पूर्वाधारविनै जनतालाई एम्बुस्ड नम्बर प्लेटको सास्ती
१० भदौ २०८२
•
५ मिनेट पाठ
पूर्वाधारविनै जनतालाई एम्बुस्ड नम्बर प्लेटको सास्ती
सरकारले पूर्वाधार बिना नै जनतालाई फेरि एम्बुस्ड नम्बर प्लेटको सास्ती दिएको छ।




यातायात व्यवस्था विभागले असोज १ गतेबाट सवारी साधनको नामसारी, नवीकरण तथा नयाँ दर्ता गर्दा अनिवार्य एम्बुस्ड नम्बर प्लेट जडान गरेको हुनुपर्ने भन्दै गत भदौ ३ गते सार्वजनिक सूचना जारी गरेपछि यसको आलोचना सुरु भएको छ।

सवारी साधनमा अनिवार्य एम्बुस्ड नम्बर प्लेट जडान गर्न सरकारले नौ वर्षदेखि प्रयास गर्दै आएको छ तर सरकार यसमा पटकपटक असफल हुँदै आएको छ। अदालतको फैसला, जनताबाट विरोध र विभिन्न विवादहरूका कारण सरकारले सवारी साधनमा एम्बुस्ड नम्बर अनिवार्य गर्न सकेको छैन।

आगामी असोज १ गतेदेखि पनि सवारी साधनमा एम्बुस्ड नम्बर प्लेट जडान गर्ने अभियान सुरु गरिएको तर अनिवार्य नगरिएको यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले बताए। तिवारीले भने, ‘असोज १ गतेबाट एम्बुस्ड नम्बर प्लेट अनिवार्य गर्न अभियान सुरु गरिएको हो, अनिवार्य गरिएको होइन।’

उनका अनुसार तत्काल २५ लाख सवारी साधनमा एम्बुस्ड नम्बर प्लेट जडान गर्ने विभागको तयारी छ। किनभने अहिले सरकारसँग २५ लाख मात्र एम्बुस्ड प्लेट छन् तर देशभरि ६५ लाख सवारी साधन मात्र छन्। सबै सवारी धनीले एक वर्षभित्र आफ्नो सवारी साधनमा एम्बुस्ड नम्बर जडान गर्न खोजे भने सरकारले सबैलाई नम्बर प्लेट उपलब्ध गराउन सक्ने अवस्था छैन किनभने सबै सवारी साधनलाई उपलब्ध गराउन सरकारसँग एम्बुस्ड नम्बर प्लेट नै छैन।

अहिले देशभरि एक लाख सवारी साधनमा समेत एम्बुस्ड नम्बर प्लेट जडान गरिएको छैन। ‘नवीकरण, नामसारी तथा नयाँ सवारी दर्तामा अनिवार्य नम्बर प्लेट अनिवार्य गर्‍यौं भने एम्बुस्ड नम्बर प्लेट जडान गरिएका सवारी साधनको संख्या बढ्ने हाम्रो विश्वास छ’, तिवारीले भने।

प्लेट पढ्ने विद्युतीय गेट दुई वटा मात्र

सरकारले असोज १ गतेदेखि एम्बुस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरे पनि एम्बुस्ड नम्बर प्लेट अनिवार्य गरिएका सवारी साधनबारे रिड गर्ने विद्युतीय गेट भने निकै न्यून छन्। अहिलेसम्म देशभरि जम्मा दुई वटा मात्र यस्ता गेट छन्।

एम्बुस्ड नम्बर प्लेट रिड गर्ने गेट नभएपछि एम्बुस्ड नम्बर प्लेट जडान गर्नुका खासै अर्थ हुँदैन। यातायात व्यवस्था विभागका अनुसार अहिले थानकोट र नुवाकाटको मुड्क भञ्ज्याङमा मात्र विद्युतीय गेट राखिएका छन्। विभागले अरु दुई ठाउँ कान्तिलोक पथ र बर्दीबासमा यस्ता गेट राख्ने तयारी गरेको छ। विभागको तयारी देशैभरि ६ ठाउँमा गेटमा राख्ने छ तर ६ ठाउँमा राखिएको गेट पनि  अपर्याप्त हुने छ।

शुल्क पनि महँगो

सवारी साधनमा एम्बुस्ड नम्बर प्लेट जडान गर्न शुल्क महँगो भएको गुनासो जनताको छ तर विभागका एक कर्मचारीले यसमा पुनर्विचार हुन सक्ने संकेत गरेका छन्। एम्बुस्ड नम्बर प्लेट जडान गर्न मोटरसाइकलमा दुई हजार पाँच सय, गाडीमा तीन हजार दुई सय, तीन पांग्रे सवारी साधनमा दुई हजार नौ सय तथा ठूला सवारी साधनमा तीन हजार ६ सय रुपैयाँ शुल्क लाग्छ। ‘एउटा एम्बुस्ड नम्बर प्लेटमा सरकारको लगानी पाँच सय छ तर जनतालाई त्यसको पाँच गुना बढी भार थोपरिएको छ’, एक सवारी धनीले भने।

यातायात व्यवसायीले नमान्ने

सवारी साधनमा असोज एक गतेदेखि अनिवार्य एम्बुस्ड नम्बर जडान गर्ने सरकारको निर्णयलाई यातायात व्यवसायीहरूले नमान्ने भएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारको उक्त निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ। साथै सरकारले जबरजस्ती एम्बुस्ड प्लेट जडान गर्न खोजे विरोध हुने र त्यसपछि हुने थप गतिविधिप्रति स्वयम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मेवार हुने महासंघ नेपालको भनाइ छ।

महासंघका महासचिव भरत नेपालले सोमबार विज्ञप्ति निकाल्दै एम्बुस्ड नम्बर जडान गर्ने सरकारको निर्णयमा संशोधन र सुधार नगरेसम्म सवारी साधनमा एम्बुस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेका छन्।

‘सरोकारवाला पक्षहरू बिच छलफल हुँदा पाइएका अव्यावहारिक विषयको संशोधन र सुधार विना सार्वजनिक, पर्यटन, ढुवानी, निजी लगायत सबै यातायात क्षेत्रको तर्फबाट एम्बुस्ड नम्बर प्लेट जडान गर्न हुन सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत भदौ ३ गते निकालेको सूचनामा नेपालको पान्डुलिपि नेपाली भाषा नै लोप हुने,  राष्ट्रिय स्वाभिमान र राष्ट्रमाथि नै आँच आउने गरी एम्बुस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजिएको यातायात व्यवासायीहरूको भनाइ छ।

भदौ ३ गते विभागबाट जारी गरिएको सूचनामा आगामी असोज १ गतेबाट सार्वजनिक, पर्यटन र ढुवानी यातायातका सवारी साधनहरूमा समेत अनिवार्य जडान गर्न परिपत्र गरिएको छ। उक्त सूचनाप्रति यातायात व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

मुलुकमा कुनै पूर्वाधार बिना पूर्वाधार सम्पन्न देशको प्रविधि भित्र्याई आमनागरिक र सिंगो व्यवसाय क्षेत्रमाथि थप आर्थिक व्ययभार हुने गरी विदेशी ठेकेदार कम्पनीसँगको सहकार्यमा सरकारी पक्षबाट एक पक्षीय रूपमा निर्णय गरिएको  विज्ञप्तिमा जनाइएको छ। सरकारको यस्तो निर्णयबाट सुरक्षाका कारण झन् खतरा, नेपालीको गोपनीयता सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने, राष्ट्र नै कमजोर हुने यातायात व्यवसायीहरूको भनाइ छ।

यातायात व्यवसाय क्षेत्रमा जडान गर्न अनिवार्य गरिएको एम्बुस्ड नम्बर प्लेट हरेक कारणबाट तत्काल व्यवसायीहरूको हित विपरीत र व्यावहारिक नभएको भन्दै सार्वजनिक, पर्यटन, ढुवानी र निजी नम्बर प्लेटका  सवारी साधनमा समेत अनिवार्य गर्न खोजिएको निर्णयप्रति गम्भीर हुन यातायत व्यावसायीहरूले नागरिक समाज, सञ्चार, कानुन व्यवसायी तथा सबै यातायात क्षेत्रलाई अनुरोध गरेका छन्। हाल देशभरि करिब तीन लाख सार्वजनिक सवारी साधन यातायात कार्यालयहरूमा दर्ता भएका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस