शिक्षाबाट अझै पनि टाढा छन् डोम समुदायका बालबालिका
१० फागुन २०७९
•
१ मिनेट पाठ
शिक्षाबाट अझै पनि टाढा छन् डोम समुदायका बालबालिका
डोम समुदायका बालबालिका शिक्षाबाट अझै पनि टाढा रहेको पाइएको छ। रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियाका डोम समुदायका बालबालिका अझै पनि विद्यालय गइरहेका छैनन्।




खेसरहियामा रहेको डोम समुदायका २५ बालबालिका अझै पनि विद्यालय जानबाट वञ्चित रहेको डोम समुदायका अगुवा विजय मल्लीले जानकारी गराएका छन्। डोम समुदायबाट शिक्षा प्राप्त गरी सरकारी सेवामा प्रवेश गरेका विजय मल्लीले डोम बालबालिकालाई विद्यालय पठाउन जनचेतनाको खाँचो रहेको औँल्याएका छन्।

मल्ली सक्रिय रहेको डोम समुदाय विकास केन्द्र रौतहटले खेसरहियामा चेतनामुलक कार्यक्रम गरेको छ। केन्द्रका अध्यक्ष विजय मल्लीको अगुवाईमा डोम समुदायका बालबालिका तथा किशोर किशोरीलाई शिक्षा तथा सरसफाइ सम्बन्धि जनचेतना अभियानमा सहभागी गराइएको छ।

डोम समुदायमा शिक्षा र सरसफाइको आवश्यकता रहेकोबारे रुपमा तुलसी बैठा र डोम समुदायका अगुवा वीरेन्द्र मल्लीले सहजीकरण गरेका छन्।

गरिबी, अभाव र बेरोजगारीका साथै सुकुमबासी समस्याले डोम समुदाय ग्रसित छ। गाउँको छेउछाउ, सडकको छेउ तथा ऐलानी जमिनमा बस्ने अधिकांश डोम समुदायमा अशिक्षा र अन्धविश्वास रहेको छ। खेसरहियाका डोम समुदाय पनि निजी जमिनको अभावमा पोखरी किनारमा बस्दै आएका छन्।

विजय मल्ली, वीरेन्द्र मल्ली लगायत डोम समुदायका केही अगुवाहरुले डोम बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा जनचेतना जगाउने अभियानमा जुटेका छन्।

गत हप्ता गढीमाई नगरपालिका २ हथिऔलमा पनि सरसफाइ तथा शिक्षासम्बन्धी जनचेतना कार्यक्रमको संचालन गरिएको थियो।  
अर्को समाचार
डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ
०१ मंसिर २०८०
•
४ मिनेट पाठ
डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ
डोम समुदायलाई सधैं खान, लाउन धौधौ हुन्छ। अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ। गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौभरि गाउँगाउँमा सुँगुर डोहोर्‍याएर चहार्ने डोम समुदायलाई अहिले छठ पर्व नजिकिंदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ।




दीपावलीलगत्तै सुरु हुने छठपर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्दै गरेको छ। उनीहरू पुर्ख्याैली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन्। बाँसबाट बनाइने नाङ्लो (सुप्पा), ढकिया र कोनियाँ छठ पर्वमा अनिवार्य प्रयोग गर्ने भएकाले दुई महिनाअघिदेखि बनाएर भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै बेच्दै फुर्सद नरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँ टोलका हरिमलिक डोमले बताए।

उनले भने, “वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लोको व्यापार गरेर वर्षैभरिलाई गुजारा गर्न पुग्छ। यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन। नाङ्लोको माग यहाँको बजारमा मात्र होइन, वरिपरिका गाउँमा समेत भइरहेकाले वर्षभरिलाई गुजारा गर्न र बचत गर्न छठ पर्व हाम्रा लागि निकै महत्त्पूर्ण छ।”

अहिले प्रतिनाङ्लो बाँसको चोया अनुसार सात सय, छ सय, पाँच सय र चार सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए।

डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलका डोम झल्कु मल्लिकले बताए।

मिथिला नगरपालिका–२ की सुकमरिया र फूलोदेवी मलिक (डोम) भन्छन्, “हामी बाँसको कोनियाँ बनाएर प्रतिकोनियाँ ५० रुपैयाँका दरले बिक्री गरिरहेका छौं। छठ पर्वमा बिक्री गर्ने कोनियाँको कमाइले केही महिना गुजारा गर्न ठूलै राहत मिल्छ।”

डोम समुदाय यतिबेला बाँसका छठपर्वमा प्रयोग हुने सामग्री बनाउँदै बेच्दै व्यस्त छ। गाँस, बास र कपासकै जोरजाममा पिंढी दर पिंढीलाई हम्मेहम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेका जनकपुरधाम उपमहानगरपालिका-१ स्थित धर्मवान टोलकै रीता मल्लिक डोमिनले बताए।

डालो बुन्दै गरेका वटेश्वर गाउँपालिका-५ शान्तिपुरका इन्दल मल्लिक डोमले कात्तिक लाग्नेबित्तिकै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउन तल्लीन हुन्छौं भने बजारमा बेच्दा राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको बताए।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठ माता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच–सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्छ। भङ्गाहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति १० देखि २० हजार रुपैयाँ र प्रत्येक परिवारले सरदर दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए।

अहिले जिल्लाको गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन्।

छठपर्व मनाउनेको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको उनीहरू बताउँछन्।

गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मिथिला नगरपालिका–७ का ५५ वर्षीय राजवीर डोमले बताए।

गाउँ, शहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर सपरिवार खाने गरेको डोमले कात्तिकमा मीठामीठा परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६० वर्षीया रुमिनी डोमिनले बताइन्। डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य व्यस्त देखिन्छन।

मिथिला नगरपालिका–७ हरिहरपुरका रामविनय मलिकका अनुसार छठपर्व आउनुभन्दा दुई महिना अगाडिदेखि बुनेका ढकिया सखुवा बजार, ढल्केवर र बटेश्वर बजार पुर्‍याएर एकजना डोम परिवारले यस समयमा एक लाख रुपैयाँभन्दा बढीको व्यापार गर्न भ्याउँछन्।

छठ सकेपछि खासै काम हुँदैन। यही बेलाको कमाइले वर्षैभरि गुजारा र बालबालिकालाई पढाउने गर्छन्। क्षीरेश्वरनाथ नगरपालिकाको डोम समुदायले बाँसजन्य पुर्ख्यौली पेसाबाट र कुम्हार समुदायले माटोको वर्तन मूर्ति बनाएर आर्थिक उपार्जन गर्ने गरेको छ।  
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस