बालेनको बाहुबलीवाद
०६ असार २०८१
•
४ मिनेट पाठ
बालेनको बाहुबलीवाद
मुलुकमा यतिबेला लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। दलका प्रतिनिधिले राज्यका निकायहरूलाई प्रतिनिधित्व गरेका छन्। संयोगले प्रमुख दलहरूको भूमिकामा चित्त नबुझेका कारण गत स्थानीय तह निर्वाचनका बेला स्वतन्त्र व्यक्तिहरूलाई पालिका तहमा निर्वाचित गरेका छन्। यसको अर्थ आम नागरिकलाई दलप्रति अविश्वास भएको होइन, दलले उठाएका मानिसप्रतिको अविश्वास मात्र हो। त्यही भएर काठमाडौं महानगरपालिका, धरान उपनगरपालिका, धनगढी उपनगरपालिकामा स्वतन्त्र व्यक्तिले निर्वाचित भई नेतृत्व प्रदान गरिरहेका छन्।




यसरी निर्वाचित भएका प्रमुखहरूले अन्य सदस्यसँग गरेको व्यवहारलाई अहिले सर्वसाधारणले रुचिपूर्वक हेरिरहेका पनि छन्। यदाकदा यसरी निर्वाचित व्यक्तिमा आफूलाई सर्वसाधारणले जेसुकै गर्ने छुट दिएको भ्रम पनि परेको देखिन्छ। तर, सबैलाई मिलाएर लैजान नसक्दा फेरि प्रत्युत्पादक हुने खतरा पनि छ।

गत आइतबार मात्र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले दलका तर्फबाट निर्वाचित पदाधिकारीविरुद्ध अभिव्यक्ति दिएका छन्। नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठक चलिरहेका बेला जनप्रतिनिधिलाई बोल्न नदिइकनै उनले बैठक स्थगित गरे। जसलाई उनले दलहरूले बहिष्कार गरेको आरोप लगाएका छन् भने दलहरूले बहिष्कार गरेको नभई नगर प्रमुखले आफूहरूलाई बोल्न नदिएको र आफैँ स्थगन गरेको दाबी गरेका छन्। आफूलाई सर्वशक्तिमान सम्झेर अरूलाई बोल्न नदिने अभ्यासले नगरपालिकाभित्र सहयोगी वातावरण बनाउँदैन। स्वतन्त्र ढंगले निर्वाचित व्यक्तिलाई समेत दलीय प्रतिनिधत्वबाट आएका पदाधिकारीहरूले सहयोग नगरेका भए निर्वाचतयता काम सहज हुने थिएन। दलहरूले स्वतन्त्र पदाधिकारीप्रति वक्रदृष्टि नराखी काम गर्ने वातावरण दिएका छन्।

हाम्रो मुलुकले अहिले अंगालेको शासन व्यवस्था बहुदलीयतामा आधारित छ। त्यसैले यस्तो व्यवस्थामा सानो/ठूलो, क्षेत्रीय, जातीय तथा जुनसुकै सिद्धान्त र विचारमा आधारित भएपनि उसको अस्तित्व नकार्न पाइँदैन। नगर प्रमुख बालेनले सामाजिक सञ्जालमार्फत ‘एमाले र कांग्रेसको धङघङी बोकेर नआउन’ जुन उर्दी जारी गरेका छन्, त्यो पनि आपत्तिजनक छ। नगर सभामा सहभागी दलीय प्रतिनिधिले राख्ने धारणा नै दलगत हो। किनकि उनीहरूले त्यसो गरेनन् भने त्यो दलीय सिद्धान्त र मार्गविपरीत हुन्छ। तर बालेनले यति सामान्य कुरा पनि नबुझी दलहरूलाई जुनरूपमा होच्याउने काम गरेका छन्, त्यो सर्वथा अनुचित छ। अहिलेसम्म यी प्रतिनिधिले उनलाई दिएको निःशर्त समर्थनलाई कमजोरीका रूपमा आँकेको बुझ्न सकिन्छ।

बालेनले नाम लिएका कांग्रेस र एमालेका सयौँ गल्ती/कमजोरी छन्। तर पनि अहिले बालेन जे मनलागी गर्न र यिनैलाई होच्याउन पाएका यिनै दलको नेतृत्वमा भएको आन्दोलनको परिणाम हो। मुलुकमा प्रजातन्त्र ल्याउन योगदान गरेका आधारमा यी ठूला दललाई जे गर्न पनि छुट हुनुपर्छ भन्ने पक्कै हैन तर सबैको योगदानको कदर गरेर र अग्रजहरूलाई गच्छेअनुसारको सम्मान गर्दै अघि बढ्ने मात्र सफल हुन सक्छ। यो पक्षमा यसअघि धेरैपटक झैँ यसपटक पनि उनी चुकेका देखिन्छ। आफ्नो समर्थन आधार बलियो रहेको ठान्दै जथाभावी अभिव्यक्ति दिने उनको अहिलेको प्रक्रिया आफैंमा प्रत्युत्पादक हुने दिशामा छ।

छलफल हुन्छ। हुनुपर्छ। छलफलमा विवाद पनि आउन सक्छ। एउटै घरका परिवार त सधैं मिलेर बस्न सक्दैनन् भने एक सय ६० जना जनप्रतिनिधिको एउटै आवाज हुनै सक्दैन। बालेनले यस्तो सोचेका भए र सबैले आफैँले भनेका र सही ठानेका प्रस्तावमा मात्र ल्याप्चे लगाइदिऊन् भन्ने ठानेका भए त्यो उचित होइन। कम्तीमा पनि लोकतन्त्रमा यो सम्भव हुँदैन । विवाद, आलोचना, अन्तरक्रिया, सन्तुलन र नियन्त्रणले लोकतन्त्र फस्टाउने हो। नगर प्रमुख बालेनमा यस्तो चेतना कमजोर छ। बरु उनमा अतिशय दम्भ देखिएको छ।

बालेन अहिले एउटा समूहबीच वाहवाहीको पात्र बनेका छन्। उनले जे गरे पनि उचित ठान्ने र उनका काममा चित्त नबुझेर कसैले आलोचना गर्‍यो भने त्यसलाई मारौँला झैँ गर्ने जमात खडा गर्न सक्नु उनको मुख्य खुबी हो। अर्कोतर्फ दलका प्रतिनिधिले आममतदाताको मन जित्न नसकेका बेला सानोतिनो नै किन नहोस्, उनले गरेका कामको धेरैले प्रशंसा पनि गरेका छन्। तर यत्तिकैमा उनले आफूलाई सर्वेसर्वा ठानेर पुलकित हुनु जरुरी छैन। मानिस जति अरूको कुरा सुन्न लालायित हुन्छ, जतिनम्र हुन्छ, उसैले मार्ने हो बाजी। जुन लक्षण नगर प्रमुखमा एक रत्ती नदेखिनु महानगरवासीका लागि चिन्ताको विषय हो।

बालेन स्वतन्त्र उठेर जितेका हुन्। त्यसैले उनी कसैप्रति जिम्मेवार हुनुपर्दैन। तर दलबाट उठेर जितेकाहरू आफ्नो दलप्रति जिम्मेवार हुनुपर्छ । यस अर्थमा बालेन मात्र विकासप्रेमी, बाँकी सबै खराब भन्ने जुन छाप छाड्न खोजिएको छ, त्यसले कसैको हित गर्दैन। नगर प्रमुख जस्तो महत्त्वपूर्ण ठाउँमा आसिन बालेनले अहिलेलाई यत्तिबुझे काफी हुन्छ– अरू पनि उनी जस्तै जनताकै मत पाएर जितेका हुन्। र, उनीहरूलाई क्षणिक तालीका लागि जस्तोसुकै निर्णय गर्ने कार्यादेश छैन। उनले आफ्नो कार्यशैली बदल्नु नितान्त आवश्यक छ। 
अर्को समाचार
‘यो युद्धभूमि होइन, यहाँ कसैले हारेको छैन’
३२ असार २०८२
•
१ मिनेट पाठ
‘यो युद्धभूमि होइन, यहाँ कसैले हारेको छैन’
काठमाडौं महानगरपालिकाको नगरसभामा सदस्य प्रेम थापाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादलाई ‘युद्ध’ को संज्ञा दिएर गलत प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।




बुधबार राष्ट्रिय सभागृहमा बसेको नगरसभाको १७औं अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले हालै समाधान भएको पालिकाभित्रको विवादलाई हार-जितको रूपमा नहेर्न आग्रह गरे।

पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ‘हारेको’ वा ‘झुकेको’ भनेर आएका समाचारहरूप्रति लक्षित गर्दै उनले भने, ‘उपप्रमुखले हार्नुभयो, प्रमुख प्रशासकीय अधिकृत निहुरिनुभयो, कार्यपालिका सदस्यहरू झुक्नुभयो भनेर अफवाह फैलाइयो। यो कुनै युद्धभूमि वा रणभूमि होइन। यहाँ कसैको जित वा हार भएको छैन, बरु सिंगो काठमाडौं महानगरपालिकाको जित भएको छ।’

उनले विवाद समाधानका लागि मेयर बालेन्द्र शाहको कुशल नेतृत्वको प्रशंसा गर्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

सोही क्रममा सदस्य थापाले महानगरका कर्मचारीहरू उच्च मनोबलका साथ काम गर्न नसकेको अवस्थामा रहेको पनि बताए।

‘कर्मचारीहरू दबाबमा छन्। उनीहरूको योग्यता र क्षमताअनुसार काम गर्ने वातावरण बनाइदिनुपर्छ,’ उनले भने, ‘बारम्बार हुने सरुवाले उनीहरूमा अन्योल सिर्जना गरेको छ।’

उनले सडकमा अस्तव्यस्त रहेका तारहरूले सहरलाई कुरूप बनाउनुका साथै आगलागीजस्ता विपद्को जोखिम बढाएको भन्दै मेयर शाहको ध्यानाकर्षण गराए।

बजेटमा छुट्याइएको रकमलाई तार व्यवस्थापनमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले आग्रह गरे।

यसैगरि, सभाले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरेको छ।

महानगरको आगामी आवको बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रहेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस