चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदी विजयी
२२ पौष २०८२
•
२ मिनेट पाठ
चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदी विजयी
चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी भएका छन् । सुवेदीले एक हजार चार सय ८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी शिरिस पन्तले एक हजार एक सय ८५ मत पाएका थिए ।




संघको ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत सोमबार मतदान भएको थियो । निर्वाचनबाट नयाँ कार्यसमितिमा सुवेदी प्यानलका अधिकांश उमेदवारहरु निर्वाचित भएका छन् ।

अध्यक्षमा विजयी सुवेदी ५ पटक उवासंघको पदाधिकारीको जिम्मेवारी समालेका व्यक्ति हुन् । उनले २०६० सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष २, प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष बनेर काम गरेका थिए । यस्तै पदाधिकारी र सदस्यमा पनि अधिकांश सुवेदी प्यानलका उम्मेद्वार विजयी भएका छन् ।  

वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका राजेन्द्र ओली भारी मतले विजयी भए । ओलीले एक हजार आठ सय ४६ मत प्रप्त गर्दा उनका प्रतिस्पर्धी लोक बहादुर रानाभाटले आठ सय ३४ मत मात्र प्राप्त गरे । राजेन्द्र ओली १४ वर्षदेखि उवासंघमा आवद्ध छन् । उनी कार्यसमिति सदस्य हुँदै द्धितीय उपाध्यक्ष र प्रथम उपाध्यक्षका रूपमा काम गरिसकेका व्यक्ति हुन् । उद्योग वाणिज्य तर्फको उपाध्यक्षमा सुवेदी प्यानलका नारायण प्रधान विजयी भएका छन् । प्रधानले एक हजार पाँच सय ३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गुणराज पौडेलले एक हजार एक सय २० मत प्राप्त गरे । प्रधान चार कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल तृतीय उपाध्यक्ष भएर काम गरेका व्यक्ति हुन् ।  

उद्योग तर्फको उपाध्यक्ष पदमा सिरिष पन्त प्यानलका जनक पौडेल विजयी भएका छन् । पौडेलले एक हजार चार सय एक मत प्राप्त गर्दा अकोश अधिकारीले एक हजार दुई सय ५० मत मात्र प्राप्त गरे । यसैबिच कर्पोरेट वस्तुगत तर्फको उपाध्यक्षमा सुवेदी प्यानलका राजन पिया विजयी भए । पियाले एक हजार सात १२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शंकर घिमिरेले नौ सय ५२ मत प्राप्त गरे ।  

यस्तै कार्यसमितिको महिला सदस्य तर्फ सुवेदी प्यानलकी सुनिता लिगल कर्मचार्य भारी मतले विजयी भएकी छिन् । उनले एक हजार आठ सय ६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी बिन्जुराज कर्णिकार श्रेष्ठले ७९० मत प्राप्त गरिन् । यसैगरी अन्य सदस्य पदमा पनि सुवेदी प्यानल नै आएको छ । उद्योग तर्फको कार्यसमितिमा पदमा शंकर अधिकारी, कृष्णकुमार महतो, उपेन्द्र पण्डित, अशोक श्रेष्ठ,  इमान्दु बराल, सन्तोष देवकोटा, वाणिज्य तर्फको सदस्य पदमा अस्मिता तिमिल्सिना, विष्णु लम्साल,  प्रविन आचार्य, गौरव श्रेष्ठ, श्रीकृष्ण लम्साल र नरेश खनाल विजयी भएका छन् । प्रविन आचार्य पन्त समुहका हुन् । वस्तुगत तर्फ नवराज सुवेदी, लोकनाथ भट्ट, बद्धिसागर कँडेल, सुरेश कुमार गुप्ता विजयी भएको चितवन उद्योग वाणिज्य संघ चितवनले जानकारी दिएको छ ।  

कर्पोरेट र क्षेत्रिय संघ तर्फका तीन जना सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । कर्पोरेट तर्फ अशोक लामिछाने र अमित कौडाल, क्षेत्रीय संघबाट रेशम आचार्य (तुलसी)को मात्र नाम दर्ता भएको थियो ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस