सूर्यविनायक-धुलिखेल सडक विस्तार: सक्नुपर्ने बेला आधा मात्र काम
०७ मंसिर २०८२
•
३ मिनेट पाठ
सूर्यविनायक-धुलिखेल सडक विस्तार: सक्नुपर्ने बेला आधा मात्र काम
तीन वर्ष अघिदेखि सुरु भएको धुलीखेल सूर्यविनायक सडक विस्तारको काम पूरा गर्नुपर्ने समय अर्थात् सतप्रतिशत प्रगति हासिल गर्नुपर्ने बेलामा आधा मात्र प्रगति भएको छ। काम निकै सुस्त गतिमा चलिरहेको छ।




सूर्यविनायक धुलीखेल खण्डको सडक आयोजनाका प्रमुख बिजय महतोका अनुसार ठेकेकदार कम्पनीले अरु पाँच सय दिन म्याद थप गर्न कार्यालयमा निवेदन दिएको छ। उक्त निवेदनउपर छलफल भइरहेको महतोले बताए।

उनल भने, ‘ठेकदारले भने अनुसार  नै पाँच सय दिन म्याद थप गर्दैनौं। काम पूरा गर्न कति समय आवश्यक हुन्छ, यस विषयमा छलफल गरिरहेका छौं। सकेसम्म कम समय दिन्छौं’, महतोले भने।

उनका अनुसार हाल उक्त खण्डमा करिब ५० प्रतिशत मात्र काम सकिएको छ। सडक विभागका एक उच्च कर्मचारीका अनुसार ठेकेदार कम्पनीलाई विभागले करिब एक वर्ष म्याद दिने तयारी गरेको छ तर ठेकेदार कम्पनीले अहिले जसरी काम गरिरहेको छ त्यसलाई हेर्दा एक वर्षभित्र पनि उक्त खण्डमा काम पूरा नहुने निश्चित छ।

अहिले त्यस खण्डमा यात्रा गर्ने यात्रु तथा सवारी धनीले ठूलो सास्ती भोगिरहेका छन्। स्थानीयवासीले उत्तिकै दुःख पाएका छन्। वरिपरि धुलो उड्ने तथा ठाउँ–ठाउँमा खाल्टा–खुल्टी भएकाले त्यस सडकमा यात्रा गर्ने यात्रुलाई कठिनाइ हुने गरेको छ।

एक स्थानीबासीले भने, ‘काठमाडौंसँग जोडिएको सडकको त यस्तो हालत छ भने काठमाडौं बाहिरका अझ दुर्गम ठाउँका सडक निर्माणको हालत कस्तो होला?’

सूर्यविनायक– धुलीखेल सडक विस्तार दुई खण्डमा बाँडिएको छ। पहिलो खण्ड सूर्यविनायकदेखि साँगासम्मको लम्बाइ दूरी  करिब ७.५ किलोमिटर र दोस्रो खण्ड साँगादेखि धुलीखेल करिब ८.३ किलोमिटर रहेको छ। यी दुई खण्डको ठेक्का लामा कन्ट्रक्सन र बन्दन भगवती जेभी कन्स्ट्रक्सनले लिएको हो। यस खण्डमा पर्ने पुल निर्माणका लागि भने हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीले ठेक्का लिएको छ। पुल निर्माणको प्रगति पनि उस्तै बिजोग छ।

आयोजनाका अनुसार एउटा खण्डको म्याद यही मंसिर २६ गते र अर्को खण्डको म्याद यही पुस २४ गते सकिँदै छ। समयमा काम पूरा नभएकाले ठेकेदार कम्पनीले म्याद थप गर्न आयोजना कार्यालयलाई निवेदन दिएको हो।

आयोजना प्रमुख महतोको अनुसार उक्त खण्ड विस्तार कार्य समयमा पूरा नहुनुमा प्रमुख चार कारण जिम्मेवार छन्।

पहिलो उक्त खण्डमा  सडक विस्तार कति क्षेत्रफलसम्म गर्ने भन्नेमै आयोजनासम्बद्ध अधिकारीहरू टुंगोमा पुग्न समय लाग्यो। राजमार्ग ऐन २०२१ ले सडक वरिपरि ५०/५० गज क्षेत्र सडकको स्वामित्वभित्र रहने जनाएको छ भने त्यसलाई विस्थापित गर्दै सडक ऐन २०३१ ले सडकको दायाँबायाँ ५०/५० मिटर क्षेत्रफल सडकको स्वामित्वमा रहने उल्लेख गरेको छ।

उक्त सडक २०३१ साल अघि बनेकाले त्यस सडकको सडक दायाँबायाँ ५०/५० गज क्षेत्रफलमा सडक विस्तार गर्ने कि ५०/५० मिटर क्षेत्रफलमा काम गर्ने भन्नेमा टुंगोमा पुग्न समय लाग्यो। ५०/५० गज भनेको ७५/७५ फिट हो। ५०/५० मिटरलाई मापन गरेको भए  ७५/७५  फिटभन्दा धेरै हुने थियो।

हाल उक्त सडकको दायाँबायाँ ७५/७५ फिट क्षेत्रफलमा सडक विस्तार भइरहेको महतोले बताए। उनका अनुसार ७५/७५ फिट क्षेत्रफलमा सडक विस्तार गर्दा अझै सात वटा घर भत्काउनुपर्ने छ। सुरुमा त्यस क्षेत्रमा दुई सय घर भत्काउनुपर्ने थियो। सडकको दायाँबाँया ७५/७५ फिट सडककै स्वामित्वको जग्गा भएकाले त्यस क्षेत्रमा सडक विस्तार गर्दा मुआब्जा दिनु नपरेको महतोले बताए।  

महतोका अनुसार दोस्रो कारण समयमा बिजुलीको पोल, खानेपानीको पाइप तथा ढलको व्यवस्थापन नहुँदा पनि काम ढिलो भएको हो। तेस्रो कारण त्यस क्षेत्रमा टिपरहरू राती मात्र चल्नुपर्ने नियम छ। दिउँसो निर्माण सामग्री बोक्ने ट्रक तथा टिपर चल्न नपाउँदा पनि काममा ढिलासुस्ती भएको आयोजनाका कर्मचारीहरूको भनाइ छ।

आयोजना प्रमुख महतोले चौथो कारण औंल्याउँदै भने, ‘यति हुँदा–हुँदै पनि ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेन। समयमा काम पूरा नहुनुमा यो पनि अर्को महत्त्वपूर्ण कारण हो’, महतोले भने।

हाल सूर्यविनायक धुलीखेल खण्ड दुई लेनको मात्र छ। विस्तारपछि यो खण्ड ६ लेनको हुने छ । उक्त खण्डको लम्बाइ १५.८ किमि छ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस