कोटेश्वरमा बन्दै दुई फ्लाइओभर र एउटा सुरुङमार्ग
१५ भदौ २०८२
•
२ मिनेट पाठ
कोटेश्वरमा बन्दै दुई फ्लाइओभर र एउटा सुरुङमार्ग
कोटेश्वर क्षेत्रमा ट्राफिक जाम घटाउन दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बन्ने भएको छ। आठ वर्षभित्र यो काम सक्ने गरी सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ३० अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण लिने भएको छ।




सडक विभागका महानिर्देशक विजय जैशीले कोटेश्वर क्षेत्रमा दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बनाउने प्रक्रिया अघि बढिसकेको बताए।

सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोटेश्वमा दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बनाउने प्रयोजनका लागि जाइकाबाट सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।

जाइकाले फ्लाइओभर र सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ। जसअनुसार तीनकुने पुलबाट कोटेश्वरको मुनिभैरव मन्दिर नजिकसम्म करिब ६ सय मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ।

मुनिभैरव मन्दिर नजिकैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको किनारा (जडीबुटी) सम्म सात सय मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ।

जडिबुटीबाट मनोहरा खोलाको पुलसम्म जोड्नेगरी २ सय ३८ मिटर लामो अर्को फ्लाइओभर निर्माण गरिने विभागले जनाएको छ।

विभागका अनुसार कोटेश्वर क्षेत्रमा निर्माण गरिने फ्लाइओभर ग्वार्को चोकमा बनेको जस्तो मोडलको हुने छैन। बिचबिचमा पिलर भएका फ्लाइओभर निर्माण गरिने विभागका इन्जिनियरले जनाएका छन्।

कोटेश्वर क्षेत्रमा निर्माण हुने सुरुङमार्ग भने कट एन्ड कभर मोडलको हुनेछ। कट एन्ड कभर मोडल भनेको पहिले माटो खन्ने, त्यसपछि माटोले पूर्दै जाने हो। नागढुंगामा सुरुङमार्ग बनाउन खनेको जस्तो गरी कोटेश्वरमा खनिने छैन।

‘होचा जमिन भएकाले कोटेश्वरमा कट एन्ड कभर मोडल अपनाइने भएको हो,’ महानिर्देशक जैशीले भने।

जाइकाले सन् २०३३ को अगस्टसम्म फ्लाइओभरको सबै काम सक्ने जनाएको छ। जाइकाले ऋण सम्झौतादेखि निर्माण पूरा नहुँदासम्मको विस्तृत कार्यतालिका बनाएको छ।

जसअनुसार सन् २०२५ सेप्टेम्बरमा ऋण सम्झौता, डिसेम्बरमा ऋण सम्झौताको प्रभावकारी कार्यान्वयन, २०२६ मेमा परामर्शदाताको नियुक्ति, २०२६ जुनदेखि २०२७ मेसम्म परामर्शदाताले विस्तृत डिजाइन तयार गर्ने छ।

२०२७ जुनमा ठेकेदार कम्पनी छनोट, २०२८ अप्रिलमा ठेकेदार कम्पनीसँग सम्झौता र अगस्ट २०३३ मा सबै काम पूरा गर्ने जाइकाले जनाएको छ।

विभागका महानिर्देशक जैशीका अनुसार कोटेश्वर चोकमा सुरुङमार्ग बनाउन नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सकारात्मक प्रतिक्रिया दिएको छ।

प्राधिकरणले सकारात्मक प्रतिक्रिया दिएकाले प्रक्रिया अघि बढाइएको उनले जनाए। विभागका अनुसार कोटेश्वरमा जाम घटाउन जाइकाले विभिन्न विकल्पमा पूर्वसम्भाव्यता अध्ययन गरेको थियो।

ती विकल्पमध्ये जाइकाले तयार गरेको ‘एलग्मिेन्ट टु के टु आर’ मोडेलमा सरकारले सहमति जनाएको हो। उक्त मोडलअनुसार फ्लाइओभर र सुरुङमार्ग निर्माण गर्ने गरी सरकारले जाइकासँग ऋण लिने निर्णय गरेको हो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४६ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस