ऋण नीति आवश्यक
०४ वैशाख २०७९
•
५ मिनेट पाठ
ऋण नीति आवश्यक
सरकारले वैदेशिक अनुदान र ऋण गरी एकै दिन करिव एक खर्ब रुपियाँ बराबरको सहयोग लिने निर्णय गरेको छ। संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट ६ सय ५९ मिलियन अमेरिकी डलर अर्थात करिब ७९ अर्ब ७१ करोड रुपियाँ अनुदान सहायता लिने निर्णय भएको छ भने दातृसंस्था विश्व बैंकबाट पनि सरकारले करिव १८ अर्ब रुपियाँ ऋण लिने निर्णय गरेको छ।




मन्त्रिपरिषद्को बुधबारको बैठकले दुवै निर्णय गरेको हो। युएसएआइडी मार्फत पाएको यो अनुदान नेपालले हालसम्म कुनै एउटा मुलुक वा संस्थाबाट पाएको सबैभन्दा ठूलो हो। मन्त्रिपरिषद्ले अनुदान लिने सैद्धान्तिक स्वीकृति दिएपछि अब सरकार र युएसएडबीच अनुदान सम्झौता हुनेछ।

५ वर्षभित्र आउने यो अनुदान शिक्षा, स्वास्थ्य, दिगो ऊर्जा, कृषि, निजी क्षेत्रको क्षमता अभिवृद्धिलगायत क्षेत्रमा खर्च गर्ने सरकारको योजना छ। यो पूर्ण रूपमा बजेट प्रणालीभित्र रहेर आउने अनुदान सहयोग हो। प्रत्येक वर्ष १३ करोड २० लाख डलर अर्थात् १६ अर्ब १५ करोड रुपियाँका दरले यो अनुदान आउनेछ। नेपालले आगामी आर्थिक वर्षबाटै लिन सुरु गर्ने यो सहयोग २०२७ सम्म रहनेछ।

अर्को विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) बाट १८ अर्ब रुपियाँ बराबरको सहुलियत ऋण लिने निर्णय पनि सरकारले एकै दिन गरेको छ। बजेट प्रणालीभित्रै रहने यो ऋण भने सम्झौता गर्नेबित्तिकै सरकारको खातामा आउनेछ। संस्थागत क्षमता सुधार तथा संघीयता कार्यान्वयन लगायत क्षेत्रमा खर्च गर्ने गरेर यो ऋण सरकारले लिने निर्णय गरेको हो।

कतिपय दलका नेता कार्यकर्ताले विदेशी सहयोग लिन नहुने र आफ्नै साधनस्रोतले आयोजना बनाउनुपर्ने चर्को भाषण गरे पनि मुलुकको यथार्थ बेग्लै छ। मुलुककै स्रोतसाधनले एकाध आयोजना बनाउन नसकिने पक्कै होइन। तर सरकारले विनियोजन गर्ने पुँजीगत बजेटको ९० प्रतिशत भन्दा धेरै हिस्सा यस्तै विदेशी सहयोग र ऋणले ओगट्ने गरेको छ।

सरकारको आन्तरिक आय अर्थात राजस्वले चालु खर्च धान्न मुस्किल परेको स्थितिमा पुँजीगत बजेटका लागि विदेशीको सहयोग अपरिहार्य बन्दै गएको अवस्था छ। विदेशी ऋण र अनुदानबाहेक विकास परियोजना निर्माण संभव नभएको यथार्थ जान्दाजान्दै पनि मुलुकका राजनीतिक दलबीच वैदेशिक सहयोग लिने सवालमा एउटै नीति बन्न सकेको छैन।

खासगरी विभिन्न नामका कम्युनिस्ट दल र तिनका नेताले राष्ट्रवादी छवि देखाउन विदेशी ऋण र अनुदानको चर्को विरोध गर्दै आएका छन्। पछिल्लो अमेरिकी सहयोग एमसिसी प्रकरणलाई मात्र हेर्ने हो भने पनि यो स्पष्ट हुन्छ। एमसिसी अनुदानको विरोध गर्नेहरूमा सबैभन्दा धेरै कम्युनिस्ट नेता थिए। उनीहरूकै चर्को विरोधका कारण एमसिसी अनुदान झण्डै गुमेको थियो।

अर्कोतिर स्थायी सरकार भनिने कर्मचारीतन्त्रले मुलुकका लागि विदेशी सहयोगको कस्तो महत्त्व छ भन्ने बुझेको छ तर यस्तो सहयोग ल्याउन र सदुपयोग गर्न तदारुकता देखाएको भने पाइँदैन। सरकारी उदासीनताकै कारण एकातिर प्रत्येक वर्ष विदेशी अनुदान घट्दै गएको छ भने अर्कोतिर आएको अनुदान समयमा खर्च हुन नसक्दा सदुपयोग पनि हुन सकेको छैन।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ५९ अर्ब ९१ करोड रुपियाँ अनुदान ल्याउने भनेको छ। तर चैत (९ महिना) सम्म १३ अर्ब ८८ करोड रुपियाँमात्र अनुदान आएको छ। यस्तो अवस्था चालु आवको मात्र होइन, अघिल्ला वर्षहरूमा पनि उस्तै छ।

पछिल्ला सात वर्षको तथ्यांक हेर्ने हो भने सरकारले ५ खर्ब ३८ अर्ब ८६ करोड रुपियाँ अनुदान ल्याउने लक्ष्य राखेको थियो। यो अवधिमा २ खर्ब ७ अर्ब १९ करोड रुपियाँमात्र अनुदान आएको छ। यो औसतमा लक्ष्यको ३८.४४ प्रतिशत उपलब्धिमात्र हो। पछिल्ला वर्ष नेपालका विकास साझेदारहरूले अनुदानको अंश क्रमशः घटाउँदै लगेका छन् भने ऋण दिन जोड गरिरहेका छन्।

यही कारण अनुदानको हिस्सा कम हुँदै गएको हो। सरकारले अनुदान घटेपछि त्यसको विकल्पमा ऋण लिन थालेको छ। यही कारण पछिल्ला वर्षहरूमा मुलुकको सार्वजनिक ऋण बढिरहेको छ। अहिले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिव ४० प्रतिशत सार्वजनिक ऋण पुगेको छ। यो हाम्रो जस्तो मुलुकका लागि डरलाग्दो अंक त होइन।

मुलुकलाई ऋणको साँवा र ब्याज तिर्न असजिलो पनि छैन तर यसलाई धेरै बढ्न दिनु भने राम्रो होइन। यसैले सरकारले सकेसम्म ऋणभन्दा अनुदान ल्याउन बढी जोड दिनुपर्छ। सरकारको प्राथमिकता अनुदानतिर जानुपर्ने हो। विडम्बना, दिने भनिएको अनुदानसमेत सरकारले खर्च गर्न सकेको छैन। सरकारले तोकिएको समयमा अनुदान खर्च गर्न नसक्दा फिर्ता भएका धेरै उदाहरण छन्।

समयमा खर्च गरे पनि त्यसको सोधभर्ना लिन समेत सरकारी कर्मचारी चुकेका अवस्था छ। अहिले पनि अर्बौ रकम सोधभर्ना लिन नसकेको अवस्था छ। मुलुकको अर्थतन्त्र विदेशी विनिमय सञ्चिति घटेर समस्यामा परेको छ। तर अनुदानमा आएको विदेशी मुद्रा सोधभर्ना लिनेतर्फ सरकारी कर्मचारीको चासो गएको छैन। यसतर्फ सरकारको विशेष ध्यान जानुपर्ने आवश्यक छ।

मुलुकका आयोजना निर्माण गर्न तत्काललाई विदेशी सहयोग र ऋणको विकल्प देखिँदैन। आन्तरिक स्रोत मजबुत नभएसम्म जुनसुकै पार्टी सरकारमा आए पनि आयोजना निर्माणका लागि सार्वजनिक ऋण लिनुपर्ने अवस्था भएकाले यस्तो ऋण उठाउन सबै दल मिलेर एउटा राष्ट्रिय नीति बनाउनु आवश्यक छ।

अहिले मुख्य रूपमा अर्थ मन्त्रालयको सक्रियतामा विकास साझेदारहरूसँग ऋण लिने गरिएको छ। कस्ता परियोजनाका लागि के/कति ब्याजदरमा ऋण लिने भन्ने विषय सरकार चलाएको दलकोे एकलौटी निर्णयबाट हुँदै आएको छ। यो कुनै पनि बेला मुलुकका लागि अहितकारी हुन सक्छ।

कुनै पनि सरकारले राष्ट्रिय स्वार्थ बाहिर गएर पार्टीको स्वार्थमा कुनै एक विदेशी मुलुकसँग चर्को ब्याजदरमा ऋण लिए त्यसको भारी सर्वसाधारण र अन्तमा मुलुकले बोक्नुपर्नेछ। श्रीलंकामा पनि सरकारपिच्छे आफूखुसी चर्को ब्याजदरमा लिएको ऋणका कारण अहिले समस्या आएको हो। हामीकहाँ पनि अन्य मुलुक र संस्थाको तुलनामा उत्तरी छिमेकी चीनसँग लिएको ऋणको ब्याजदर अलिक बढी छ।

ब्याजदर धेरै भएको ऋण बढाउँदै जाने हो भने आगामी दिनमा हाम्रोमा पनि समस्या नआउँला भन्न सकिँदैन। त्यसैले सार्वजनिक ऋण लिन राष्ट्रिय नयाँ नीति तत्काल बनाउन आवश्यक छ। परियोजना, ब्याजदर र ऋण तिर्ने तालिका स्पष्ट गरिएको नीति बनाए पार्टी र व्यक्तिले गर्ने छलछामबाट राष्ट्रलाई जोगाउन सकिनेछ।
अर्को समाचार
विपद् रोक्न विकास नीति परिवर्तन आवश्यक : गृहमन्त्री थापा
०८ साउन २०७७
•
२ मिनेट पाठ
विपद् रोक्न विकास नीति परिवर्तन आवश्यक : गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन् । मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । गृहमन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, 'विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनीयर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ ।'




आम समुदायमा भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, बाढी आउने नदीको किनारमा बसोबास गर्नुहुन्न, पहिरोको जोखिम क्षेत्रमा बस्ती बसाउनुहुन्न चेतना जागृत गराउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

मन्त्री थापाले विपद् नेपालको मात्रै नभई अन्तरराष्ट्रिय समस्या भएकाले विश्वले नै विपद्को सामना गरिरहेको बताए । उनले धनजनको क्षति हुनुको वस्तुगत कारण र आत्मगत कारण पत्ता लगाउनु जरुरी रहेको उल्लेख गरे ।

विपद् आउनुको महत्वपूर्ण कारण भनेको जलवायु परिवर्तन रहेको मन्त्री थापाले औँल्याए । त्यसपछि केही मानवीय कारणसमेत रहेको उनले बताए । वैज्ञानिक र अव्यवस्थित बसोबासले पनि क्षति पुगेको गृहमन्त्री थापाको भनाइ छ । उनले विपद्का घटनामा तत्कालीनरुपमा उद्धार र दीर्घकालीन रुपमा पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

उनले सरकारले विपद् किन बढिरहेको छ, यसका कारण के हुन्, समाधान कसरी गर्न सकिन्छ भनेर नियमित रुपमा काम गर्दै आएको र योजना निर्माण गर्दै आएको जानकारी दिए । उनले विविध समस्याका कारण अत्यावश्यक क्षेत्रमा राहत तथा उद्धार सामग्री समयमै पुर्‍याउन नसकिएको बताए ।

कार्यकारी समितिका अध्यक्षसमेत रहेका गृहमन्त्री थापाले समितिको अर्को बैठकमा विपद्ले गरेको क्षतिको विवरण र विपद् भएका क्षेत्रमा पुनःनिर्माणको योजना, कार्यक्रम र बजेटको खाका ल्याउन समितिका सदस्यलाई निर्देशन दिए ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
यो पनि पढौँ
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस