मोदी ३.०
२७ जेष्ठ २०८१
•
४ मिनेट पाठ
मोदी ३.०
‘राजनीतिक, धार्मिक र आर्थिक, तिनै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको भाजपा सरकारले गराउन लागेको निर्वाचन कति स्वतन्त्र र निष्पक्ष हुनेछ यसको पर्यवेक्षक भारतीयले मात्र होइन, सारा विश्वले नै एकसाथ गर्नेछ। किनकि लोकतान्त्रिक भारत भारत मात्र होइन, विश्वकै लोकतन्त्रका लागि आवश्यक छ। अझ नेपालजस्तो सीमासँगै परापूर्वकालदेखि विशेष सम्बन्ध जोडिएको छिमेकीका लागि त यसको महत्त्व झनै छ, किनभने लोकतान्त्रिक, सभ्य, समृद्ध, सहिष्णु र सहयोगी भारतले मात्र भोलिको नेपालका लागि सही दिशानिर्देश गर्न सक्छ। आपसी शान्ति र सौहार्दता कायम गराउन सक्छ। फेरि पनि अन्तिम सत्य जनता नै हुन्। भारतलाई आजको संकटबाट कसैले पार लगाउन सक्छ भने ती सचेत भारतीय जनता नै हुन्। महात्मा गान्धी जन्माएको भारतले जस्तोसुकै परिस्थितिमा पनि लोकतन्त्रलाई बचाउनेछन् भन्ने भरोसा गर्नु अतिशय आशावादी हुनु होइन। लोकतान्त्रिक भयमुक्त भारतको शुभकामना!’




भारतमा लोकसभाको पहिलो चरणको निर्वाचन शुरु हुन १२ दिनअघि अर्थात् २५ चैतमा हामीले ‘भयमुक्त भारतको कामना!’ शीर्षकमा यस्तो सम्पादकीय लेखेका थियौं। अहिले भारतमा चुनाव सकिएको मात्र छैन, निर्वाचन परिणामसमेत आइसकेको छ। यतिमात्र होइन नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। आज आइतबार संघीय राजधानी नयाँदिल्लीमा उनको सपथ ग्रहण हुँदैछ, जसमा हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुँदैछन्।

त्यसो भए फरक के त ? आखिर प्रधानमन्त्री त फेरि मोदी नै बन्दैछन्, उनकै पार्टी भारतीय जनता पार्टी (भाजपा) कै नेतृत्वमा सरकार बन्दैछ। के बदलियो जसले हामीलाई सम्पादकीयको अंश पुनः उद्धृत गर्न सान्र्दभिक बनायो ? के अब भारत भयमुक्त बन्छ त ? लोकतान्त्रिक नै रहिरहन्छ त ? उत्तर सहज छैन । तर, प्रधानमन्त्रीमा मेदी नै तेहेरिए पनि यो निर्वाचनले भारतको लोकतान्त्रिक जीवनमा कतै ठोस त कतै संकेतमै सही, केही यस्ता बदलाव ल्याइदिएको छ, जसले भारतीयसँगै हामी छिमेकी नेपालीका साथै विश्व लोकतन्त्रलाई नै आशावादी तुल्याएको छ। त्यसो नहुँदो हो त प्रसिद्ध म्यागेजिन दि इकोनोमिस्ट्ले आफ्नो नयाँ अंकको आवरणमा एक आँखा छोपिएको मोदीको तस्बिर राखेर ‘भारतीय लोकतन्त्रका लागि एक विजयउल्लास’ भन्ने शीर्षक राख्ने थिएन।

भारतलाई ‘संसारकै ठूलो लोकतान्त्रिक मुलुक’ देखिराख्न चाहनेहरूको विश्लेषण नियाल्ने हो भने प्रधानमन्त्री मोदीले यो निर्वाचनमा सन् २०१९ को निर्वाचनमा जस्तै भाजपा एक्लैले बहुमत ल्याउने र नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) ले चार सय सिटमा विजय हासिल गर्ने दाबी गरेका थिए। सातचरणको निर्वाचनले दोस्रो चरण पार गर्दा मोदी थोरै व्यवहारवादी लागे र ३७० सिट जसरी पनि ल्याउने बताउन थाले। अंकको खेल कस्तो थियो भने, संविधानको ३७० धारामा रहेको कश्मीरको विशेषाअधिकार, जसले मोदी सरकारले अघिल्लो सरकार बनेलगत्तै निलम्बन गरेको थियो। तर, परिणाम मोदी र भाजपाले सोचे, भनेजस्तो भएन। भाजपाले अघिल्लो निर्वाचनमा ल्याएको ३०३ सिट त ल्याएन नै, बहुमत (२७२) सिट पनि जित्न सकेन। ऊ २४० सिटमै खुम्चियो। मोदीलाई सरकार बनाउनका लागि गठबन्धनको सहारा लिनुप¥यो । जनता दल (युनाइटेड) का अध्यक्ष नीतिश कुमार र तेलुगू देशम पार्टीका एन.चन्द्रबाबु नायडुजस्ता सहयात्री जसले यसअघि भाजपालाई धोका दिइसकेका छन्।

भाजपा र एनडीए गठबन्धनका नेता, कार्यकर्ताहरूले भने चुनावी परिणामको व्याख्या आफूअनुकुल गरिरहेका छन्। पहिलो त, तेस्रो कार्यकाल पनि मोदी प्रधानमन्त्री हुनुलाई उनीहरू नेहरू शासनसँग तुलना गरिरहेका छन्। सिट घटेपनि जनमतमा भने भाजपालाई खासै असर नपरेको उनीहरूको भनाइ छ।

सन् २००४ मा युनाइटेड पिपुल्स अलायन्स (युपीए) गठबन्धन सरकारको नेतृत्व गरेको कांग्रेस सत्तामा हुँदा आलोचना नभएको तर अहिले मोदी सरकारलाई कमजोर ठान्ने विपक्षी भाष्यलाई उनीहरूले चुनौति दिइरहेका छन्।

लोकतन्त्रवादीहरूलाई आशा पलाएको चाहिँ अब भारत एउटै दल र विचारको लिगबाट थोरै भए पनि हटेकोमा हो। चरम बहुमतका साथ चुनाव जितेर संविधान बदल्ने भाजपाको रणनीतिमा तत्कालका लागि सफल नहुने भएको छ। भारतलाई हिन्दुराष्ट्र बनाउने राष्ट्रिय स्वयंसेवक संघको अभिष्ट पनि अहिलेका लागि असम्भव देखिएको छ। बहुमतीय राष्ट्रवाद, हिन्दुत्व राजनीतिलाई नै पछिल्लो १० वर्षमा अभ्यास गरिरहेको, गान्धी होइन गोड्से पुजिरहेको मोदी सरकारको अधिनायकवादमा अब केही लगाम लाग्ने विश्वासमा लोकतन्त्रवादीहरूले उल्लास मनाएका हुन्। विपक्षीमात्र होइन, सम्पूर्ण राज्यसंयन्त्र, मूलधारका सञ्चारमाध्यमलाई आश या त्रास देखाएर पत्तासाफ गर्ने मोदी–नीतिमा आइन्दा कमी होला भन्ने लागेर पीडितहरू हौंसिएका हुन्।

इतिहासले सबैलाई यस्तो अवसर दिदैंन, जुन मोदीले पाएका छन्। तेस्रोपटक प्रधानमन्त्री बनाएर आफ्नो छवि सुधार्ने दुर्लभ मौका उनलाई भारतका जनताले दिएका छ । यो अवसरलाई उनले हिन्दुत्व, घृणा, अलगाववाद र विपक्षीलाई सिध्याएरै छाड्ने अहंकारका साथै आफू जैविक नभएको भन्ने भ्रम त्याग्न प्रयोग गर्नुपर्छ। पुरानै मोदी अबको भारतमा सान्र्दभिक हुनसक्तैनन्, निर्वाचनको कार्यादेशबाट उनले यही पाठ सिक्नुपर्छ। 
अर्को समाचार
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु
२३ वैशाख २०८२
•
२ मिनेट पाठ
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु
ऊर्जा नदीका रुपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ ।




कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो । प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा रु एक करोड बराबरको जग्गा अधिग्रहण भइसकेको अयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए।

आयोजना प्रमुख अग्रवालका अनुसार यो प्रसारण लाइन करिब साढे आठ किलोमिटर लम्बाइको हुनेछ । तल्लो मोदीदेखि नयाँ मोदी सबस्टेसनसम्मको प्रसारण लाइन करिब सात/आठ महिनाअगाडि  निर्माण भइसक्नुपर्ने थियो, जग्गा अधिग्रहणकै कारण ढिला भएको उनले बताए। सम्झौता मिति अझै बाँकी भए पनि यो काम पूरा गर्न डेढ वर्ष लाग्न सक्ने अग्रवालको भनाइ छ ।

कुश्मादेखि नयाँ मोदीसम्म प्रसारण लाइनले जोडेपछि विद्युत् व्यवस्थापनका लागि ‘रिङ लाइन’ निर्माण हुने भएको छ । “अहिले कुश्माबाट बुटवल हुँदै भरतपुर, दमौली, लेखनाथ, लाहाचोक हुँदै न्यू मोदीमा आएको छ । अब यो न्यू मोदी र कुश्मा जोडियो भने प्रसारण लाइनको सर्कल बन्छ”, आयोजना प्रमुख अग्रवालले भने, “यो सर्कल बनेपछि कुनै एक ठाउँमा सिस्टम फेल भए पनि विद्युत्को आपूर्ति दुरुस्तै रहन्छ ।”

यो प्रसारण लाइन एक सय ३२ केभी डबल सर्किट रहेको अग्रवालले जानकारी दिए। आयोजनाको काम सम्पन्न गर्न रु ३५ करोडमा ठेक्का सम्झौता भएको भए पनि जग्गा व्यवस्थापनसहितका अन्य कामहरू गर्दा करिब रु ५० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको टावर फाउन्डेसन निर्माणका लागि विभिन्न २६ वटा कित्ता जग्गाहरू अधिग्रहण गरी रु एक करोड पाँच लाख मुआब्जा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।  अधिग्रहण गरिएका जग्गाको मुआब्जा निर्धारण भएकाले रकम बुझ्न आउन जिल्ला प्रशासन कार्यालयले जग्गाधनीहरूलाई सूचना जारी गरेको छ ।

प्रसारण लाइनका टावर निर्माणका लागि पहिलो चरणमा मोदी गाउँपालिका–५ बाजुङ तथा कुश्मा नगरपालिका–३ दुर्लुङ, कुश्मा नगरपालिका–७ खरेहा तथा वडा नं ८ चुवामा अधिग्रहण गरिने जग्गाको मुआब्जा दिन लागिएको हो । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ बमोजिम मुआब्जा प्राप्त गर्नेहरुलाई  मुआब्जा बुझ्नका आह्वान गरिएको प्रजिअ घिमिरेले बताए।

पर्वतको मोदीखोलाबाट हाल चारवटा विद्युत् आयोजनामार्फत करिब ७४ मेगावाट विद्युत् उत्पादन भइरहेको छभने केही आयोजनाहरु निर्माण हुने चरणमा छन् ।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस