‘रुम टु रिड’ लागु भएका कक्षामा फरक शैलीको पढाई
२६ मंसिर २०७९
•
४ मिनेट पाठ
‘रुम टु रिड’ लागु भएका कक्षामा फरक शैलीको पढाई
रुम टु रिड कार्यक्रम लागु भएको गोरखाको शहीद लखन गाउँपालिका ८ को राम्चे आधारभूत विद्यालयमा पढ्दै विद्यार्थी। तस्बिर: नागरिक
शान्त वातावरण। कक्षाकोठाको स्वरूप नै सामान्य भन्दा फरक देखिने। हरेक कक्षाको छेउमा र्‍याकमा ‘बुक कर्नर’ र त्यहाँ कथा, कविता लगायत ठुला चित्रहरू भएका किताब। विद्यालयमा पुस्तकालय पनि। चित्रहरू देखाउँदै शैक्षिक सामग्रीको प्रयोग गरेर विद्यार्थीलाई खेलाउँदै पढाउँदै। अहिले गोरखाका एक सय विद्यालयमा यसरी नै पठनपाठन हुन्छ जुन अन्य विद्यालयमा भन्दा केही न केही फरक देखिन्छ।




एक वर्ष अघिदेखि गोरखामा ‘रुम टु रिड’ को साक्षरता कार्यक्रम लागु भएको छ। आठ वटा पालिका भित्र विद्यालय छनौट गरेर यो कार्यक्रम लागु भएको परियोजनाले जनाएको छ। बालबालिकालाई कसरी पढाउने भन्ने तालिम शिक्षकहरूलाई दिइएको छ। पुस्तकालय व्यवस्थापन, विद्यालयमा शैक्षिक सामग्रीको कसरी प्रयोग गर्ने भन्ने विभिन्न विषयमा शिक्षकले तालिम लिएपछि सजिलो भएको बताएका छन्।

तालिम लिएका शिक्षक वा परियोजना लागु भएको विद्यालयको पठन शैली अन्य भन्दा फरक छ। विद्यार्थीसँगको ब्यवाहार, शैक्षिक सामग्रीको प्रयोग, खेल्दै पढाउने, सिकाउने तरिकाप्रति विद्यार्थी पनि आकर्षित भएको शहीद लखन गाउँपालिका ८ को राम्चे आधारभूत विद्यालयका शिक्षिका भगवती अधिकारीले बताईन।

‘म २९ वर्ष पढाएँ, एक वर्षयता रुम टु रिड को कार्यक्रम लागु भएपछि पढाउने नयाँ तरिका, शिक्षक सिकाई सामग्रीको प्रयोग गर्ने नयाँ तरिका थाहा भयो’, अधिकारीले भनिन्। उनी बालबालिकालाई खेलाउँदै सिकाउँदै गर्छिन्। तालिम लिएपछि बालबालिकालाई पढाउने उनको जोस बद्लिएको छ। ‘पहिले भन्दा अहिले धेरै सजिलोसँग सिकेको जस्तो लाग्छ’, उनले थपिन्।

परियोजना अन्तरगत अहिले कक्षा १ का विद्यार्थीलाई पढाइन्छ। आगामी वर्ष १ र २ मा यो कार्यक्रम लागु हुन्छ भने तेस्रो वर्ष कक्षा ३ मा लागु गरिन्छ। स्थानीय तह, शिक्षा शाखा, विद्यालयहरूसँगको समन्वयमा कार्यक्रम संचालन भइरहेको रुम टु रिडका सिनियर कार्यक्रम असोसियट चन्द्र प्रभा कोइरालाले बताईन।

बालिका शिक्षा कार्यक्रम भने १४ वटा विद्यालयमा लागु भएको परियोजनाका कार्यक्रम अधिकृत एलबी खड्काले बताए। थप शैक्षिक सामग्री सहितका पठनपाठन गर्दा विद्यार्थीहरूको सिकाई क्रियाकलापमा पनि धेरै सुधार आएको भिमसेन गाउँपालिका ६ झिंगटेमा रहेको ध्रुव ज्योति आधारभूत विद्यालयका शिक्षक बुलिन्द्र पाण्डेले बताए।

यो शैक्षिक सत्रबाट साक्षरता कार्यक्रम लागु भएको हो। सो परियोजना अन्तरगत शैक्षिक सामग्री तथा बसाई व्यवस्थापन पनि एकदम राम्रो भएको भन्दै उनले विद्यार्थीहरूलाई आवश्यक नयाँ किताबहरू उपलब्ध गराएको उनले बताए। कक्षाकोठामा बसाईको तरिका नै फरक छ।

अश्राङस्थित नवजागृति चण्डी माविमा बालिका शिक्षा कार्यक्रम संचालन गर्दै आएकी पार्वती श्रेष्ठले बालबालिकामा समस्या समाधान गर्न सक्ने क्षमता विकास भएको बताइन्। साथै उनले नेतृत्व क्षमता बिकासमापनि बालिकाहरु उत्साहित देखिएको बताईन। जिल्लाभर यो परियोजनाका लागि १४ जना साक्षरता सहजकर्ता खटिएका छन्।

सो कार्यक्रम अन्तरगत आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरू पनि उपलब्ध गराउँदै आएको छ। त्यस्तै, बालिका शिक्षा लागु भएको विद्यालयहरूमा बालिकाहरूलाई जीवन उपयोगी, सकारात्मक सोचको विकास गर्ने, सही निर्णय लिन सक्ने क्षमताका विकास गर्ने र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने खालका ज्ञान दिने बालिका शिक्षा कार्यक्रम अधिकृत ज्योति आचार्यले बत्ताइन्।

गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, अजिरकोट, सिरानचोक, भिमसेन थापा, गण्डकी, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा साक्षरता कार्यक्रम संचालन भएको छ। रुम टु रिडद्धारा सञ्चालित यो परियोजना गोरखामा एकीकरण नेपालको सहकार्यमा विद्यालयले कार्यान्वयन गरिरहेको छ। पुस्तकालय निर्माणपछि बालबालिकाको सिकाईमा महत्त्वपूर्ण योगदान पुग्ने एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए।

विद्यार्थीको पठन क्षमतालाई अझै निखारता ल्याउन वर्षको दुई पटक निर्माणात्मक परीक्षण र अभिभावक बैठकमा हुने छलफल आदिले विद्यालय परिवार र समुदायलाई जोड्न मद्दत गरिरहेको राम्चे आधारभूत विद्यालयका प्रधानाध्यापक ओमप्रकाश श्रेष्ठले बताए।

शिक्षकको क्षमता विकासका लागि तालिम, कक्षाकोठा तथा पुस्तकालय केन्द्रित गतिविधिलाई चुस्त दुरुस्त राख्नका लागि सहजकर्ताबाट नियमित अनुगमन तथा सहयोगले विद्यालयमा साक्षर वातावरण सिर्जना गर्न मद्दत पुगेको उनले बताए। न्यून आय भएका समुदायका बालबालिकामा साक्षरता सीप र पढ्ने बानीको विकास तथा बालिकाहरूका लागि जीवन उपयोगी सीप विकासमा रुम टु रिडले काम गरिरहेको सिनियर कार्यक्रम म्यानेजर सुशील तिम्सिनाले बताए। ‘यो कार्यक्रमको अपनत्व स्थानीय सरकारहरुलेपनि लिनुभएको छ’ उनले भने ‘चालु वर्षदेखि बजेट पनि विनियोजन गरेर रुम टु रिड कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत गर्नुभएको छ।’ परियोजना संचालन अवधिपछि पनि कार्यक्रम निरन्तर संचालन हुन्छ कि हुँदैन भन्नेमा धेरैले चासो गर्ने गरेका छन्।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस