फलदायी बनाऔं गुटेरेसको भ्रमण
१२ कार्तिक २०८०
•
३ मिनेट पाठ
फलदायी बनाऔं गुटेरेसको भ्रमण
एक देशको राष्ट्र प्रमुख वा सरकार प्रमुखको अर्को देशमा हुने भ्रमण नियमित प्रक्रिया हो। त्यसैले सबै भ्रमण उत्तिकै महत्वको नहुन सक्छन्। तर कुनै कुनै भ्रमण यस्ता हुन्छन् जसले सम्पूर्ण विश्वको ध्यान खिचिरहेको हुन्छ। त्यस्तो भ्रमणले भ्रमण गरिएको मुलुक मात्र नभई अन्यत्रसमेत दीर्घकालीन प्रभाव पार्ने हुन सक्छ। यतिखेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई यसरी नै हेर्न सकिन्छ।




विश्वकै सबै भन्दा उच्च स्थानका कूटनीतिज्ञ अर्थात कुनै पनि मुलुकको राष्ट्र प्रमुखभन्दा कम हैसियत नभएका संयुक्त राष्ट्रसंघका महासचिव आइतबार चारदिने भ्रमणका क्रममा नेपाल आउन लाग्नु सम्पूर्ण नेपालीका लागि खुसीको खबर हो। यस्ता शीर्ष व्यक्तित्वले सबै सदस्य देशको भ्रमण गर्न भ्याउँदैनन् तर नेपाल भने यस अर्थमा भाग्यमानी छ कि गुटेरेसअघि नै संयुक्त राष्ट्रसंघका ६ जना महासचिवले यहाँको भ्रमण गरिसकेका छन्। र, अहिले पनि यो उच्चस्तरीय भ्रमण हुँदै गरेबाट सन् १९५५ मा सदस्य बनेको नेपाल संयुक्त राष्ट्रसंघको प्राथमिकतामा परेको पुष्टि हुन्छ।

महासचिवको यो भ्रमण निकै कोणबाट अर्थपूर्ण मान्न सकिन्छ। पहिलो कुरा त अहिलेको विश्वव्यापी जल्दोबल्दो समस्याका रूपमा झांगिदै गएको जलवायु परिवर्तनबाट नेपाल जस्तो हिमाली मुलुकमा परेको प्रभाव उनले आफ्नै आँखाले नियाल्नेछन्। आफूले गल्ती नगर्दा नगर्दै पनि विकसित भनिने मुलुकहरूका कारण यसको मार खेप्न बाध्य नेपालले ‘जलवायु न्याय’ महसुस गर्न पाइरहेको छैन। यस्तो अवस्थामा गुटेरेसको भ्रमण कोसे ढुंगा सावित हुन सक्छ किन पनि भने यो विषय संयुक्त राष्ट्रसंघको उच्च प्राथमिकतामा छ।

नेपाल बुद्ध जन्मेको पवित्र भूमि हो। गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी जाने खबर मात्र पनि विश्वका सम्पूर्ण मिडियाको ध्यान तान्न काफी छ। त्यसैगरी यहाँको प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको समेत भ्रमण गर्ने कार्यतालिकाले हाम्रो पर्यटन व्यवसायमा पनि ‘हरियो बत्ती’ को काम अवश्य गर्नेछ। त्यसैले संयुक्त राष्ट्रसंघका महासचिवको यो भ्रमण नेपालका लागि निकै लाभदायक हुनेमा शंका छैन।

नेपालको संसद्लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ गुटेरेसको। यस क्रममा उनले जलवायु परिवर्तनका अलावा संक्रमणकालीन न्याय, दिगो विकास लक्ष्य, शान्ति सेनामार्फत नेपालले विश्व समुदायमा पुर्‍याइरहेको योगदान आदिबारे उल्लेख गर्ने अपेक्षा छ। माओवादी हिंसात्मक गतिविधिपछि संयुक्त राष्ट्रसंघले नै सन् २००७ देखि ११ सम्म नेपालमा अनमिन नामक कार्यालय स्थापना गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भूमिका निर्वाह गरेको थियो। जुन त्यसयताका १२ वर्षसम्म पनि टुंगिन सकेको छैन। यस अर्थमा उनको सम्बोधनले यसबारेमा पनि केही ठोस दिशा निर्देश गर्ने अपेक्षा गर्न सकिन्छ।

विश्वका हिंसाग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ आफ्ना सुरक्षाकर्मी धेरै पठाउने मुलुकमा पर्छ नेपाल। जसबाट एकातिर विश्व शान्ति स्थापनामा नेपालको प्रशंसा हुँदै आएको छ भने अर्कोतर्फ आम्दानीका हिसाबले पनि यो आकर्षक छ। त्यसैले यसबारेमा उनले उल्लेख गर्ने विषयले पनि शान्तिका लागि योगदान गर्ने नेपालको भूमिका थप प्रभावकारी हुन सक्छ।

यसरी हेर्दा समग्रमा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण चौतर्फी हिसाबले आकर्षक छ। त्यसैले हामीले हिमाली अधिराज्यले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या राम्रोसँग राख्न सक्नुपर्छ। शान्ति सेनामार्फत पुर्‍याउँदै आएको योगदानप्रति थप अभिरुचि प्रकट गर्न सक्दा राम्रो हुन्छ। त्यसैगरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा पनि सरसल्लाह लिन सकिन्छ। त्यति मात्र हैन, सन् २०३० सम्ममा पूरा गर्नैपर्ने दायित्वका दिगो विकाससँग सम्बन्धित लक्ष्यहरूका लागि पनि सहयोगको अपेक्षा व्यक्त गर्न सकिन्छ। यदि हाम्रा समस्या र भूमिका अनि सहयोगको सदुपयोग र प्रभावकारिता गम्भीर रूपमा राख्न सक्यौँ भने संयुक्त राष्ट्रसंघीय मुखियाको नेपाल भ्रमण फलदायी मान्न सकिन्छ। यो अवसर कुनै हालतमा नचुकाउनु बुद्धिमानी हुनेछ।  
अर्को समाचार
फलदायी बनाऔं गुटेरेसको भ्रमण
१२ कार्तिक २०८०
•
३ मिनेट पाठ
फलदायी बनाऔं गुटेरेसको भ्रमण
एक देशको राष्ट्र प्रमुख वा सरकार प्रमुखको अर्को देशमा हुने भ्रमण नियमित प्रक्रिया हो। त्यसैले सबै भ्रमण उत्तिकै महŒवको नहुन सक्छन्। तर कुनै कुनै भ्रमण यस्ता हुन्छन् जसले सम्पूर्ण विश्वको ध्यान खिचिरहेको हुन्छ। त्यस्तो भ्रमणले भ्रमण गरिएको मुलुक मात्र नभई अन्यत्रसमेत दीर्घकालीन प्रभाव पार्ने हुन सक्छ। यतिखेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई यसरी नै हेर्न सकिन्छ।




विश्वकै सबै भन्दा उच्च स्थानका कूटनीतिज्ञ अर्थात कुनै पनि मुलुकको राष्ट्र प्रमुख भन्दा कम हैसियत नभएका संयुक्त राष्ट्रसंघका महासचिव आइतबार चारदिने भ्रमणका क्रममा नेपाल आउन लाग्नु सम्पूर्ण नेपालीका लागि खुसीको खबर हो। यस्ता शीर्ष व्यक्तित्वले सबै सदस्य देशको भ्रमण गर्न भ्याउँदैनन् तर नेपाल भने यस अर्थमा भाग्यमानी छ कि गुटेरेसअघि नै संयुक्त राष्ट्रसंघका ६ जना महासचिवले यहाँको भ्रमण गरिसकेका छन्। र, अहिले पनि यो उच्चस्तरीय भ्रमण हुँदै गरेबाट सन् १९५५ मा सदस्य बनेको नेपाल संयुक्त राष्ट्रसंघको प्राथमिकतामा परेको पुष्टि हुन्छ।

महासचिवको यो भ्रमण निकै कोणबाट अर्थपूर्ण मान्न सकिन्छ। पहिलो कुरा त अहिलेको विश्वव्यापी जल्दोबल्दो समस्याका रूपमा झांगिदै गएको जलवायु परिवर्तनबाट नेपाल जस्तो हिमाली मुलुकमा परेको प्रभाव उनले आफ्नै आँखाले नियाल्नेछन्। आफूले गल्ती नगर्दा नगर्दै पनि विकसित भनिने मुलुकहरूका कारण यसको मार खेप्न बाध्य नेपालले ‘जलवायु न्याय’ महसुस गर्न पाइरहेको छैन। यस्तो अवस्थामा गुटेरेसको भ्रमण कोसे ढुंगा सावित हुन सक्छ किन पनि भने यो विषय संयुक्त राष्ट्रसंघको उच्च प्राथमिकतामा छ।

नेपाल बुद्ध जन्मेको पवित्र भूमि हो। गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी जाने खबर मात्र पनि विश्वका सम्पूर्ण मिडियाको ध्यान तान्न काफी छ। त्यसैगरी यहाँको प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको समेत भ्रमण गर्ने कार्यतालिकाले हाम्रो पर्यटन व्यवसायमा पनि ‘हरियो बत्ती’ को काम अवश्य गर्नेछ। त्यसैले संयुक्त राष्ट्रसंघका महासचिवको यो भ्रमण नेपालका लागि निकै लाभदायक हुनेमा शंका छैन।

नेपालको संसद्लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ गुटेरेसको। यस क्रममा उनले जलवायु परिवर्तनका अलावा संक्रमणकालीन न्याय, दिगो विकास लक्ष्य, शान्ति सेनामार्फत नेपालले विश्व समुदायमा पु¥याइरहेको योगदान आदिबारे उल्लेख गर्ने अपेक्षा छ। माओवादी हिंसात्मक गतिविधिपछि संयुक्त राष्ट्रसंघले नै सन् २००७ देखि ११ सम्म नेपालमा अनमिन नामक कार्यालय स्थापना गरी शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन भूमिका निर्वाह गरेको थियो। जुन त्यसयताका १२ वर्षसम्म पनि टुंगिन सकेको छैन। यस अर्थमा उनको सम्बोधनले यसबारेमा पनि केही ठोस दिशा निर्देश गर्ने अपेक्षा गर्न सकिन्छ।

विश्वका हिंसाग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ आफ्ना सुरक्षाकर्मी धेरै पठाउने मुलुकमा पर्छ नेपाल। जसबाट एकातिर विश्व शान्ति स्थापनामा नेपालको प्रशंसा हुँदै आएको छ भने अर्कोतर्फ आम्दानीका हिसाबले पनि यो आकर्षक छ। त्यसैले यसबारेमा उनले उल्लेख गर्ने विषयले पनि शान्तिका लागि योगदान गर्ने नेपालको भूमिका थप प्रभावकारी हुन सक्छ।

यसरी हेर्दा समग्रमा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण चौतर्फी हिसाबले आकर्षक छ। त्यसैले हामीले हिमाली अधिराज्यले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या राम्रोसँग राख्न सक्नुपर्छ। शान्ति सेनामार्फत पु¥याउँदै आएको योगदानप्रति थप अभिरुचि प्रकट गर्न सक्दा राम्रो हुन्छ। त्यसैगरी संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने विषयमा पनि सरसल्लाह लिन सकिन्छ। त्यति मात्र हैन, सन् २०३० सम्ममा पूरा गर्नैपर्ने दायित्वका दिगो विकाससँग सम्बन्धित लक्ष्यहरूका लागि पनि सहयोगको अपेक्षा व्यक्त गर्न सकिन्छ। यदि हाम्रा समस्या र भूमिका अनि सहयोगको सदुपयोग र प्रभावकारिता गम्भीररूपमा राख्न सक्यौँ भने संयुक्त राष्ट्रसंघीय मुखियाको नेपाल भ्रमण फलदायी मान्न सकिन्छ। यो अवसर कुनै हालतमा नचुकाउनु बुद्धिमानी हुनेछ।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस