शैक्षिक क्षेत्रको चिन्ता: खाडीमा होइन, स्वदेशमै भेट्ने वाचा गरौँ
११ चैत्र २०७९
•
४ मिनेट पाठ
शैक्षिक क्षेत्रको चिन्ता: खाडीमा होइन, स्वदेशमै भेट्ने वाचा गरौँ
पोखरा बहुमुुखी क्याम्पसमा शनिबार आयोजित शैक्षिक गुणस्तरसम्बन्धि छलफल। तस्बिरः नागरिक
विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ। १२ कक्षा उत्तीर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ। यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरुले चिन्ता जनाउन थालेका छन्।




उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठुलो संख्या बाहिरिएकोमा उनीहरुको चिन्ता छ। पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको ‘शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक उन्नयन’ विषयक अन्तरक्रियामा बोल्दै विभिन्न विद्यालयका प्राचार्यहरूले नेपालको शैक्षिक गुणस्तर हुन नसक्दा विद्यार्थीको पलायन गति बढ्दो रहेको भन्दै चिन्ता जनाए। विद्यार्थीलाई स्वदेशमै रोक्न शिक्षामा गुणस्तर कायम गर्नुका साथै नीतिगत सुधारमा पनि ध्यान दिनुपर्ने उनीहरुले बताए। खाडीमा जाने भन्ने सोचाई परिवर्तन गर्न आवश्यक रहेको उनीहरुले बताए।

पोखराको अग्रणी सामुदायिक विद्यालय शितलदेवी माविका प्रअ बाबुराम अधिकारीले गुणस्तरीय शिक्षा बढाउन राज्यको चिन्तित हुनुपर्ने सुझाए। शिक्षाको गुणस्तर बढाउन राज्यको लगानी नै कमजोर रहेको उनले बताए। छोटो समयमा धेरै कमाई हुने भएपछि विद्यार्थीहरु विदेश आकर्षित भएको अधिकारीले बताए। ‘शिक्षा र पैसा दुवैमा राम्रो हुने भन्दै अहिले १२ कक्षापछि विद्यार्थी नेपालमा बस्न चाहेनन्,’ उनले भने, ‘विद्यार्थीलाई स्वदेशै पढाउने गरि माहोल सिर्जना गर्नुको विकल्प छैन। त्यसैले पनि सुधारको आवश्यकता छ।’ 

छोरेपाटन माविका प्रअ डिल्लिराम शर्माले बजारमा बिक्ने विषय पढाउने हो भने विद्यार्थीको विदेश पलायन केही हदसम्म भएपनि रोक्न सकिने सम्भावना रहेको बताए। ‘रोजगार पाउने अवस्था भएमा विद्यार्थी टिकाउन सकिन्छ। विद्यार्थीलाई आफ्नै क्याम्पस वा स्कुलमा टिकाइरहने रणनीति अब शिक्षण संस्थाले नै बनाउनुपर्छ,’ उनले भने, ‘शैक्षिक गुणस्तर बढाउने पहिलो दायित्व सम्बन्धित शिक्षण संस्थाको हो। ‘पछिल्लो समय त शिक्षण संस्थामा गुणस्तर कायम गर्नु भन्दा पनि विद्यार्थीको संख्या बढाउने चुनौती छ।’

शिद्ध पब्लिक स्कुलका प्रअ आनन्दराज अधिकारीले छिटोछिटो पाठ्यपुस्तक परिवर्तन हुँदा पनि समस्या निम्तेको बताए। कक्षा १२ सम्मको परीक्षा प्रणाली तुलनात्मक रुपमा ठिकै भएपनि विश्वविद्यालय तहको परीक्षामा बेथिति मौलाएको उनले बताए। परीक्षाको रिजल्ट ढिला आउने, तोकिएको समयमा परीक्षा नहुने जस्ता समस्याले गर्दा विद्यार्थीहरु नियमित पढाई छाडेर भाषाका कक्षा सिक्न विभिन्न इन्स्टिच्युटमा जाने गरेको उनले सुनाए। ‘जो सुकै विद्यार्थीको सोचाई नै विदेश जाने रहेको छ,’ उनले भने, ‘अहिले विश्वविद्यालयका कोठा खालि छन्, विभिन्न मुलुकमा रोजगारीका लागि जानेगरि भाषा सिक्ने विद्यार्थीको भीड अन्यत्र छ।’

अर्को विद्यालय तालबाराही माविका शिक्षक ताराप्रसाद पोखरेलले सरकारले जति नै शैक्षिक गुणस्तरका कुरा गरेपनि सुधार नभएको भन्दै चिन्ता जनाए। अब शैक्षिक गुणस्तर कायम भयो वा भएन भनेर खोजी गर्ने बेला भएको उनले बताए। ‘शिक्षामा गुणस्तर भएन भनेर सबैतिर बोल्ने काम भएको छ। तर, त्यसको कारण खोजी भएको छैन,’ उनले भने, ‘अब गुणस्तर कायम हुन नसक्नुको कारण खोजेर सुधार ल्याउनुको विकल्प छैन। तल्लो तहदेखि नै गुणस्तरमा सुधार ल्याउनुपर्छ।’

भलामस्थित महेन्द्र माविका प्रअ बोधराज पौडेलले नीति, थिति र विधिमा समस्या हुँदा शैक्षिक गुणस्तर कायम हुन नसकेको बताए। ‘छोराछोरी सहर बसेका छन् भनेर अभिभावकले गर्व गर्ने विषय बनेको छ। हामी सबैले संस्कार बिगारेर छोराछोरीलाई ठुलो सहरमा राख्न खोज्दा यो अवस्था आएको हो,’ उनले भने।

छलफलमा पोखरा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन सबैको पहलमा मात्र शिक्षामा जागरूकता ल्याउन सकिने बताए। उनले देशलाई सुदृढ र अब्बल बनाउने हो भने शिक्षामा सुधार गर्नुपर्ने बताए। 

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी कतिपय सामुदायिक विद्यालयले गुणस्तर कायम गरेकै कारण ती विद्यालयमा भर्ना दर उच्च रहेको बताए। उनले पढाईमा गुणस्तर सर्टिफिकेटमा मात्र खोजी भएको बताए। समाजको व्यवहारिकतामा गुणस्तर खोजी हुन नसकेको उनले बताए। ‘सर्टिफिकेटमा गुणस्तर खोज्यौ, देशको सेवा गरौँ भन्ने भावना विकास गराउन सकेनौ,’ सुवेदीले भने, ‘समाज, देशकाल, देशको परिस्थिति बुझनेगरि छोरोछोरीलाई संघर्ष गर्न सिकएनौ। अब त हामी आफैले आफ्ना छोराछोरीका लागि बजार खोज्ने बेला भएको छ।’ 

पढेको मान्छेले खेतबारीमा काम गर्न हुँदैन भन्ने भावना पलाउँदा पनि समस्या भएको उनले सुनाए। ‘यस्तै अवस्था हुँदै जाने र विद्यार्थी पलायन बढ्दै जाने हो भने काम गर्ने जनशक्ति अभावमा हाम्रो अर्थतन्त्रमै असर पर्ने अवस्था छ,’ उनले भने, ‘अब त श्रमप्रति सम्मान गर्ने वातावरण बढाउनुपर्छ। त्यसका लागि सबै एकजुट हुनुपर्छ। खाडीका लागि मात्र जनशक्ति तयार पारेको जस्तो देखिएको छ। स्वदेशमै रहने वाचा गर्नुपर्छ।’

क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले विदेशिएको जनशक्ति रोक्ने प्रयास नभएको बत्ताइन। उनले विदेशमा जाने विद्यार्थी मध्ये अधिकांशले बौद्धिक भन्दा शारीरिक काम गरेको बत्ताइन। ‘विद्यार्थीले बरु नेपालमै राम्रो काम पाएका हुन्छन्, विदेश जाने अधिकांशले बौद्धिक काम पाएका हुँदैनन्, उनीहरुले शारीरिक काम गर्ने हो,’ उनले भनिन, ‘कम्तीमा स्वदेशै रोकिने हो भने बौद्धिक काम पाइन्छ। स्वदेशमा रोकिने हो भने उत्पादन पनि बढाउन सकिन्छ।’ पछिल्लो समय विद्यार्थीमा विदेशीने लहर बढेको भन्दै त्यसलाई रोक्न सरकारी निकायले तत्कालै कदम चाल्नुपर्ने उनले बत्ताइन।
अर्को समाचार
विद्यार्थी लोभ्याउँदै सूर्योदयका सामुदायिक विद्यालय
१६ माघ २०७९
•
४ मिनेट पाठ
विद्यार्थी लोभ्याउँदै सूर्योदयका सामुदायिक विद्यालय
नगरको एक विद्यालयमै पुगेर विद्यार्थीलाई गणितको अभ्यास पुस्तिका वितरण गर्दै मेयर रणबहादुर राई। तस्बिरः नागरिक
शैक्षिक क्षेत्रमा नयाँ अवधारणा ल्याइएसँगै सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालय विद्यार्थीले भरिभराउ हुँदै छन्। बालबालिका आकर्षण र शिक्षकका लागि क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम थालिएपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकतिर लोभिएका छन्। 




नगरले सामुदायिक विद्यालयको पठनपाठन सुधारमा दर्जनौँ नवीन अवधारणा कार्यान्वयन गरिरहेको छ। शिक्षकलाई दक्षता अभिवृद्धि तालिम–गोष्ठीदेखि बालबालिका विद्यालय ल्याउने–टिकाउने फरक–फरक कार्यक्रम सुरु भएपछि सामुदायिकतिर विद्यार्थीको लहर बढेको हो। नगरका विद्यालयमध्ये कक्षा १ देखि १२ सम्म पढाइ हुने सामुदायिकमा ६१।७४ र निजीमा ३८।२६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरको तथ्याङ्क छ। 

२०७७ र ०७८ सालमा यहाँका सामुदायिक विद्यालयमा ११।२५ प्रतिशतले विद्यार्थीको संख्या थपिएको नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए। ‘कुनै बेला विद्यार्थी अभावकै कारण बन्द हुन लागेका सामुदायिक विद्यालय क्रमशः सुधारको लयमा छन्,’ उनले भने, ‘वडा ११ को भवानी आधारभूत विद्यालय १ नम्बर प्रदेश सरकारबाट भर्खरै जिल्लाको उत्कृष्ट व्यवस्थापन भएको विद्यालयका रूपमा पुरस्कृतसमेत भएको छ।’

नगरका सबै आधारभूत ९कक्षा १–५० सामुदायिक विद्यालयमा नेपाली र अंग्रेजी माध्यममा पढाइ भइरहेको छ। सबै विद्यालयमा इन्टरनेट, कम्तीमा एउटा कम्प्युटर र प्रिन्टर व्यवस्था गरिएको छ। तर, कागज प्रयोग निरुत्साहित गरिँदै छ। नगरले ल्याएको ‘१२ महिना–१२ कार्यक्रम’अनुसार हरेक महिना शिक्षक र विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ। स्थानीय पाठ्यपुस्तकका रूपमा ‘हाम्रो सूर्योदय’ अहिले कक्षा १ देखि ५ सम्म पढाइ भइरहेको छ भने कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम स्वीकृत भई पाठ्यपुस्तक लेखन भइरहेको भुजेलले बताए। 

नगरले विद्यालयका लागि आर्थिक व्यवस्थापन कार्यविधि कार्यान्वयन गरेको छ भने विद्यालय कार्यसम्पादन निर्देशिकासमेत लागू गरिएको छ। गणितको नतिजा सुधार्न नगरले ‘गणितसँग खेलौँ, गणितीय धारणा बनाऔँ’ अवधारणासहित छुट्टै अभ्यास पुस्तिकासमेत वितरण गरेको छ। विज्ञान र गणित एकीकृत रूपमा शिक्षण गर्न माध्यमिक विद्यालयमा विज्ञान र आधारभूतमा गणित प्रयोगशाला स्थापना गरिँदै छ। यही वर्षभित्र सबै माध्यमिक विद्यालयमा गणित र विज्ञान प्रयोगशाला स्थापना गर्ने नगरको लक्ष्य छ। 

मेयर रणबहादुर राईले नगरमा बिहे गरेर आएका बुहारीका लागि उच्च शिक्षामा पूर्ण छात्रवृत्ति दिइएको बताए। ‘गरिब तथा जेहेन्दार बुहारी र छोरीहरूलाई नगरले स्नातक तहमा छात्रवृत्ति दिएको छ,’ उनले भने, ‘उच्च शिक्षा प्राप्त गर्ने महिलाको दर बढाउन यो कार्यक्रम लागू गरिएको हो।’ अहिले यो कार्यक्रमअन्तर्गत करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा १ सय ५४ छोरी–बुहारीले शिक्षा लिइरहेको र यसमा बर्सेनि २५ लाख रुपैयाँ खर्च भइरहेको नगरले जनाएको छ। 

नगरका २४ सामुदायिक विद्यालयमा ई–हाजिरी जडान भई नगरबाटै अनुगमनको व्यवस्था मिलाइएको छ। अभिभावकलाई समेत परिचयपत्र व्यवस्था गरिएको छ। वर्षमा कम्तीमा ४ पटक विद्यालय गएर पठनपाठन र शैक्षिक अवस्थाबारे अभिभावकले पनि अन्तरक्रिया गर्ने गरेका छन्। धुलोरहित कक्षाकोठा, बालमैत्री र अपाङ्गमैत्री संरचना निर्माण भइरहेको छ भने शिक्षक–कर्मचारीलाई श्रम ऐनअनुसार सुविधा उपलब्ध गराउन नगरले प्रोत्साहन रकम नै थपेको छ। ‘सामुदायिक विद्यालयको अनुगमन नगरले मात्रै गर्ने होइन, तेस्रो पक्षबाट स्वतन्त्र हिसाबले पनि गराइन्छ,’ मेयर राईले भने, ‘तेस्रो पक्षले अनुगमनपछि दिएको सुझावलाई शैक्षिक योजनामा समावेश गरिन्छ।’ 

विद्यालयमा बालबालिका टिकाउन र बचत गर्ने बानी विकास गर्न बैंकमा कक्षा १ देखि ५ सम्मका बालबालिकाको बचत खाता खोलिएको छ। नगरले समेत थपिदिने बचत रकमले बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि सहयोग पु¥याउने लक्ष्य छ। सबै विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना अन्तिम चरणमा छ भने माध्यमिक तहमा ई–लाइब्रेरी र विज्ञान प्रयोगशालासमेत स्थापना गरिँदै छ। 

मेयर राईले करफोक विद्या मन्दिरलाई देशकै शैक्षिक केन्द्रका रूपमा विकास गर्ने गरी बृहत् शैक्षिक गतिविधि सञ्चालन गर्न सक्ने बनाउन पूर्वाधार निर्माण भइरहेको बताए। चालु वर्ष ५ करोड रुपैयाँको कार्यक्रम चलिरहेको करफोकमा नगर र संघीय सरकारले संयुक्त रूपमा लगानी गरेका छन्। ‘मेयर शिक्षा सुधार कोष’ सञ्चालन गरी गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिइँदै छ। ‘विद्यार्थी वर्तमान र भविष्यका नीति–निर्मातादेखि देश हाँक्ने जनशक्ति हुन्,’ मेयर राईले भने, ‘सक्षम नागरिकले मात्रै देश समृद्ध बनाउन सक्ने भएकाले बालबालिकामा लगानी बढाउन आवश्यक छ।’ 

१४ वटा वडा रहेको पूर्वी पहाडकै ठुलो नगर सूर्योदयमा सामुदायिक, गुरुकुल र गुम्बा गरी ६६ विद्यालय छन्। नगरमा ३१ संस्थागत र गुठीबाट सञ्चालित १ विद्यालय छन्। नगरले आधारभूत तथा माध्यमिक शिक्षा ऐन–२०७६ तयार गरी लागू गरेको छ। 
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस