सडक सावधानी
२९ मंसिर २०७९
•
४ मिनेट पाठ
सडक सावधानी
कल्पना गरौँ, हवाई दुर्घटनामा दुई दिनको बीचमा ३० जनाको मृत्यु भएको भए कति ठूलो होहल्ला हुँदो हो। यसका कारण खोज्न राज्यका निकायले कति धेरै तत्परता देखाउँदा हुन्। सडक दुर्घटनामा हुने यस्ता मृत्युलाई भने सामान्य घटनाका रूपमा लिइन्छ। मान्छे मरिरहन्छन्। त्यसप्रति संवेदनशीलता देखाइँदैन। सवारी दुर्घटनामा हुने मृत्यु घटाउन सकिन्छ। त्यसका निम्ति अनुगमन प्रक्रियालाई सक्रिय बनाउनुपर्छ। हवाई यातायातमा जुन तहको सुरक्षा उपाय अपनाउने गरिन्छ, सडक सवारीमा यसलाई बेवास्ता गर्नुपर्छ भन्ने होइन। सडकमा गुड्ने साधनलाई जति सुरक्षित बनाउन सकिन्छ, त्यति नै सर्वसाधारणको जीउज्यानको जोखिम कम हुन्छ।




काभ्रेको बेथानचोकमा मंगलबार साँझ भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १४ जना घाइतेको उपचार भइरहेको छ। ब्रतबन्धमा सरिक भएर बसमा पनौती फर्किरहेका सर्वसाधारण दुर्घटनामा परेका हुन्। दुई दिनअघि जाजरकोटामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। वर्षभरि बस दुर्घटनाको तथ्यांक हेर्ने हो भने कहालीलाग्दो अवस्था छ। सडक दुर्घटनाका घटना भइरहे पनि यसलाई रोकथाम गर्ने उपायको खोजी भएको देखिँदैन। यसरी मृत्यु हुने र घाइते तथ्यांकमै सीमित छन्। सम्बन्धित व्यक्ति र पीडित परिवारबाहेकले यसलाई ठूलो समस्या मानेको देखिँदैन। जसलाई यो समस्या पर्छ, उसको सर्वस्व हुन्छ।

त्यसैले जनधनको क्षति हुन नदिन सरकारले विशेष कार्ययोजना ल्याउनु उचित हुन्छ। सवारी साधनलाई सुरक्षितरूपमा सञ्चालन गर्न यस्तो कार्ययोजना कडाइसाथ लागु गर्नु उचित हुन्छ। विशेषगरी सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायी र अन्य सरोकारवाला व्यक्तिले सडक यातायातलाई सुरक्षित बनाउन आफैँले सुरक्षा योजना लागु गर्न सक्नुपर्छ। यस्ता बसलाई सुरक्षित ढंगले चलाएको वा नचलाएको अनुगमन गर्ने छुट्टै निकाय पनि हुनुपर्छ। आकस्मिकरूपमा जाँच हुने र निर्धारित मापदण्डअनुरूप नगरेको फेला परेमा कारबाही हुने प्रावधान हुनुपर्छ। त्यसो भयो भने जनधनको क्षति हुनबाट रोक्न सकिन्छ। घटना हुँदा दुई दिन चासो राख्ने र फेरि पहिलेकै अवस्थामा अघि बढ्ने अहिलेको स्थितिमा सुधार आवश्यक भइसकेको छ।

प्रायः सडक दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी साधन चलाउनुलाई लिने गरिएको छ। प्रारम्भिकरूपमा काभ्रेमा मंगलबार भएको दुर्घटनाको कारण पनि यही मानिएको छ। एकातिर, सवारी साधनको अवस्था ठीक राखिएको हुँदैन। अर्कोतिर, यस्ता सवारी साधनलाई सावधानीपूर्वक चलाउने गरेको पनि देखिँदैन। सवारी साधन चलाउनु भनेको गम्भीर जिम्मेवारीको काम हो भन्ने चेतना सार्वजनिक यातायातका चालकलाई दिनु आवश्यक छ। यसका निम्ति तालिम वा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न सकिन्छ। सवारी व्यवसायमा रहेका व्यक्ति, सरकार र यसका उपभोक्ता सबैको ध्यान पुग्नु आवश्यक छ। आफूलाई लिएर हिँडेको सवारीको अवस्था र यसको चालकका बारेमा जानकार हुनु पनि त्यत्तिकै आवश्यक छ।

हाम्रो जस्तो पहाडी मुलुकका निम्ति सडक यातायात नौलो उपलब्धि हो। आफ्नो जीवनकालमा कैयन् दिन हिँडेर गन्तव्यमा पुगेका व्यक्तिहरू आज सडक सञ्जालको विकासका कारण सवारी साधन प्रयोगको हैसियतमा पुगेका छन्। यस्ता व्यक्तिका निम्ति बसको अवस्था र सडकको स्थितिप्रति खासै गुनासो हुँदैन। धन्य, सवारीको प्रयोग गर्न पाइएको छ भन्ने पर्न सक्छ। त्यसैले सवारी साधन प्रयोग गर्ने व्यक्तिमा समेत व्यापक चेतना अभिवृद्धि आवश्यक देखिएको छ। एक तथ्यांकअनुसार नेपालमा दैनिक सात जनाको मृत्यु सडक दुर्घटनामा हुने गर्छ। त्यसैगरी ४० जना व्यक्ति दैनिक घाइते भएको तथ्यांक छ। यसबाट महसुस गर्न सकिन्छ, हामीकहाँ सडक यातायात कति ठूलो समस्याका रूपमा आइरहेको छ।

त्यसैले यो एउटा आपतकालीन अवस्था हो। यसका निम्ति गम्भीरता देखिएको छैन। मुलुकमा माओवादी हिंसात्मक घटना हुँदा मारिएका १७ हजार मानिसको चर्चा निरन्तर हुन्छ। सडकमा मारिएका यी व्यक्तिको जिम्मेवारी कसले लिने ? वास्तवमा सडक यातायातको स्थिति ठीक नराखेर भइरहेको यस किसिमको मृत्युको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना नगर्ने हो भने जोकोही यसको सिकार हुन सक्छ। सडकलाई लापरबाहीका रूपमा प्रयोग गर्ने अहिलेको अवस्थामा सुधार भएन भने यो क्रम रोकिने छैन। सन् २०२१ मा मात्र राजमार्ग र सडकमा १३ हजार दुर्घटना भएका थिए। त्यस क्रममा २ हजार ७ सय ३६ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेका १० हजार ७ सय ३१ जना गम्भीर घाइते भएका थिए। यसबाट सडक दुर्घटनाको गम्भीरतालाई अनुभव गर्न सकिन्छ।

सवारी दुर्घटना गर्ने र गराउनेलाई कानुनीरूपमा समेत जिम्मेवार बनाउनुपर्ने देखिन्छ। जस्तासुकै दुर्घटना गराए पनि त्यसको जिम्मेवारी लिनुपर्ने अवस्था रहेन भने स्वाभाविकरूपमा दण्डहीनताको स्थिति रहन्छ। यस्ता घटना भइरहने र निरन्तर जनधनको क्षति रोक्न नसकिने अवस्था रहन्छ। सडक दुर्घटनाको कारण सवारी साधनको अवस्था, सडकको स्थितिमा मात्र निर्भर हुँदैन। अहिले देशैभरि सडक सञ्जाल विस्तार गर्ने लहर छ। तर यसरी विस्तार गरिएका सडकको अवस्थाबारे कमै ध्यानमा राखिएको छ। जस्तोसुकै जोखिम उठाउन खोज्दा सडक दुर्घटनामा पर्ने र जीउज्यानको नोक्सानी हुने अवस्था रहन्छ। यस्तो हुन नदिन सडकको गुणस्तरमा समेत ध्यान दिनुपर्ने देखिन्छ।
अर्को समाचार
हुस्सु कुहिरोबाट सावधानी अपनाउन अनुरोध
१२ माघ २०७९
•
१ मिनेट पाठ
हुस्सु कुहिरोबाट सावधानी अपनाउन अनुरोध
तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।




महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी  गर्दै हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम छ डिग्रीसेल्सियस र अधिकतम तापक्रम २२ डिग्रीसेल्सियस रहेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस