सुस्ताएको घरजग्गा कारोबारमा उभार
२३ मंसिर २०८२
•
३ मिनेट पाठ
सुस्ताएको घरजग्गा कारोबारमा उभार
जेन-जी आन्दोलनपछि सुस्ताउदै गएको घरजग्गाको कारोबार मंसिर लागेपछि ह्वात्तै बढेको पाइएको छ।




भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको भूमि व्यवस्थापन विभागका अनुसार कात्तिक १ देखि १५ गतेसम्मको तुलनामा मंसिर १ देखि १५ गतेसम्म घरजग्गा कारोबार ३०१ प्रतिशतले वृद्धि भएको छ।

‘देशभरिका १३५ वटा मालपोत कार्यालयबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा गत कात्तिक १ देखि १५ गतेसम्म घरजग्गासम्बन्धी २० हजार ५३९ वटा कारोबार भएकोमा मंसिर १ देखि १५ गतेसम्म यो संख्या बढेर ८२ हजार ४२७ पुगेको छ,’ भूमि व्यवस्थापन विभागका कम्प्युटर अधिकृत बलराम काफ्लेले भने, ‘यो भनेको ३०१ प्रतिशतले वृद्धि भएको हो।’

विभागले हरेक महिना घर जग्गा कारोबारको विवरण वेबसाइटमा राख्छ। तथ्यांकअनुसार गत साउन १ देखि १५ गतेसम्म भएको कारोबारको तुलनामा भदौ १ देखि १५ गतेसम्म १६ प्रतिशले बढेको छ।

तर भदौ १ देखि १५ गतेसम्म भएको कारोबारको तुलनामा असोज १ देखि १५ गतेसम्मको कारोबारमा भने ४० प्रतिशतले कमी आएको छ।

त्यस्तै, असोज १ देखि १५ गतेसम्म भएको कारोबारको तुलनामा कात्तिक १ देखि १५ गतेसम्मको कारोबारमा पनि ३७ प्रतिशतले कमी देखिएको छ। ‘मंसिर लाग्नेबित्तिकै कारोबार ह्वात्तै बढेको पाइएको छ’, काफ्लेले भने।

घरजग्गा कारोबार बढेसँगै सम्बन्धित व्यवसायी पनि उत्साहित भएका छन्। सरकारको राजस्व पनि बढेको छ। विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा कारोबार निकै निराशाजनक थियो। भदौमा केही सुधार देखिए पनि असोज र कात्तिकमा सुधार हुन सकेन।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार जेन-जी आन्दोलनका क्रममा २२ वटा मालपोत तथा १४ वटा नापी कार्यालयमा आगजानी तथा तोडफोड भएको थियो।

जसमध्ये पाँच वटा मालपोत कार्यालय पूर्ण र १७ वटा आशिंक रुपमा क्षति भएका थिए। आगजानी भएका नापी कार्यालयमध्ये आठ वटा पूर्ण रूपमा र ६ वटा आशिंक रुपमा क्षति भएका थिए। आगजनी तथा तोडफोडबाट क्षति भएका मालपोत तथा नापी कार्यालयहरू सञ्चालनमा आइसकेको मन्त्रालयले जनाएको छ।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०८०/८१ को साउन महिनामा भएको घरजग्गा कारोबारको तुलनामा आव २०८२/८३ को सोही अवधिमा कारोबार घटेको छ।

गत आवमा साउनमा देशभरि एक लाख २७ हजार दुई सय ६ वटा जग्गासम्बन्धी कारोबार भएका थिए। चालु आवको साउनमा भने एक लाख चार हजार दुई सय १८ वटा मात्र कारोबार भएको छ। अघिल्लो अवको साउनको तुलनमा चालु आवको साउनमा २० प्रतिशतले जग्गाको कारोबार घटेको यसबाट देखिन्छ।

करिब पाँच सय स्थानीय तहले अझै पनि जग्गाको वर्गीकरण गरेका छैनन्। जग्गा वर्गीकरण नभएका स्थानीय तहमा कित्ता काटमा कडाइ गरिएको छ।

यति हुँदाहुदै पनि मंसिर लागेपछि घरजग्गासम्बन्धी कारोबार बढ्नु सुखद विषय भएको मन्त्रालयका कर्मचारी बताउँछन्। साउनमा बैंकबाट ऋण लिने प्रक्रिया अलि लामो हुन्छ।

बैंकहरूले असार महिनामा कारोबार टुंग्याउने भएकाले साउनमा नयाँ प्रक्रिया सुरु हुन्छ। साउनबाट प्रक्रिया सुरु गरेपछि भदौमा ऋण पाउने सम्भावना हुन्छ।

भदौमा भएको जेन-जी आन्दोलनपछि ऋण लिने प्रक्रियामा अवरोध उत्पन्न भयो। त्यसैले साउन, भदौ र असोज महिनामा घरजाग्गासम्बन्धी कारोबार घटेको हुन सक्ने विभागका कर्मचारीको अनुमान छ।

असोज र कात्तिकमा ठुला पर्वका कारण सार्वजनिक बिदा धेरै भएकाले कारोबार घटेको अनुमान उनीहरूको छ।

विभागका अनुसार समग्रमा अहिले देशमा महिला जग्गाधानीको संख्या ४४ लाख ८३ हजार पाँच सय ३१ छ। यो भनेको ३९ प्रतिशत हो। सहरी क्षेत्रमा भने महिला जग्गाधनीको प्रतिशत ५० प्रतिशत हाराहारीमा पुगेको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा पुरुष र महिलाका नाममा जग्गासम्बन्धी कारोबार करिबकरिब बराबर भएको देखिन्छ। आव २०८०/८१ मा जग्गा कारोबारमा जोडिएका महिलाको संख्या चार लाख दुई सय ४१ र पुरुषको संख्या चार लाख तीन हजार चार सय ५१ पुगेको थियो।

देशभरि तीन करोड २८ लाख ४७ हजार ६३२ कित्ता जग्गा छन्। जसमध्ये पुरुषका नाममा दुई करोड २० लाख २४ हजार १७० र महिलाका नाममा ९७ लाख ६१ हजार सात सय ९५ कित्ता छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस