व्यापार सुरु गर्ने बेला सर्वत्र अन्योल हुन्छ। व्यापार होला की नहोला, व्यापार सुरु गरेपछि पनि कमाई होला की नहोला, जसोतसो सुरुवात गरेको व्यापार टिकाउन सकिएला की नसकिएला, व्यापारका लागि ऋण कहाँबाट लिने, ऋण दिन्छन् की दिँदैनन् भन्ने जस्ता अन्योल सिर्जना हुन्छ। यस्तै समस्याका कारणले कतिपयले चाहेर पनि व्यवसायमा तत्कालै हात हाल्न आँट गर्दैनन्।
त्यसैले ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ,’ भन्ने उद्देश्य सहित नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने गरी पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना गरिएको छ।
नीति रिसर्च प्रालिले आयोजना गरेको यो समिटमा लगानीका नयाँ अवसर, चुनौती, लगानीको खोजी, लगानीको क्षेत्र, लगानीको सुरक्षा लगायतका विषय बस्तुबारे बहस चलेको छ।
बहसमा स्वदेशमै उत्पादन गराएर आर्थिक रूपमा लाभ लिन सकिने गरी योजना बनाउन सहभागीले सुझाएका थिए। राष्ट्र निर्माणमा स्टार्टअपको भूमिकाबारे बहस गर्दै लगानीको अवसर बढाउनका लागि आवश्यक श्रोत साधनको खोजी र सहकार्यका उपायबारे वक्ताहरूले सुझाव दिएका थिए।
कार्यक्रममा नीति रिसर्चकी अध्यक्ष शोभा ज्ञवालीले स्टार्टअपमार्फत युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने बनाउने लक्ष्य राखेको बताइन्।
देश निर्माण गर्ने हुटहुटी र युवालाई उद्यमशीलतामार्फत स्वदेशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यले स्टार्टअप समिट नेपाल २०२६ आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष ज्ञवालीले बताइन्।
उनका अनुसार कार्यक्रममार्फत युवालाई व्यावसायिक क्षेत्रमा नवीनतम आइडिया सिर्जना गराउने, योजना निर्माण र कार्यान्वयनसँगै एआई तथा डिजिटल प्रविधिको प्रयोगबाट विश्व बजारमा जोडिन मार्गदर्शन गर्नेछ।
‘अब जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने उद्यमी बनाउने, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र विदेश पलायन हुन खोजिरहेको दक्ष जनशक्तिको ज्ञान तथा सीपलाई नेपालमै उपयोग गर्ने अभियान समिटको मुख्य लक्ष्य हो,’ उनले भनिन्।
यसअघि महिला उद्यमी महासंघ नेपालको अध्यक्ष रहँदा महिला उद्यमशीलताका क्षेत्रमा काम गरेको अनुभवका आधारमा अहिले युवालाई स्टार्टअपतर्फ आकर्षित गर्न खोजिएको उनले बताइन्।
युवाका नवीन सोच र योजनालाई कार्यान्वयन गर्ने अवसर तथा प्लेटफर्म उपलब्ध गराउनु आवश्यक रहेको अध्यक्ष ज्ञवालीको भनाई छ।
स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनका लासग सरकारले आफ्नै निकायबाट सुरु गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ज्ञवालीले उत्पादनको गुणस्तरसँगै लेबलिङ, प्याकेजिङ र ब्रान्डिङमा ध्यान दिनुपर्ने पनि बताइन्।
स्टार्टअपका लागि राज्य, निजी क्षेत्र र बैंकबाट उपलब्ध सहयोग तथा सुविधाबारे युवालाई जानकारी गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको र यसले व्यवसायी र लगानीकर्तालाई अवसर दिलाउने उनको भनाई छ।
‘व्यवसाय गर्न चाहेको नयाँ पुस्ता कता कता अलमलिएको छ। उनीहरूलाई उचित मार्गदर्शन गर्न नसक्दा व्यवसायमा हात हाल्न सकेका छैनन्। कुन आकारका व्यवसाय गर्न सकिन्छ र कसले सघाउँछ भन्ने पनि थाहा छैन,’ उनले भनिन, ‘यो कार्यक्रममार्फत लगानीकर्ता, व्यवसाय थालनी गर्न चाहेका नवयुवा, व्यवसायको क्षेत्र, अवसरबारे थाहा पाउनेछन्।’
यस्ता कार्यक्रमले युवालाई स्वदेशमा रोक्ने र उनीहरूलाई उद्यम बनाएर लगानीमा आकर्षित गर्न सकिने उनले बताइन्। ज्ञवालीका अनुसार पहिलो चरणमा पोखरामा भएको प्रदेशस्तरीय यो कार्यक्रम अरू ६ वटा प्रदेशमा पनि हुनेछन्।
अन्तिममा ६ वटा प्रदेशको सुझावसहित काठमाडौंमा पनि यस्तै सम्मेलन गर्ने उनले बताइन्।
‘सबै प्रदेशमा फरक फरक सम्भावना छ। एक प्रदेशको सम्भावना अर्कोमा मिल्दैन। त्यसैले पनि सबै प्रदेशका फरक अनुभव र व्यावसायिक क्षेत्र समेट्ने प्रयास गरिएको हो,’ उनले भनिन्, ‘गण्डकी प्रदेशमा पर्यटनको सम्भावना रहेजस्तै अरू प्रदेशमा फरक क्षेत्र रहेकोले सबैतिरको अनुभव लिन खोजिएको हो।’
उनका अनुसार प्रत्येक प्रदेशबाट उत्कृष्ट आइडिया र सम्भावना भएका चारदेखि पाँचवटा स्टार्टअप छनोट गरी काठमाडौँमा अन्तिम कार्यक्रम आयोजना गरिनेछ। त्यस अवसरमा स्वदेशी तथा विदेशी लगानीकर्तासँग नेपाली स्टार्टअपलाई जोड्ने, प्रारम्भिक पुँजी तथा बैंकिङ साझेदारीको वातावरण बनाउने योजना रहेको उनले बताइन्।
युवामा सपना देख्ने, सिर्जनशील बन्ने र उद्यम गर्ने संस्कार विकास गर्दै स्वदेशी उत्पादन र उद्यमीलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु समिटको मूल उद्देश्य रहेकोले त्यही अनुसार अघि बढेको उनले बताइन्।
‘युवालाई अगाडि बढ्नुपर्छ भनेर मात्रै हुँदैन, उनीहरूका लागि आवश्यक अवसर पनि सिर्जना गर्नुपर्छ,’ उनले भनिन, ‘महिलासँग के छैन भनेर होइन, उनीहरूसँग भएका क्षमता, काम गर्ने जाँगर, उत्साह र व्यवस्थापकीय सीपलाई अवसरमा बदल्नुपर्छ।’
युवासँग प्रशस्त नवीन विचार र त्यसलाई कार्यान्वयन गर्ने सामर्थ्य रहेको र ती विचारलाई व्यवहारमा उतार्न आवश्यक अवसर, मार्गदर्शन, प्रस्तावना निर्माणदेखि व्यवसाय सञ्चालनसम्म सहयोग पुर्याउनु स्टार्टअप समिटको योजना रहेको उनले सुनाइन्।
‘युवा सक्षम भए परिवार सक्षम हुन्छ, परिवार सक्षम भए समाज र अन्ततः देश नै समृद्ध बन्छ भन्ने विश्वासका साथ यो अभियान अघि बढाइएको हो,’ उनले भनिन्।
सरकारले व्यवसाय दर्ता तथा सञ्चालन प्रक्रिया सरल बनाउने, स्टार्टअपका लागि सहुलियतपूर्ण कर्जा सहज रूपमा उपलब्ध गराउने, कर्जाको सीमा बढाउने र बिना धितो ऋण दिने व्यवस्था गर्नुपर्ने पनि ज्ञवालीको सुझाव छ।
नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनमा पनि सरकारले विशेष प्राथमिकता दिनुपर्ने पनि उनले बताइन्।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विगतमा प्रदान गरिएका अनुदानको अपेक्षाकृत सदुपयोग हुन नसकेको बताए।
प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान र समान सहभागितामा आधारित अनुदानको व्यवस्था गर्दै आएको उनले जानकारी दिए।
सरकारले उद्योग र किसानबिच समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्दै पुलको काम गरिरहेको उनको भनाइ छ। स्टार्टअप गण्डकी कार्यक्रममार्फत नयाँ उद्यम सुरु गर्न चाहनेलाई अनुदानको व्यवस्था गरिए पनि सुरुवाती उत्साह र उमंगअनुसार पछिल्लो समय अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनले टिप्पणी गरे।
‘कतिपय स्टार्टअपहरू कार्यक्रममा सहभागी नै नभएको र सहभागी भएकाहरूले पनि अपेक्षाअनुसार काम गर्न सकेनन्,’ उनले भने। उनले पुरानालाई गाली गरेर मात्र देश नबन्ने भन्दै बरु आफूहरूलाई प्रतिस्थापन गर्ने गरी आउन युवाहरूलाई उनको सुझाव छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्टार्टअप देशको आवश्यकता भएको बताए। नवीन सोच र सिर्जनात्मक विचारलाई उद्यमशीलतासँग जोडेर रोजगारी सिर्जना गर्नु नै स्टार्टअपको मुख्य उद्देश्य भएको मेयर आचार्यको भनाई छ।
स्टार्टअप आफैले रोजगारी खोज्ने माध्यम नभई अरूलाई समेत रोजगारी दिने उद्यम विकास गर्ने प्रक्रिया भएको उनले बताए।
पोखरा महानगरपालिकाले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत स्टार्टअप तथा उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए।
उद्यम गर्न चाहनेलाई तालिम, सुरुवाती पुँजी (सिड मनी) उपलब्ध गराउनुका साथै व्यवसाय सञ्चालनका क्रममा समस्या आएमा बिजनेस क्लिनिकमार्फत आवश्यक परामर्श र सहजीकरण गर्दै आएको उनको भनाइ छ।
विद्यार्थीलाई पढाइ पूरा भएपछि विदेश जाने सोच बनाउनुभन्दा स्वदेशमै केही गर्ने र उद्यमशील बन्ने लक्ष्य राख्न उनले आग्रह गरे।
नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले स्टार्टअपमा युवाहरूको भविष्य रहेको बताए। प्रविधिसँग जोडिएर नवीन सोच र सिर्जनात्मक विचारलाई उद्यमशीलतामा रूपान्तरण गर्न सके आफ्नै देशमा धेरै सम्भावना र अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ।
स्टार्टअप विकासका क्षेत्रमा पाकिस्तानको पनि राम्रो अनुभव रहेको उल्लेख गर्दै उनले प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिएर युवाहरूले स्वदेशमै उद्यम तथा रोजगारीका अवसर सिर्जना गर्न सक्ने बताए।
त्यसको सुरुवात गर्ने उद्देश्यले आयोजित स्टार्टअप समिट गर्न पाकिस्तानी राजदूतावासले पनि सहकार्य गरेको उनको भनाई छ।
गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव आभा श्रेष्ठ कर्णले नेपालमा अथाह सम्भावना रहेकाले स्टार्टअप तथा उद्यमशीलताको भविष्य उज्ज्वल रहेको बताइन्।
देशमा पर्याप्त प्राकृतिक स्रोत, साधन र युवा जनशक्ति उपलब्ध रहेकाले त्यसको उचित सदुपयोग गर्दै नवीन सोच र सिर्जनात्मकताका साथ उद्यम गर्न उनले युवालाई सुझाव दिइन्। स्वदेशमै उपलब्ध स्रोत र सम्भावनालाई पहिचान गरी उत्पादन तथा रोजगारी सिर्जनामा लाग्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा सहभागी बैंकका प्रतिनिधिले उत्कृष्ट व्यावसायिक अवधारणा, प्रभावकारी प्रस्तावना र स्पष्ट बिजनेस प्लान प्रस्तुत गर्न सकेमा धितोबिनै पनि स्टार्टअपका लागि कर्जा उपलब्ध गराउन सकिने बताएका थिए । कर्जा प्रवाह गर्नुअघि सम्बन्धित व्यवसायको सम्भावित भविष्य, व्यावसायिक योजना र ऋण तिर्न सक्ने क्षमताको मूल्यांकन गरिने उनीहरूको भनाई थियो।
नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकाल र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख नारायण केसीले स्टार्टअप प्रवर्द्धनमा बैंकिङ क्षेत्रले पुर्याउँदै आएको सहयोगबारे प्रस्तुति दिएका थिए।
उनीहरूले स्टार्टअप तथा नवउद्यमीलाई बैंकले उपलब्ध गराउँदै आएका वित्तीय सेवा, कर्जा सुविधा र उद्यम विकासमा बैंकको भूमिकाबारे जानकारी गराएका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीले स्टार्टअपका लागि कर्जा उपलब्धता, व्यावसायिक जोखिम र बैंकको जिम्मेवारीबारे जिज्ञासा राखेका थिए।
विद्यार्थी जोन श्रेष्ठले विदेश जाने प्रयोजनका लागि सहजै ऋण उपलब्ध हुने अवस्था भए पनि स्वदेशमै उद्यम गर्छु भन्दा बैंक र अभिभावकले विश्वास गर्ने आधार के हो भन्दै प्रश्न गरे।
युवाले नवीन सोच र व्यावसायिक योजनासहित कर्जा लिएर स्टार्टअप सुरु गर्दा व्यवसाय घाटामा गए त्यसको क्षतिपूर्ति कसले व्यहोर्ने र व्यावसायिक जोखिमको जिम्मेवारी कसको हुने भन्ने उनको जिज्ञासा थियो।
त्यस्तै, विद्यार्थी इस्मि श्रेष्ठले विदेश जान्छु भन्दा अभिभावकले ऋण तथा आर्थिक सहयोग गर्ने तर स्वदेशमै केही गर्छु भन्दा आवश्यक सहयोग नगर्ने प्रवृत्तिबारे प्रश्न उठाइन् । यस्तो अवस्थामा अभिभावकले धितो उपलब्ध नगराए पनि बैंकले बिना धितो कर्जा दिन सक्छ कि सक्दैन भन्ने उनको जिज्ञासा थियो।