जिल्लाको लोकन्थलीमा रहेको मातृभूमि स्कुलमा अचाक्ली शुल्क वृद्धि गरेको गुनासोपछि सोमबार स्कुलको अनुगमन गरिएको छ।
अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा अनुगमन गरिएको हो। अनुगमनपछि विद्यालयकी प्रिन्सिपल प्रकृति केसी पन्तले भर्ना शुल्क, डिपोजिट, मासिक शुल्क, यातायात र वार्षिक शुल्कमा पाँच पाँच हजारका दरले वृद्धि गरेको स्वीकार गरिन्।
पूर्वाधार र सुविधा अनुसार अभिभावकहरूको सरसल्लाहमा शुल्क वृद्धि गरेको उनले सुनाइन्। पूर्वाधार तयार नगरे विद्यार्थीहरु काठमाडौँको महँगो विद्यालयमा लानेसम्मको कुरा आएपछि पूर्वाधारसँगै शुल्क वृद्धि गरेको उनको स्पष्टीकरण थियो।
अनुगमनमा अध्यक्ष प्रजापतिले नयाँ भर्ना पचास हजार, डिपोजिट पचास हजार, पूर्व प्राथमिकको मासिक शुल्क पन्ध्र हजार, प्राथमिक स्कुलमा बिस हजार, निमाविमा एक्काइस हजार र माविमा बाइस हजार र यातायात तीन हजार रुपैंया, वार्षिक शुल्क पच्चीस हजार शुल्क निर्धारण गर्दा ३३ प्रतिशतदेखि ५० प्रतिशतसम्म शुल्क वृद्धि गरिएको गुनासो आएको बताए।
उनले विद्यालयले शुल्क निर्धारण गर्दा अभिभावक भेला राखी, व्यवस्थापन समितिले निर्णय गरी नगर शिक्षामा शुल्क प्रस्ताव पेश गरी शुल्क निर्धारण समितिले निर्णयपछि स्वीकृति लिई मात्र शुल्क उठाउनुपर्नेमा स्वीकृति विना नै बढाएकोले नियम कानुन अनुसार नभएको बताए। कानुनलाई उल्लङ्घन गरे विद्यालयलाई अप्ठ्यारो हुने चेतावनी उनले दिए।
उनले विद्यालयले अभिभावकहरुलाई चित्त बुझाएर अभिभावकले तिर्न सक्ने क्षमतालाई मध्यनजर गरी र मुद्रास्फिती अनुसार केही मात्र शुल्क वृद्धि गर्नुपर्नेमा मनपरी शुल्क वृद्धि गरी शिक्षालाई व्यापारीकरण गर्दा भोलि विद्यालय नै बन्द हुनसक्ने तर्फ सचेत पारे।
अनुगमनमा निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्य, वरिष्ठ उपाध्यक्ष राम सुवाल, सहसचिव राजकुमार लघुको सहभागिता रहेको थियो। अनुगमनको क्रममा विद्यालयको सम्पूर्ण पक्षबारे जानकारी लिइएको थियो।