जुम्ली मार्सी जोगाउन विशेष नमुना क्षेत्र कार्यक्रम
२७ चैत्र २०८२
•
४ मिनेट पाठ
जुम्ली मार्सी जोगाउन विशेष नमुना क्षेत्र कार्यक्रम
जुम्लाको चन्दननाथ नगरपालिका -४ मालाभिड गाउँका ७९ वर्षीय देवीदत्त हमालको स्मृतिमा अझै पनि त्यो समय ताजा छ, जब उनी एकै सिजनमा १ सय ६० पाथीसम्म मार्सी धानको बीउ भिजाउँथे। त्यही खेतीले उनको वर्ष दिनको गुजारा चल्थ्यो। ‘८० मुरीसम्म मार्सीको बीउ रोपिन्थ्यो’, उनी भन्छन्, ‘अहिले त घटेर ५० मुरीजतिको पनि रोपाइँ हुँदैन। सिँचाइ नहुँदा रोपेकै धानको उत्पादन राम्रो छैन।’




अहिले अवस्था कस्तो छ भने उनलाई आफ्नै खेतको धानले ६ महिना पनि खान पुग्दैन। हमालको चिन्ता व्यक्तिगत मात्र होइन, समग्र जुम्ली मार्सी धानको अस्तित्वसँग जोडिएको छ। सिँचाइका स्रोत सुक्दै जानु, नयाँनयाँ रोगकिराको प्रकोप देखिनु र पछिल्लो पुस्तामा खेतीप्रतिको चासो घट्दै जानुले यो परम्परागत बाली लोप हुने जोखिममा पुगेको उनी बताउँछन्। ‘मार्सी धानको क्यालेन्डर त उही छ, तर मान्छेको बानीव्यहोरा बदलियो’, उनी भन्छन्, ‘खेती किसानी घट्दै गयो । अहिले त मार्सी धान नै संकटमा परिसक्यो।’

पहिले गाउँनजिकैको खोलामा सामूहिक रूपमा बिउ भिजाउने चलन थियो। अहिले त्यो परम्परा पनि हराउँदै गएको छ। ‘भिजाउन राखेको बिउसमेत चोरेर लैजान्छन्’, हमाल भन्छन्, ‘सिँचाइ अभावले घरमै बाल्टिनमा बिउ भिजाउनुपर्छ।’

यस्तै उक्त गाउँकै ६० वर्षीया हरिकन्या चौलागाई पनि बदलिँदो अवस्थाबाट चिन्तित छन्। उनी भन्छिन्, ‘आफ्नै खेतमा फलेको मार्सी धानको सन्तोष नै फरक हुन्छ, तर अहिले बजारभरि सेतो चामल छ, रातो चामलमा कसको ध्यान जान्छ?’ उत्पादन घट्दै जाँदा किसानहरू पनि निरुत्साहित भएका छन्। ‘एक मुरी बिउबाट एक बोरा मात्र फल्छ’, उनी भन्छिन्, ‘चार हलको जग्गामा लगाएको धानले ६ महिना पनि पुग्दैन।’

उनका अनुसार अहिले मार्सी धान खेती उत्पादनभन्दा परम्परा जोगाउने माध्यम बनेको छ। ‘पहिलाजस्तो फल्दैन’, उनी भन्छिन्, ‘पुरानो खेती भनेर मात्र निरन्तरता दिइरहेका छौं।’

जुम्लामा मार्सी धानसँगै चन्दननाथ– १, चन्दननाथ– ३, लेकाली– १ र लेकाली– ३ जातका धान पनि रोपिन्छन्। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ– १ र ३ सिफारिस गरिसकेको छ भने मार्सी १८, २० र २२ परीक्षणको चरणमा छन्।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार समुद्री सतहदेखि करिब तीन हजार ५० मिटर उचाइमा फल्ने जुम्ली मार्सी धान स्वाद र पोषणका दृष्टिले महत्त्वपूर्ण छ। उनका अनुसार जुम्ली मार्सी चामलबाट वार्षिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यस वर्ष ६ हजार १ सय २५ मेट्रिक टन उत्पादन भएको छ भने अघिल्लो वर्ष २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय ८७ मेट्रिक टन उत्पादन भएको थियो।

उत्पादन अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढेको छ, तर रोपाइँ क्षेत्र भने घटेर २ हजार ८८ हेक्टरमा सीमित भएको छ। जुम्ली मार्सी धानको माग भने सहरमा बढ्दो छ। काठमाडौं, सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, विराटनगर, पोखरालगायतका सहरमा यसको चामल पुग्ने गरेको छ। स्थानीय बजारमा कोसेली घरहरू स्थापना गरेर यसको किनबेच भइरहेको छ। कर्णाली घुम्न आउने पर्यटकले पनि यसलाई कोसेलीका रूपमा लैजाने गरेका छन्।

हाल जुम्ली मार्सी चामल प्रतिकिलो १ सय ८० रुपैयाँमा बिक्री हुँदै आएको छ। इतिहास र किंवदन्तीले पनि मार्सी धानलाई विशेष बनाएको छ। मान्यताअनुसार चन्दननाथ बाबाले कश्मिरबाट धान ल्याएका थिए र त्यसैको आधारमा जुम्लामा धान खेती सुरु भएको मानिन्छ।

इतिहासमा श्री शाके ९६३ अर्थात् १०९८ सालमा जुम्लामा धान खेती सुरु भएको उल्लेख पाइन्छ। त्यसपछि विसं १११२ मा खस सिञ्जा राज्यभर यसको विस्तार भएको देखिन्छ। किंवदन्ती अनुसार चन्दननाथ बाबाले तातोपानीस्थित लाछु जिउलोको गुरु फोक्टोमा मार्सी धानको परीक्षण गरेका थिए। परीक्षण सफल भएपछि औपचारिक रूपमा खेती सुरु गरिएको मानिन्छ। राजपरिवारमा समेत जुम्लाकै मार्सी धान पठाउने गरिएको इतिहासमा उल्लेख छ।

पछिल्लो समय नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले जुम्ली मार्सी भात खाएको सार्वजनिक भएपछि यसको लोकप्रियता थप बढेको छ। यति ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको बाली अहिले भने संकटमा छ।

विश्वकै अग्लो स्थानमा धान फल्ने छुम चौर क्षेत्रमा समेत यसको खेती घट्दै गएको छ। त्यसैले किसानहरूले मार्सी धानको बिउ जोगाउन राज्यले विशेष पहल गर्नुपर्ने माग गरिरहेका छन्।

यसै सन्दर्भमा कृषि कार्यालयले चालु आर्थिक वर्षमा जुम्ली मार्सी धान उत्पादन विशेष नमुना क्षेत्र कार्यक्रम सुरु गरेको छ। चन्दननाथ नगरपालिका, तातोपानी, हिमा र सिंजा गाउँपालिकामा लागु गरिएको यस कार्यक्रमका लागि आठ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिने, रोग नियन्त्रणका उपाय सिकाउनेलगायतका गतिविधि सञ्चालन भइरहेका छन्।

त्यसैगरी पातारासी र तातोपानी गाउँपालिकामा मार्सी धान बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम पनि सुरु गरिएको छ। यसका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। किसानलाई बिउ, सिटबिन, त्रिपाल, मिनिटेलर, थ्रेसर मेसिन उपलब्ध गराउनुका साथै प्रांगारिक मल उत्पादन र कम्बाइन मिल स्थापना गर्ने काम पनि भइरहेको छ।

संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार बनेपछि जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ। प्रदेशसभा सदस्य हुँदै कानुनमन्त्री बनेका नरेश भण्डारीको पहलमा २०७७ जेठ १२ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त दिनलाई धान दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस