रारावासी नै काकाकुल
२२ कार्तिक २०८१
•
४ मिनेट पाठ
रारावासी नै काकाकुल
पानीका लागि मेघमा भर पर्ने पक्षीको नाम हो काकाकुल। यतिबेला जुम्ला, रारा गाउँका बासिन्दा स्वच्छ, स्वस्थ र सहजतवरले पानी पिउन यही मेघ कुनुपर्ने चातक (आकाशबाट बर्सेको पानी मात्र पिएर बाँच्ने पक्षी) को नियति भोग्न बाध्य छन्। जसले उनीहरूको दैनिक जीवनचर्या त प्रभावित तुल्याएको छ नै, दिमागदेखि समय र धेरै श्रमसमेत पानीकै लागि खर्चनुपर्दा चौतर्फी विकाससमेत अवरुद्ध हुन पुगेको छ।




जुम्ला उसै पनि मानव विकास सूचकांकका हरेक मापकमा पुछारतिर पर्ने कर्णालीको एक जिल्ला हो। साबिक कर्णाली अञ्चलका पाँच जिल्लामध्ये तुलनात्मकरूपमा सुगम मानिए पनि यो अझै विकासको झुल्के घामभन्दा निकै टाढा छ। शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सामान्य आधारभूत कुराबाटसमेत यो जिल्ला वञ्चित छ। बर्सेनि दर्जनौँ गर्भवती अहिले पनि सुत्केरी हुनेबेला उचित उपचार अभावमा मृत्यु वरण गर्न बाध्य छन्। पोषिलो र स्वस्थ खानेकुरा अभावमा कुपोषण र त्यसले निम्त्याउने विभिन्नखाले रोगले पनि उत्तिकै सताउँदै आएको छ जुम्लीलाई।

यस्तो परिस्थिति सामना गरिरहेको जुम्लाको तीला गाउँपालिका–१ स्थित रारा गाउँका बासिन्दा भने पिउने पानीकै समस्याले सताइएका छन्। गाउँभर दुई सय ६० घर छन्। ती सबै घरले दैनिक चार घण्टाका दरले आउने चार वटा धाराकै भरमा पानीको आवश्यकता टार्नुपर्ने बाध्यता छ। यिनै धाराबाट पनि सधैँ पानी आउँदैन। नआएका बेला तीला नदीको भर पर्नुको विकल्प छैन। जहाँ पुग्नै करिब एक घण्टा लाग्छ। वर्षायामको धमिलो होस् या हिउँदको छोइनसक्नु चिसो, धारा नआएका बेला तीलाले नै धानिदिनुलाई धन्य भन्ने अवस्थामा छन् उनीहरू ।

कर्णाली अविकास र विभेदको पर्यायका रूपमा विख्यात छ नेपालीबीच। कुनै कर्मचारीलाई सरुवा गरेर त्यहाँ पठाएमा सजाय दिएको अर्थमा लिइन्छ अहिले पनि। न पर्याप्त विकास बजेट न त कर्मचारी नै, न विनियोजित बजेटकै सदुपयोग न त भएकै कामको पनि गुणस्तरीयता कायम, यस्तो अवस्थाले कर्णाली सधैँ ठगिँदै आएको छ। पछिल्लो समय मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकारहरूले यस्तो अवस्थामा जुन सुधार ल्याउने अपेक्षा गरिएको थियो, त्योसमेत कामयावी नभएपछि कर्णालीवासीले भोग्नुपरेका दुःखदर्दको सूची फेरिन सकेका छैनन्।

यहाँका बासिन्दालाई पानीको व्यवस्था गर्न प्रयास नभएको भने होइन। आठ वर्षअघि नै संघीय खानेपानी कार्यालय जुम्लामार्फत तीला–९ स्थित ढिपुबाट पानी ल्याउने योजना अघि सारिएको थियो। तर विडम्बना, पाँच वर्षीय यो योजना आठ वर्ष बित्दासमेत सञ्चालन हुन सकेको छैन। त्यसैगरी स्थानीय सरकारमार्फत ५० लाख रुपियाँ खर्चिएर खानेपानी लिफ्टिङ योजना बनाइयो। त्यसबाट पनि पानी आएन। बजेट खर्च हुने, कागजी प्रतिवेदनमा उल्लेख हुने तर पानीचाहिँ कहिल्यै पनि नआउने निरन्तरको समस्याबाट रारा गाउँका बासिन्दा पीडित हुँदै आएका छन्।

रारा नेपालकै सबैभन्दा ठूलो, सफा र सुन्दर ताल हो। यहाँ बर्सेनि हजारौँ स्वदेशी÷विदेशी पर्यटक पुग्छन्, सुन्दरता अवलोकन गर्न। जहाँबाट खत्याड खोला बग्छ अविरल। तर विडम्बना, यही तालकै नामबाट बनेको गाउँका बासिन्दा भने राराको बखान सुन्दै सुन्दर पानीको कल्पनामै रम्न बाध्य हुनुपरेको छ। त्यति मात्र हैन, गाउँमुनि तीला अविरल बगिरहे पनि उक्त पानीलाई सिँचाइका लागि प्रयोग गर्न नसक्दा उब्जनीसमेत हुन सकेको छैन। यसरी हेर्दा रारा र तीलाका धनी रारा गाउँवासीहरू पानी प्रयोग हैन, हेरेर चित्त बुझाउने बाध्यता भोग्न विवश छन्।

धेरै विद्वान्को मत के छ भने यदि  तेस्रो विश्व युद्ध भयो भने त्यो पानीकै कारण हुनेछ। यसबाट थाहा पाउन सकिन्छ कि पानीको महत्त्व कति छ भन्ने। हो, भूगोल, वातावरण, मौसम आदिका कारण पानी बस्तीपिच्छे उपलब्ध नहुन सक्छ। तर केही वरपर रहेको पानीलाई भरपुर प्रयोग गर्न सकिए समस्या समाधान असम्भव छैन। विभिन्न देशले निकै टाढाबाट पानी ल्याएर आफ्ना नागरिकको स्वच्छ पानी पिएर स्वस्थ हुन पाउने अधिकारको रक्षा गरेका पनि छन्। पानी जीवनका लागि सबैभन्दा अपरिहार्य चिज भएकाले यसमा लगानी गर्न कुनै पनि हालतमा हिचकिचाउनु हुँदैन पनि। तर नेपालको सन्दर्भमा सरकारी प्राथमिकता यस्ता विषयमा नपर्नु उदेकलाग्दो छ। रारा गाउँका बासिन्दाले वर्षौंदेखि पानी समस्या भोग्न पर्नुको मुख्य कारण पनि यही हो।

मुलुक संघीय संरचनामा गएपछि काठमाडौँको सिंहदरबार गाउँ–गाउँ पुग्यो भनिँदै आएको छ। यो भनेको स्रोत वितरण र त्यसको खर्चको अधिकारसमेत अब केन्द्रमा मात्र रहेन भनिएको हो। यसरी हेर्दा आफ्नो ठाउँमा सबैभन्दा प्राथमिकता दिनुपर्ने केमा हो भन्ने कुरा स्थानीय जनपतिनिधिलाई थाहा नहुने कुरै भएन। त्यसैले स्थानीय समस्या समाधानका लागि स्थानीय सरकार नै बढी जागरुक हुनुपर्नेमा दुई मत नै छैन। जहाँसम्म रारा गाउँको पानी समस्या समाधान गर्ने कुरा छ, सबैभन्दा पहिले यसअघि थालिएका योजना किन सञ्चालन भएनन् भन्नेबारे पत्तो लगाएर त्यसैलाई सम्पन्न गर्नतर्फ लाग्नु उचित हुनेछ। सम्भव भए तीला नदीको पानी उपकरणमार्फत तानेर ट्यांकमा जम्मा गरी वितरण गर्न पनि सकिन्छ। जे होस्, आफ्नो क्षमताले नभ्याए प्रदेश र संघीय सरकारसँग समेत लबिङ गरेर पनि यो कार्यको अगुवाइ गर्ने जिम्मेवारी भने स्थानीय सरकारकै भएकामा द्विविधा छैन।  
अर्को समाचार
वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ
२० कार्तिक २०८१
•
३ मिनेट पाठ
वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ
यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन्। विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन्।




आठवर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन। स्थानीय सरकार गठन भएपछि रु ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो तर पानी आइपुगेन।

यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो। विसं २०३५ मा निर्माण गरिएका चारवटा सार्वजनिक धारा छन्। यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ। गाउँमा रहेका दुई सय ६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन्। कहिलेकाहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन्। ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको ९सङ्कट झन् बढ्ने चिन्ता थपिएको छ। पानीको मूल विस्तारै सुक्न थालेको छ । मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ।

रारागाउँ वरपर पर्याप्त उर्वर जमिन छ। तर, सिँचाइ अभावले गाउँ मरुभूमिजस्तो देखिन्छ। गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीयवासी मानसिंह रावतले गुनासो गरे। “घरवरिपरिका करेसाबारी बाँझै छन, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ,” रावतले भने, “नदीको पानी खेर गइरहेको छ।”

१४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो। उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्नेबारे स्थानीयले थाहै पाएनन्। सो आयोजनाका लागि ल्याइएको जिआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका– ८, पुरुगाउँ खोलामा अहिले पनि लथालिङ्ग छन्।

खानेपानीको समस्या समाधानका लागि हाल गाउँपालिकाले चार करोडको योजना कार्यान्वयनमा ल्याएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा छ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग तीन वर्षभित्र खानेपानी गाउँमा पु¥याउने गरी सम्झौता भएको छ। पहिलो चरणको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिए।

गाउँमा तीन वर्षभित्र खानेपानी पु(याउने गरी सङ्घीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट रु चार करोड ६९ लाखमध्ये गतवर्ष पचास लाख र यो वर्ष एक करोड ५० लाख क्रमागत रकम पालिकामा प्राप्त भएको हो। उक्त योजनाका लागि संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रम ९यूएनडिपी० ले रु ९५ लाख सहयोग गरेको हो। सो योजनामा एक करोड १० लाख पालिकाले बजेट विनियोजन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।

योजना छिटो सम्पन्न गर्न अनुगमनलाई प्राथमिकतामा राखिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए। तिला–६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर लामो छ। गाउँमा खानीपानी निर्माण योजनाको काम अघि बढेपछि स्थानीयवासीमा खुसी छाएको छ।  
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस