा भने ठिकै विद्यार्थी भर्ना हुन्छन् तर अलि हुर्केपछि अभिभावकहरूले निजी विद्यालयमा भर्ना गराइदिन्छन्। यहाँको चलन नै यही छ।' उनले गुनासो गरिन्। 
उनले विद्यार्थी निजी विद्यालय वा अन्य सरकारी विद्यालयमा जाँदा विद्यार्थी संख्या कम भएको बताइन्।

'निजी विद्यालय धेरै भए, सरकारी विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्न थाले तर हामीकहाँ त्यो हुन सकेन।' उनले भनिन् 'यस विद्यालयमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगेको छ। निजी विद्यालय स्थापनाका लागि स्वीकृति दिएपछि यस्तो समस्या भएको हो।'
सदरमुकाम खलंगा बजारमा एक दर्जन बढी निजी विद्यालय छन्। बाल विकास शिक्षिका भागरति अधिकारीले सरकार र अभिभावकले चासो नदेखिएकाले विद्यालयको अवस्था नसुधारिएको बताइन्।

उनले अभिभावकले छोराछोरी निजीमा पढाउन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून भएको उल्लेख गरिन्। ०२९ मा रत्नराज्यलक्ष्मी शाहले विद्यालयलाई पहिला बाल मन्दिरका रूपमा स्थापना गरेकी थिइन्। ०४६ मा भने विद्यालयका रूपमा स्थापना भएको प्रधानाध्यापक पौडेलले सुनाइन्।

बाल मन्दिर विद्यालयमा १ जना दरबन्दी शिक्षक, एक जना परिचर र एक जना इसिडी कक्षा शिक्षक रहेको विद्यालयले जनाएको छ।

विद्यालय निर्माण गरेको जग्गा पनि जिल्ला बालसंगठन हो, भौतिक संरचना पनि केही छैन। चन्दननाथ नगरपालिकाका ५ का वडा अध्यक्ष विर्खबहादुर कार्कीले यस विद्यालयका विषयमा नगरपालिकामा कुरा उठाउँदै आएको बताए।
अर्को समाचार
हुम्लामा दुई जना विद्यार्थी पढाउन तीन शिक्षक
१० जेष्ठ २०८१
•
१ मिनेट पाठ
हुम्लामा दुई जना विद्यार्थी पढाउन तीन शिक्षक
हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन्।




विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुई जना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले पठनपाठन गर्ने गरेको जानकारी दिए। उनका अनुसार तीन जनामध्ये दुई प्रावि तहको दरबन्दीका र एक बालविकासको सहजकर्ता छन्।

कक्षा ५ सम्म पठनपाठन हुने उक्त प्राविमा कक्षा १ देखि ५ मा अध्ययन गर्ने विद्यार्थी अहिलेसम्म भर्ना नभएकाे प्रअ चौधरीले बताए। बालविकासको पढाइ सकिए लगत्तै अभिभावकले ती विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले अन्य कक्षामा विद्यार्थी भर्ना नभएकाे उनको भनाइ छ।

गत वर्षसम्म सातजना विद्यार्थीले विद्यालयमा अध्ययन गरेका भन्दै प्रअ चौधरीले बालविकासमा अध्ययनरत विद्यार्थी पनि नियमित नआउने भएकाले आफूहरु कुरेर विद्यालयमा बस्ने गरेको सुनाए। विद्यालय खाली हुने गरी विद्यार्थीलाई अन्यत्र नपठाउन अभिभावकसँग पटकपटक आग्रह गरिरहेको उनको भनाइ छ।

नाम्खा गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले सानै उमेरमा विद्यालय छाड्ने समस्या पालिकाभरि भएको भन्दै बढी अरनिको प्राविमा देखिएको बताए। उक्त विद्यालयलाई तत्काल समायोजन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

अभिभावकले विद्यालयमा भन्दा पनि गुम्बामा पढाउन उपयुक्त ठान्ने गरेकाले यस्तो समस्या आएको बुढाले बताए। उनका अनुसार गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत दुई कोठे भवन निर्माण गरिएको थियो।

यसअघि विद्यालयसँग भएका तीनवटा भवनको अवस्था पनि स्तरोन्नति गरिएको छ। नाम्खा गाउँपालिकामा विद्यार्थी नभएर विद्यालय बन्द गर्नु परिरहेको छ। यसअघि लिमीका दुई विद्यालय बन्द भइसकेका छन्।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस