प्रधानमन्त्रीको सामयिक सम्बोधन
१८ चैत्र २०८१
•
५ मिनेट पाठ
प्रधानमन्त्रीको सामयिक सम्बोधन
गत शुक्रबार काठमाडौंको तीनकुने, जडिबुटीलगायतका क्षेत्रमा गरिएको वितण्डाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता पुष्टि गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले भने– ‘सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ।’




प्रधानमन्त्री ओलीका यी अभिव्यक्तिसँगै राजतन्त्र पुनस्र्थापनाका नाममा भएको वितण्डा संसदमा अभिलेख भएको छ। यसलाई भविष्यमा इतिहासको कालखण्डमा लोकतान्त्रिक गणतन्त्रको क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्न केसम्म गरिएछ भन्ने अध्यायका रूपमा चित्रण गर्न सकिनेछ। प्रधानमन्त्री ओलीको अभिव्यक्ति मात्र होइन अन्य वक्ता सांसदहरूले समेत यसमा खुलेर आफ्ना प्रतिक्रिया दिएका छन्। यसअर्थमा पनि यो विषयलाई संसदले गम्भीरतापूर्वक लिएको सन्देश दिएको छ। विगतमा यस्ता घटना हुँदा संसदले बेवास्ता गरेजस्तो रहेन यो। र, प्रतिक्रान्ति गर्न पूर्वराजाले गरेको पहलका रूपमा यसलाई हेरिएको छ। यसले सबै लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्ने शक्तिहरूलाई आफ्ना असहमतिका बावजुद एक ठाउँमा ल्याएको छ।

शुक्रबारको त्यो दिन दुईवटा सभा गर्न क्रमशः समाजवादी मोर्चा र राजावादी समूहले अनुमति लिएका थिए। समाजवादी मोर्चाले शान्तिपूर्णरूपमा सभा सञ्चालन गरे पनि राजावादीले यसलाई हिंसक बनाए। दुर्गा प्रसाईं नामक विवादास्पद मेडिकल व्यवसायीलाई पूर्वराजा ज्ञानेन्द्रले आफ्नो अभियानको ‘जनकमाण्डर’ बनाएको तथ्य जगजाहेर छ। सामान्यतः लोकतान्त्रिक शासन व्यवस्थामा सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनलाई अवरोध गर्दैन। स्थानीय सरकारसँग अनुमति लिने बेलामा उनीहरूले शान्तिपूर्ण अभियान सञ्चालन गर्नेभन्दाभन्दै त्यसलाई हिंसात्मक बनाएका थिए। यहाँसम्म कि तिनले संसद भवन कब्जा गर्न भीडलाई दुरुत्साहन गरेका थिए। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले यो पक्षलाई समेत उजागर गरेका छन्। हिंसात्मक कार्यमा आफ्ना सांसद धवलशमसेर राणा संलग्न भएको जानकारी समेत संसदलाई गराइसकेको छ।

राजावादी कथित ‘जनकमाण्डर’ आफैंले हाँकेको गाडी प्रहरीमाथि चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइएको घटनालाई समेत प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराएका छन्। ‘भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासविरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुंगामुुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरिए,’ प्रम ओलीले सम्बोधनमा भनेका छन्, ‘हुँदाहुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा, तोडफोड, आगजनी र डिपार्टमेन्टल स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो।’

प्रधानमन्त्रीले संसदमा अभिलेख गरिएको थप विवरणमा भनिएको छ– ‘निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंसक, आततायी कार्य भयो। अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो। प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो।’ प्रधानमन्त्रीले यस्ता निन्दनीय र खेदजनक कार्यमा ‘संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कार्वाही’ हुने दृढता व्यक्त गरेका छन्। घटनाको विस्तृत बिवरण उपयुक्त समयमा गृहमन्त्री रमेश लेखकले सदनलाई जानकारी दिने विश्वास पनि उनले व्यक्त गरे।

यस हिंसात्मक कार्यका योजनाकारहरूबारे जानकारी गराउने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेपछि अविश्वास गर्न सकिन्न। तर, दण्डहीनतालाई प्रोत्साहित गरेकै कारण गैरसंवैधानिक कार्य गर्न पूर्वराजा प्रोत्साहित भएको देखिन्छ। जनआन्दोलन २०६२/६३ मा तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा भएको दमन र जनधनको क्षतिमा कानुनी कारवाही गर्न रायमाझी आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गरिएन। बरु पूर्वराजालाई आवश्यक सुरक्षा र सुविधा दिएर राखिएको हो। तर, यसलाई उनले गणतन्त्रवादी दल र सरकारहरूलाई कमजोर आँकेको प्रस्ट हुन्छ।

लोकतन्त्रले व्यक्तिलाई अभिव्यक्तिको स्वतन्त्रता दिन्छ। तर, एक वर्षदेखि त्यसको दुरूपयोग गर्दै सरकार, व्यवस्था, संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउने ‘एउटा तत्व त्यसै बेलादेखि क्रियाशील’ रहेको ओलीले बताएका छन्। धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव विथोल्ने र खास समुदायमाथि आक्रमण गर्न उक्साउने गरेको समेत उनले उल्लेख गरेका छन्। त्यसैगरी ऋणीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु पर्दैन भनी ध्वस्त पार्न खोजेको पनि उनले संसदलाई जानकारी दिएका छन्। यो त्यही तत्व हो, जो प्रधानमन्त्री ओली र प्रमुख विपक्षी नेता पुष्पकमल दाहालसँग पालैपालो निकट रहेको थियो।

पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते आफू अगाडि बढ्ने वक्तव्य दिएर ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

फागुन २५ गते कथित ‘स्वागत सवारी’ आयोजना गरी चैत १४ गते समाज बिथोल्न लागिपरेका ‘एकजना अवाञ्छित व्यक्तिलाई आफ्नो निवासमा डाकेर कथित ‘जनकमाण्डर’ तोकेको र हिंसात्मक वारदातका लागि खटाएको जानकारीसमेत संसदलाई प्रधानमन्त्रीले दिएका छन्। प्रधानमन्त्री ओलीले पुनः एकपटक तत्कालीन राजासँगको सम्झौतासमेत सम्झाएका छन्– ‘प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ। त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो। हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद/व्यवस्थापन गर्नु भएको थियो।’ प्रधानमन्त्री ओलीले पूर्वराजा शाहले यस घटनामा उन्मुक्ति नपाउने बताएर एक हदसम्म आश्वस्त तुल्याएका छन्। ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन?’ प्रमले प्रश्न गरेका छन्।

प्रधानमन्त्री ओलीले यति भनिसकेपछि निश्चय नै ‘प्रतिक्रान्तिका नायक’ माथि छानबिन गरी यथोचित कारवाही हुनेछ। जनताले गरेको संघर्षलाई बेवास्ता गर्दै जथाभावी गर्न छुट दिने हो भने त्यो मुलुकका निम्ति दुर्भाग्य हुनेछ। लोकतन्त्रले बाँच्न नपाउने र यसविरुद्धका षड्यन्त्र टुलुटुलु हेरेर बस्ने हो भने देशले लामो समय दुःख पाउने निश्चित छ।  
अर्को समाचार
निर्यात निरन्तरता
०९ साउन २०८२
•
४ मिनेट पाठ
निर्यात निरन्तरता
निर्यात व्यापारमा सम्भावना भएर पनि नेपालले यसमा खोजी गरेको छैन। हाम्रो मुलुकले नयाँनयाँ क्षेत्र पहिचान गरी निर्यात व्यापार बढाउन सक्छ। हाम्रो मुलुकका निम्ति सम्भावना भएको क्षेत्र सोयाबिन तेल रहेछ भन्ने यसपटक थाहा भएको छ। एक वर्षमै नेपालबाट एक खर्ब ६ अर्ब ७९ करोड रूपैयाँको सोयाबिन तेल भारत र अस्ट्रेलिया निर्यात भएको खबर आफैंमा सुखद छ। यो अवधिमा देशको निर्यात व्यापार सबा खर्बले बढ्नु निकै आशालाग्दो पक्ष हो। स्वदेशमै उत्पादन गरेको सोयाबिनको कच्चा पदार्थबाट तेल तयार गरी निर्यात गर्न सकेको भए निकै राम्रो हुन्थ्यो।




एक आर्थिक वर्षमै निर्यात व्यापार ८२ प्रतिशतले बढेको छ। यो वृद्धिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत् खुसीसमेत व्यक्त गरेका छन्। निर्यातमा इतिहासमै ‘उच्च विन्दु’ हासिल भएको धारणा प्रधानमन्त्रीले व्यक्त गरेका छन्। गत आर्थिक वर्ष एक खर्ब २४ अर्ब रूपैयाँको निर्यात भएकोमा अहिले दुई खर्ब ७७ अर्ब तीन करोड रूपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। यो खुसीयाली पछाडिको दिगोपन भने उल्लेख्य छ।

वास्तवमा हामीले जानीबुझी निर्यात व्यापार बढाउने काम गरेका छैनौं। कतिपय आन्तरिकरूपमा उत्पादन भएका वस्तुलाई प्रतिस्थापन गर्ने काम भएन। देशभित्रै उत्पादन हुन सक्ने फलफूल, तरकारी र खाद्यान्न विदेशबाट आयात गर्नुभन्दा यहीं उत्पादन गरेर उपभोग गर्नु राम्रो हो। त्यसका लागि यस्तो उत्पादन बढाउन सहयोग गर्नुपर्छ। आफ्नै देशमा उत्पादन भइरहेका वस्तु आयातमा जोड दिनुभन्दा तिनलाई सस्तो र सुलभ हुनसक्ने वातावरण तयार गर्नुपर्छ। देशमै गुणस्तरीय वस्तु उत्पादन हुने र आयातितभन्दा सस्तो हुने हो भने स्वदेशीलाई प्रोत्साहन हुन्छ।

वास्तवमा हामीले विश्व बजारमा प्रतिस्पर्धा गर्ने गरी वस्तु र सेवा उत्पादन गर्न सकेका छैनौं। हाम्रा वस्तु विश्व बजारका लागि महँगा हुन्छन्। वस्तु महँगो नहुन उत्पादन लागत कम हुनुपर्छ। उत्पादन लागत कम गर्न वस्तुको उत्पादन धेरै ठुलो मात्रामा हुनुपर्छ। चिनियाँ वस्तु संसारभरि धेरै सस्तोमा पाइनुको कारण यसको ठुलो मात्रामा हुने उत्पादन हो। त्यसै गरी चिनियाँ जनशक्ति सस्तो पनि छ। त्यही भएर संसारभरिका ठुला कम्पनीले चीनमा आएर उत्पादन बढाएका छन्। हाम्रो मुलुकले पनि आफ्नो जनशक्तिलाई विदेशी श्रम बजारमा कामका लागि पठाउनुभन्दा यहीं वस्तु र सेवा उत्पादन गरेर निर्यात बढाउन सकिन्छ। त्यसका लागि दीर्घकालीन सोच राखेर काम गर्न सक्नुपर्छ।

अझै पनि हाम्रो मुलुकले अद्वितीय किसिमका सामग्री उत्पादन गरेर विदेशमा बेच्ने अवसर छ। विशेष गरी हस्तकला, चिया, अलैंची, फाइबर, चिया, छुर्पी, जडीबुटीजन्य पदार्थ यसमा पर्छन्। अहिले तेलले निर्यात व्यापारको सम्भावना बढाए पनि यो दीर्घकालीन हुन सक्दैन। विदेशबाट कच्चा पदार्थ आयात गरी तेल निर्यात गर्ने अवस्थामा पुगेको हो। आफ्नै मुलुकबाट अत्यधिक मात्रामा भटमास उत्पादन गरेर तेल उत्पादन गरी निर्यात गर्ने हो भने स्थिति भिन्न हुन सक्छ। त्यसैले मूल्य अभिवृद्धि गर्न सक्ने किसिमका वस्तु उत्पादन गरी निर्यात बढाउन सकिन्छ।

अहिले सरकारले दिएको निर्यात अनुदानले केही हदसम्म भूमिका निर्वाह गरेको छ। नेपालले आफ्नै कच्चा पदार्थमा आधारित वस्तु उत्पादन गरी निर्यात गर्ने हो भने त्यसले अर्थतन्त्रमा सकारात्मक योगदान दिन सक्छ। सिमेन्ट उद्योगले त्यो सम्भावना देखाएको छ। कच्चा पदार्थको स्रोत राम्रो भएका कारण हाम्रो मुलुकमा गुणस्तीय सिमेन्ट उत्पादन हुन सक्छ। त्यसैले आफ्नो मुलुकका सम्भावना हेरेर वस्तु उत्पादनमा लाग्नु व्यापार घाटा कम गर्ने उपाय हुन सक्छ। हाम्रो देशमा गुणस्तरीय जडीबुटी छन्, तिनको प्रयोग गरी औषधि उत्पादन र निर्यात गर्न सकिन्छ। त्यसैगरी यहाँ उत्पादन हुने कृषिजन्य वस्तु र यसैमा आधारित अन्य उत्पादन हुनसक्छ। थाइल्यान्डले आँप, डुरियनलगायतका फलफूल प्रयोग गरी अनेकन प्याकेटयुक्त खाना निर्यात गर्ने गरेको छ। त्यसतर्फ पनि ध्यान दिनु उचित हुन्छ।

कुनै बेला नेपालले धानचामल निर्यात कम्पनी नै खोलेको थियो। अचेल हामी आफैंले आफूलाई चाहिने अनाजसमेत उत्पादन गर्न सकेका छैनौं। तरकारी र सागपातसमेत विदेशबाट ल्याउनुभन्दा किसानलाई प्रोत्साहित गर्न सक्नुपर्छ। हाम्रो देशमा किसानी दुःखी पेशाजस्तो बन्न पुगेको छ। दुःख गरेअनुसार फाइदा नभएपछि सबै यसबाट बाहिरिन थालेका छन्। त्यसकारण पनि हामीले आयातित कृषिजन्य वस्तुमा निर्भर हुनुपरेको छ। यसमा मात्रै निर्भर नहुने हो भने पनि ठुलो हिस्सा रकम विदेशिनबाट जोगिन्छ।

निर्यात बढ्यो भनेर खुसी हुँदा आयात बढेको पक्षलाई बेवास्ता गर्न मिल्दैन। आर्थिक वर्ष २०८१/८२ मा आयात १३.२५ प्रतिशतले बढेको छ। आयात दुई खर्ब ११ अर्ब १३ करोड रूपैयाँले बढेको छ। अघिल्लो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएकोमा गत आवमा १८ खर्ब चार अर्ब १२ करोड रूपैयाँको आयात भएको छ। आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ हो। त्यसैले पेट्रोलियम पदार्थको ठाउँमा विद्युतीय वा हाइड्रोजन इन्धनतर्फ मुलुकलाई उन्मुख गराउन सक्नुपर्छ। यसले उल्लेख्यरूपमा हाम्रो आयात घटाउने छ। मुलुकको कुल व्यापार घाटा १५ खर्ब २५ अर्ब नौ करोड रूपैयाँ पुगेको छ। त्यसैले व्यापार घाटाको खाडल घटाउनेतिर ध्यान पुग्नु आवश्यक छ। 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५३ सेकेन्ड अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
संकटको अल्पकालीन उपचार
संकटको अल्पकालीन उपचार
नागरिक नागरिक • · ०८ साउन २०८२ · ४ मिनेट पाठ
कुलपतिको कार्यभार
नागरिक नागरिक • · ०२ साउन २०८२ · ४ मिनेट पाठ
भरोसायुक्त मौद्रिक नीति
नागरिक नागरिक • · २९ असार २०८२ · ४ मिनेट पाठ
दल सत्ताको कार्यकाल
दल सत्ताको कार्यकाल
नागरिक नागरिक • · ०४ साउन २०८२ · ४ मिनेट पाठ
दिगो विकास लक्ष्य प्रगति सुस्त
नागरिक नागरिक • · ०१ साउन २०८२ · ४ मिनेट पाठ
हरित नेपालका लागि हाइड्रोजन
नागरिक नागरिक • · २७ असार २०८२ · ४ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस