सेवा प्रवाहमा सरकार
१३ पौष २०७९
•
५ मिनेट पाठ
सेवा प्रवाहमा सरकार
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनलाई प्राथमिकतामा राखेको छ। सरकार गठनपछिको पहिलो मन्त्रिपरिषद् बैठकले सुशासनलाई प्राथमितामा राख्नु उचित हो। आमनागरिकको आज सरकारप्रतिको गुनासो यसले प्रवाह गर्ने सेवाको गुणस्तरलाई लिएर नै हो। प्रायः भनसुन गर्न नसक्ने सर्वसाधारणले सरकारी सेवा लिँदा कठिन स्थिति सामना गर्नुपर्छ। सरकारी सेवा प्रवाहका निम्ति ‘सोर्सफोर्स’ लगाउन नसक्नेको काम बन्दैन। तिनले कैयन् दिनसम्म आफ्नो कामका निम्ति दुःख पाउने अवस्था रहन्छ।




सर्वसाधारणले नागरिकता, सवारी चालक अनुमति, इम्बोस्ड नम्बर, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गा किनेबेच, कर भुक्तानी जस्ता अनेकन सरकारी सेवामा दैनिक लाम लाग्नुपर्ने अवस्था छ। प्रविधिले अहिले अनलाइनबाटै सेवा प्रवाह गर्न सक्ने स्थितिमा हामीलाई पुर्‍याएको छ। खासमा अहिले कैयन् मुलुकका सरकारले आफ्नो कामलाई निजी क्षेत्रका कम्पनीले जस्तै छिटोछरितो बनाएका छन्। त्यति मात्र होइन, सरकारले सेवा प्रवाह सर्वसाधारणको ढोकासम्म पुर्‍याएका छन्। कुनै सर्वसाधारणले सवारी चालक अनुमतिपत्रका निम्ति आवेदन गरेको छ भने त्यो सरकारी औपचारिकता पूरा गरेपछि सर्वसाधारणका घरैमा पुर्‍याइन्छ। सरकारसँग यसका निम्ति पूर्वाधार हुन्छ। त्यसको सदुपयोग मात्र गर्ने हो भने सेवा प्रवाह सहज हुन्छ।  

सरकारी सेवा प्रवाहमा ध्यान नदिइ आदेश मात्र जारी गर्ने चलन छ। सेवा प्रवाहलाई कतिसम्म बर्बाद पारिएको छ भन्ने हेर्न सवारी चालक अनुमतिपत्रलाई हेरे पुग्छ। कैयन्ले आवेदन गरेको ६ महिना भन्दा बढी हुँदा पनि अनुमतिपत्र पाएका छैनन्। नयाँ मात्र होइन, नवीकरण गर्नेको अवस्था पनि त्यस्तै छ। सेवा प्रवाहमा कुनै भन्दा कुनै संस्था कम जिम्मेवार छैनन्। यातायात व्यवस्था कार्यालय यस्ता ठाउँमा राखिएका छन्, जहाँ पार्किङको व्यवस्था छैन। ललितपुर एकान्तकुनाको यातायात कार्यालयमा सवारी जाँचपासका लागि जाने सर्वसाधारणको अवस्था निरिह हुन्छ। चावहिलको यातायात कार्यालय यस्तो दुलोभित्र लगेर राखिएको छ, जहाँ मोटरसाइकलसमेत जाम हुन्छ, चारपाङ्ग्रे सवारी लिएर जाने अवस्था हुँदैन।  

सुशासनका निम्ति एउटा कार्यालय मात्र होइन, समग्रमै अवस्था यही छ। केही कार्यालयले सुशासनमा ध्यान दिएका पनि छन्। केही सरकारी अस्पतालमा सेवामा सुधार भएको देखिन्छ। सरकारी अस्पतालको सेवा सहज हुने हो भने त्यहाँ धेरै मानिसले सेवा लिन पाउँछन्। यसो भयो भने खल्तीमा दाम नहुँदा नहुँदै पनि महँगा अस्पताल धाउनुपर्ने अवस्था रहँदैन। सुशासनको पहिलो खुड्किलाको रूपमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने हो भने सर्वसाधारणको अवस्था बदलिन्छ। सार्वजनिक शिक्षा क्षेत्रको सुधारमा मात्रै ध्यान दिने हो भने पनि सर्वसाधारणको तनाव धेरै कम हुन्छ। छोराछोरीको पढाइमा सकीनसकी खर्च गर्ने सर्वसाधारणले तरकारी खाने खर्च पनि जोगाउन सक्दैनन्। हाम्रा निःशुल्क भनिएका सार्वजनिक विद्यालयको शिक्षामा सुधार गर्ने हो भने देशको भविष्य मात्र उज्ज्वल हुँदैन, वर्तमान पनि तनावरहित हुन्छ।  

सरकारले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण गर्ने निर्णय भएको छ। प्रधानमन्त्री कार्यालयलाई पनि सुदृढ बनाए हुन्छ। तर, अहिलेको आवश्यकता सबै जिम्मेवार निकाय र कार्यालय सुदृढ हुने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने हो। अहिल्यै प्रधानमन्त्रीले करिब पाँच दर्जन विश्वविद्यालय, समिति, कार्यालय, कार्यक्रम आदिमा अध्यक्षता गर्नुपर्ने अवस्था छ। प्रधानमन्त्री मात्र सुदृढ भएर पुग्दैन। संघीयतामा सबै निकाय आफैँ सक्रिय भए भने प्रधानमन्त्रीको काम घट्छ। त्यतातिर सरकारको ध्यान जानुपर्छ। प्रधानमन्त्री आफैँले फलोअप गर्ने भनेका केही राष्ट्रिय गौरव आयोजना र मन्त्रालयबीचको समन्वय मात्र हुनुपर्छ। सबै जिम्मेवारी प्रधानमन्त्रीलाई दिनुको अर्थ अरूले काम नगरे पनि हुन्छ भन्ने जस्तो पर्न गएको छ।  

मुलुकको अहिलेको आवश्यकता भनेकै सार्वजनिक सेवालाई सहज बनाउने हुनुपर्छ। सरकारका मन्त्रालय, सचिवालय, विभाग, कार्यालय आदि भनेका जनताको सेवाका निम्ति हुन्। यी निकायको सञ्चालन र तलबभत्ताका निम्ति सर्वसाधारणले तिरेको करबाटै धानिने हो। यसकारण अधिकारका हिसाबले मात्र सार्वभौम होइन, राज्यको खर्च प्रदान गर्ने दाताका रूपमा पनि सर्वसाधारणप्रति सरकारको ध्यान पुग्नुपर्छ। अतः सर्वसाधारणलाई सरकारी कार्यालयमा सेवा लिन जाऔँ जाऔँ लाग्ने बनाउनुपर्छ। अहिले पनि कतिपय अवस्थामा सार्वजनिक सेवा प्राप्त गर्न जाँदा सर्वसाधारणको शरीरमा काँडा उम्रन्छन्।  

सर्वसाधारणले सेवा माग गर्न आउँदा राम्ररी बुझाइदिने, कसरी तिनले खोजेको सेवा प्राप्त हुन्छ मिलाइदिने र तिनले प्राप्त गर्ने सेवा घरैसम्म पु¥याइदिने व्यवस्था हुनुपर्छ। यसो भयो भने अनावश्यक लाम लाग्नुपर्ने झन्झटबाट सर्वसाधारण मुक्त हुन्छन्। यसले सडकमा सवारी साधनको अनावश्यक भीड पनि हुँदैन। अनलाइनबाटै सबै सेवा सहज बनाइदिएपछि सर्वसाधारणले त्यसका निम्ति धाइरहनु पर्दैन। अहिले हुलाक सेवाको समय सकियो भन्ने गरिएको छ। वास्तवमा राज्यबाट प्राप्त हुनुपर्ने कागजात, प्रमाणपत्र आदि यसैमार्फत पठाउन सकिन्छ। मोटरसाइकल वा गाडी प्रयोग गरेर सेवा घर–घरमा पु¥याउन हुलाक सेवाको काम गराउन सकिन्छ। आजको दिनमा सर्वसाधारणले घरैमा बसेर खाना मगाउने, किनमेल गर्ने आदि सेवा छन्। सरकारी सेवालाई पनि आधुनिकीकरण गर्दै सर्वसाधारणसम्म पुर्‍याउन सकिन्छ। हुलाक सेवाले अन्यत्र मुलुकमा कसरी आफ्नो सेवा प्रभावकारी बनाएको छ भन्ने अध्ययन गर्न पनि सकिन्छ।  

विकास निर्माणका काम समयमा गर्ने, राखिएको लक्ष्य पूरा गर्ने र काम नगर्नेलाई दण्डको व्यवस्था गर्ने हो भने सेवामा सुधार आउँछ। यसै पनि नयाँ पुस्ताका सरकारी कर्मचारीहरू जाँगरिला र काममा निपूर्ण देखिन्छन्। तिनलाई प्रोत्साहन गर्दै सरकारी सेवालाई चुस्त बनाउन सकिन्छ। सरकारले सुरु गरेको यो अभियानले निःसन्देह मुलुकबासीमा उत्साह पैदा गर्न सक्छ। यस्तो कामको लक्ष्य राखेपछि पूरा भए/नभएको अनुगमन गर्दै कार्यान्वयनमा लाग्नु आवश्यक छ।
अर्को समाचार
सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील : मन्त्री भण्डारी
२९ पौष २०८१
•
१ मिनेट पाठ
सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा प्रवाहमा सजीकरण गर्न सरकारले केही ऐन संशोधन गर्न अध्यादेश जारी गरेको बताएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले छिट्टै जनताले सेवा प्रवाहमा सुधारको महसुस गर्ने विश्वास व्यक्त गरे।




‘एउटा फाइल एउटा टेबुलमा कति दिन राख्ने? अनन्त समयसम्म त्यही टेबुलमा राख्ने कुरा अन्त्य गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउन खोजिएको छ,’ मन्त्री भण्डारीले भने, ‘राजनीतिक र प्रशासनिक नेतृत्वलाई जवाफदेही र जिम्मेवार बनाउन अध्यादेश अघि बढाइएको हो।’

सेवा प्रवाहका क्रममा आउन सक्ने जटिलतालाई अन्त्य गरेर नागरिकलाई सहजरुपमा सेवा उपलब्ध गराउन वर्तमान सरकार क्रियाशील रहेको उनको भनाइ थियो। ‘चाँडो सेवा प्रवाह सरकारको उच्च प्राथमिकतामा छ, शासकीय संरचनामा सुधारको अनुभूत गरेको अवस्था आउनेछ,’ मन्त्री भण्डारीले भने।

आमजनताको खाद्य सम्प्रभूतासम्बन्धी संवैधानिक हकको कार्यान्वयन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले सेवा विविधीकरण, आमजनताको भरपर्दो र पहुँचयोग्य संस्थाका रुपमा विकास गर्न आग्रह गरे।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले आम नागरिकले भरोसा गर्ने व्यावसायिक संस्थाका रुपमा खाद्य व्यवस्था कम्पनीलाई अघि बढाइनुपर्नेमा जोड दिए। ‘निजी क्षेत्रको उपस्थिति नभएको वा बजार मूल्य हस्तक्षेप गर्नुपर्ने अवस्थामा खाद्य कम्पनी आम नागरिक समक्ष पुग्नुपर्छ,’ कम्पनी सञ्चालक समितिका अध्यक्ष कार्कीले भने।

साधारणसभाबाट सञ्चालक समितिकातर्फबाट पेस भएको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनलगायत प्रस्ताव पारित भएका छन् । सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रुपमा रहेको कम्पनीले देशभर खाद्यान्न आपूर्ति व्यवस्था मिलाउँदै आएको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
यो पनि पढौँ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस