आठौं बागलुङ महोत्सव सुरु, नेपालको विकास आन्तरिक पुँजीबाटै गर्न सकिने अध्यक्ष ढकालको भनाइ
११ पौष २०८२
•
४ मिनेट पाठ
आठौं बागलुङ महोत्सव सुरु, नेपालको विकास आन्तरिक पुँजीबाटै गर्न सकिने अध्यक्ष ढकालको भनाइ
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आठौँ बागलुङ महोत्सव शुक्रबार सुरु भएको छ । बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो । आठौँ बागलुङ उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवले यहाँको स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटनको विकासमा लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।  




‘यहाँहरुले आयोजना गरेको महोत्सवले यहाँको पर्यटन क्षेत्रको विकासका लागि ठूलो सहयोग पुग्ने मलाई लागेको छ,’उनले भने,‘महोत्सवको सन्दर्भमा यहाँहरुले जसरी स्थानीय उत्पादनका बस्तुलाई महत्वका साथ राख्नुभएको छ । त्यसले स्थानीय उत्पादनको बजार प्रवद्र्धन र विकासका लागि पनि सहयोग पुग्नेछ ।’ ढकालले यहाँको हरेक क्षेत्रसँग सम्भावना भएको बताए । ‘यहाँको हरेक क्षेत्रमा सम्भावना नै सम्भावना छ, झण्डै चार घण्टाको दुरीमा हामी भारत र चीन दुबैतर्फको सिमानामा पुग्न सक्छौं,’ उनले भने,‘कोरला नाका र सुनौलीसम्म पुग्न चार घण्टाकै दुरीमा पुग्न सकिने हुँदा यो ठाउँले हरेक दृष्टिकोणबाट सम्भावना बोकेको छ ।’

उद्योग वाणिज्य महासंघको सुझाव अनुसार नेपाल सरकारले उपल्लो मुस्ताङमा जाने पर्यटकको शुल्क घटाउनले बताए । नेपाल भित्रिने ४० प्रतिशत पर्यटकहरु पोखरा आउने र उनीहरुलाई बागलुङसम्म ल्याउने वातावरण बनाउन सकेको खण्डमा यहाँको पर्यटन उद्योगले ठूलो फड्को मार्ने उनको विश्वास छ । ‘पोखरा आउने पर्यटकलाई हामीले यहाँ ल्याउन मात्र सक्यौं भने हाम्रो ठाउँको आर्थिक विकासका लागि अरु केही पर्दैन, हामीसँग सबै छ, अब एक्सप्लोर गर्न मात्र बाँकी हो,’अध्यक्ष ढकालले भने ।  

शुक्रबारबाट सुरु महोत्सव महोत्सव पुस २१ गतेसम्म चल्नेछ । बागलुङका सबै स्थानीय तह, धौलागिरिका म्याग्दी पर्वत उद्योग वाणिज्य संघ, बागलुङ कालिका भगवती गुठी, बानपा—१ लगायतका संस्थाहरु महोत्सवको सहआयोजकको रुपमा रहेका छन् । महोत्सवको उद्घाटन कार्यक्रममा आठौं महोत्सव आठ स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न ८ विद्याका क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई उद्घाटन कार्यक्रममा सम्मान गरिएको हो ।  

महोत्सवको अवसरमा संस्थागत सम्मानमा उद्योग वाणिज्य संघ चितवन, हस्तकलातर्फ ठाकुरजङ राजभण्डारी, राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी, कला संगितको क्षेत्रमा योगदान पु¥याएका शुभराम भारी, व्यवायिक प्रतिष्ठानबाट सिद्धार्थमिलन श्रेष्ठ, सगरमाथाको उचाई नाप्ने रबिन कार्की, बुर्तिबाङबाट राष्ट्रिय महिला भलिबलको टिममा पर्न सफल मिना सुनार, जेनजी आन्दोलनमा सहिद भएका शौरनकिशोर श्रेष्ठलाई जेनजी सुशासन योद्धाको रुपमा मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।  

महोत्सवमा विभिन्न खेलकुद, मनोरञ्जन तथा अन्य प्रतिस्पर्धात्मक कार्यक्रमसंगै रचनात्मक कार्यक्रम आयोजना गरिएको छ ।  महोत्सवमा देश विदेशमा चर्चितक कलाकारहरुको साङ्गीतिक प्रस्तुती, दोहोरीगित प्रतियोगिता, महिला पुरुष भलिबल प्रतियोगिता, स्टोरी टेलिङ प्रतियोगिता, स्टार्टअप पिचिङ लगायतका अन्य कार्यक्रमहरुको पनि आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए ।  

‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ ११ गतेदखि पुस २१ सम्म सञ्चालन हुने महोत्सवमा अँग्रेजी नयाँ वर्षलाई विशेष बनाउन व्याण्ड सहितको कार्यक्रम आयोजना गरिएको छ भने उक्त दिन राती १२ बजेसम्म कार्यक्रम हुने बताईएको छ । महोत्सवमा टिकट दर एक सय रुपैयाँ र विद्यार्थीलाई ७० टिकट व्यवस्थापन गरिएको छ । १६ र १८ गते विशेष कन्सर्ट हुने भएकाले टिकटदर बढ्ने आयोजकले जनाएको छ ।

ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालयहरुले सामुहिक रुपमा विद्यार्थीहरुलाई महोत्सव अवलोकनमा लैजाँदा पनि प्रवेश शुल्क नलाग्ने टिकट व्यवस्थापन उपसमिति संयोजक नबिन श्रेष्ठले बताए । महोत्सवको टिकटको अर्धकट्टी सहित बागलुङमा रहेको विएसआर मुभिजमा फिल्म हेर्न गएर एक वटा टिकट काट्दा एक जनालाई फ्रि र खाजा खाएमा १०% छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  

महोत्सवको अवसरमा हेलिकोप्टरबाट साविक धौलागिरी अञ्चलका पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । प्रतिव्यक्ति ९ हजार रुपियाँमा सात मिनेटमा धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ  । ५० लाख नाफा हुने अपेक्षा लिइएको महोत्सवमा दुई करोड २० लाख रुपैयाँ आम्दानी र १ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।  

महोत्सवमा खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तित्वकला, लठो तान्ने, घैटोफोर, तारा हान्ने प्रतियोगिता,  विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती सहित मेलाको समयमा पर्ने अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा लाइभ डिजे कन्र्सट हुने प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए ।  
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
११ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस