संवैधानिक निकायका औचित्य
२९ पौष २०८०
•
३ मिनेट पाठ
संवैधानिक निकायका औचित्य
लोकतन्त्र व्यवहार हो। सिद्धान्तको लोकतन्त्र ‘कागजी बाघ’ मात्र हुन्छ। यही चुरो बुझेका मुलुकले आफ्नो देशलाई लोकतान्त्रिक बनाउन विभिन्न प्रयास गरेका हुन्छन्। जसमध्ये एउटा संवैधानिक निकायहरू गठन र परिचालन पनि हो। बुझेर होस् या देखासिकीमै किन नहोस्, नेपालले पनि यस्तो अभ्यास गर्दै आएको छ।




नेपालको संविधानले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगलाई संवैधानिक निकाय भनेको छ।

यस्ता संवैधानिक निकायलाई प्रजातान्त्रिक प्रणालीको सुरक्षा कवच मानिन्छ। त्यति मात्र हैन, यस्ता निकाय सुशासनका पहरेदारका रूपमा खडा हुने विश्वास गरिन्छ अनि मानव अधिकारको संरक्षणमा भूमिका खेल्ने अपेक्षासमेत हुन्छ। सुरक्षा, सुशासन र मानव अधिकार प्रवद्र्धनले मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, निजामती कर्मचारीको छनोटमा धाँधली नहुने र निर्वाचन निष्पक्ष हुने जस्ता कार्यमा यी निकायले विशेष भूमिका निर्वाह गर्ने सोचिन्छ ।तर नेपालका संवैधानिक निकायहरू यो विश्व अभ्यास र नेपालको संविधानको परिकल्पनाअनुसार अघि बढेका आभाष हुँदैन। यी निकायका पदाधिकारी निजामती कर्मचारी जस्तो सुविधाभोगी हुने, शासक बन्न रुचाउने र विवादमा बढी आउने गरेका देखिएका छन्। जसले न संविधानको मर्मअरूप काम गर्न सकेको छ न त सर्वसाधारणको अपेक्षा नै परिपूर्ति गर्न सकेको छ ।

उदाहरणका रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लिन सकिन्छ। यो आयोगले हचुवाका भरमा मुद्दा अभियोजन गर्दा परिणाम ३३ प्रतिशतमा खुम्चिएको देखिएको छ। जबकि यस्तो निकायले हात हालिसकेपछि त्यो अपवादबाहेक सबैमा सफलतामा गएर टुंगिनु पथ्र्यो। बिनापर्याप्त तयारी, प्रतिशोध र कर्मचारी/पदाधिकारीको अक्षमताका कारण कतिपय अवस्थामा आयोग नै निहुरिनुपर्ने अवस्था देखापरेको छ। विद्यालय परीक्षामा पास हुनसमेत ४० कटाउनुपर्ने व्यवस्था भएको सन्दर्भमा ३३ वरिपरिको सीमितता संवैधानिक निकायको अवधारणामाथिकै कलंक हो।

यो आयोग मात्र हैन, अन्य आयोगका प्रगति पनि सन्तोषलायक छैन। राष्ट्रिय महिला आयोग पदाधिकारीबीचको आरोप/प्रत्यारोपको रोइलोमै सीमित छ। राष्ट्रिय दलित आयोग सीमित गोष्ठीमा रमाइरहेको छ भने अन्य आयोग केही सीमित व्यक्तिको जागिर खाने तथा अवकाश जीवन बिताउने थलो बनेको छ। सोझो अर्थमा भन्दा संवैधानिक परिकल्पनाअनुसारको कार्यसम्पादन कुनै पनि यस्ता निकायको देखिएको छैन। जुन राष्ट्रको ढुकुटी सत्यानाश पार्नेबाहेक केही हैन।

नेपालको संविधानले १३ वटा संस्थालाई संवैधानिक निकाय भनेको छ। यस्ता निकायमध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखापरीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग स्थायी प्रकृतिका आयोग हुन्। तर यिनै स्थायी आयोगकै कार्यसम्पादन त यस्तो छ भने अरूको झन् कस्तो होला? अनुमानै काफी छ।

संविधानले संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्ति सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद् गठनको व्यवस्था गरेको छ जसले यस्ता निकायमा विज्ञ छान्नुपर्नेमा आफ्नो दलप्रति आस्थावान व्यक्ति छान्ने गरेको छ। यसरी छानिएको व्यक्ति आफूलाई छान्ने दल/नेताप्रति उत्तरदायी हुने भएकाले राष्ट्रप्रति बेवास्ता गर्नु स्वाभाविक हो। जबकि संवैधानिक निकायका प्रमुख र पदाधिकारी संघीय संसद्प्रति उत्तरदायी र जवाफदेही रहनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैले संवैधानिक निकायलाई सशक्त र सक्रिय बनाउने हो भने सबैभन्दा पहिले यस्ता निकायमा हुने दलीय नियुक्ति वा भागबन्डा निषेध गर्नैपर्छ।

लोकतन्त्र अमूर्त विषय हो। यसलाई परिणाममुखी बनाउने शीर्षासनमा बसेकाको व्यवहार र कार्यशैलीले हो। त्यसैले लोकतन्त्रलाई चलायमान बनाइ आमनागरिकको जीवनस्तरलाई सुखी र समृद्ध बनाउने धरोहरका रूपमा लिइएका संवैधानिक निकायलाई अहिलेकै अवस्थामा राखिरहने हो भने यिनको औचित्यमाथि प्रश्न उठिरहने पक्का छ। 
अर्को समाचार
संवैधानिक निकायका औचित्य
२९ पौष २०८०
•
३ मिनेट पाठ
संवैधानिक निकायका औचित्य
लोकतन्त्र व्यवहार हो। सिद्धान्तको लोकतन्त्र ‘कागजी बाघ’ मात्र हुन्छ। यही चुरो बुझेका मुलुकले आफ्नो देशलाई लोकतान्त्रिक बनाउन विभिन्न प्रयास गरेका हुन्छन्। जसमध्ये एउटा संवैधानिक निकायहरू गठन र परिचालन पनि हो। बुझेर होस् या देखासिकीमै किन नहोस्, नेपालले पनि यस्तो अभ्यास गर्दै  




आएको छ ।

नेपालको संविधानले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगलाई संवैधानिक निकाय  

भनेको छ।  

यस्ता संवैधानिक निकायलाई प्रजातान्त्रिक प्रणालीको सुरक्षा कवच मानिन्छ। त्यति मात्र हैन, यस्ता निकाय सुशासनका पहरेदारका रूपमा खडा हुने विश्वास गरिन्छ अनि मानव अधिकारको संरक्षणमा भूमिका खेल्ने अपेक्षासमेत हुन्छ। सुरक्षा, सुशासन र मानव अधिकार प्रवद्र्धनले मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, निजामती कर्मचारीको छनोटमा धाँधली नहुने र निर्वाचन निष्पक्ष हुने जस्ता कार्यमा यी निकायले विशेष भूमिका निर्वाह गर्ने सोचिन्छ ।तर नेपालका संवैधानिक निकायहरू यो विश्व अभ्यास र नेपालको संविधानको परिकल्पनाअनुसार अघि बढेका आभाष हुँदैन। यी निकायका पदाधिकारी निजामती कर्मचारी जस्तो सुविधाभोगी हुने, शासक बन्न रुचाउने र विवादमा बढी आउने गरेका देखिएका छन्। जसले न संविधानको मर्मअरूप काम गर्न सकेको छ न त सर्वसाधारणको अपेक्षा नै परिपूर्ति गर्न सकेको छ ।

उदाहरणका रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लिन सकिन्छ। यो आयोगले हचुवाका भरमा मुद्दा अभियोजन गर्दा परिणाम ३३ प्रतिशतमा खुम्चिएको देखिएको छ। जबकि यस्तो निकायले हात हालिसकेपछि त्यो अपवादबाहेक सबैमा सफलतामा गएर टुंगिनु पथ्र्यो। बिनापर्याप्त तयारी, प्रतिशोध र कर्मचारी÷पदाधिकारीको अक्षमताका कारण कतिपय अवस्थामा आयोग नै निहुरिनुपर्ने अवस्था देखापरेको छ। विद्यालय परीक्षामा पास हुनसमेत ४० कटाउनुपर्ने व्यवस्था भएको सन्दर्भमा ३३ वरिपरिको सीमितता संवैधानिक निकायको अवधारणामाथिकै कलंक हो ।

यो आयोग मात्र हैन, अन्य आयोगका प्रगति पनि सन्तोषलायक छैन। राष्ट्रिय महिला आयोग पदाधिकारीबीचको आरोप÷प्रत्यारोपको रोइलोमै सीमित छ। राष्ट्रिय दलित आयोग सीमित गोष्ठीमा रमाइरहेको छ भने अन्य आयोग केही सीमित व्यक्तिको जागिर खाने तथा अवकाश जीवन बिताउने थलो बनेको छ। सोझो अर्थमा भन्दा संवैधानिक परिकल्पनाअनुसारको कार्यसम्पादन कुनै पनि यस्ता निकायको देखिएको छैन। जुन राष्ट्रको ढुकुटी सत्यानाश पार्नेबाहेक केही हैन ।

नेपालको संविधानले १३ वटा संस्थालाई संवैधानिक निकाय भनेको छ। यस्ता निकायमध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखापरीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग स्थायी प्रकृतिका आयोग हुन्। तर यिनै स्थायी आयोगकै कार्यसम्पादन त यस्तो छ भने अरूको झन् कस्तो होला ? अनुमानै काफी छ ।

संविधानले संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्ति सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद् गठनको व्यवस्था गरेको छ जसले यस्ता निकायमा विज्ञ छान्नुपर्नेमा आफ्नो दलप्रति आस्थावान व्यक्ति छान्ने गरेको छ। यसरी छानिएको व्यक्ति आफूलाई छान्ने दल÷नेताप्रति उत्तरदायी हुने भएकाले राष्ट्रप्रति बेवास्ता गर्नु स्वाभाविक हो। जबकि संवैधानिक निकायका प्रमुख र पदाधिकारी संघीय संसद्प्रति उत्तरदायी र जवाफदेही रहनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैले संवैधानिक निकायलाई सशक्त र सक्रिय बनाउने हो भने सबै भन्दा पहिले यस्ता निकायमा हुने दलीय नियुक्ति वा भागबन्डा  

निषेध गर्नैपर्छ ।

लोकतन्त्र अमूर्त विषय हो। यसलाई परिणाममुखी बनाउने शीर्षासनमा बसेकाको व्यवहार र कार्यशैलीले हो। त्यसैले लोकतन्त्रलाई चलायमान बनाइ आमनागरिकको जीवनस्तरलाई सुखी र समृद्ध बनाउने धरोहरका रूपमा लिइएका संवैधानिक निकायलाई अहिलेकै अवस्थामा राखिरहने हो भने यिनको औचित्यमाथि प्रश्न उठिरहने पक्का छ।  
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस