सुख्खाग्रस्त नरैनापुरमा सिक्टाको सिँचाइ सपना : किसानमा पलायो नयाँ आशा
२० जेष्ठ २०८३
•
४ मिनेट पाठ
सुख्खाग्रस्त नरैनापुरमा सिक्टाको सिँचाइ सपना : किसानमा पलायो नयाँ आशा
लगातारको खडेरी, अनियमित वर्षा र दोहोरिँदै आएको कृषि संकटका कारण बाँकेको नरैनापुर गाउँपालिका पछिल्ला केही वर्षयता सुख्खाग्रस्त क्षेत्रका रूपमा चिनिँदै आएको छ।




धान उत्पादनका लागि प्रसिद्ध मानिने यो क्षेत्र वर्षा नहुँदा बर्सेनि खाद्य संकटको जोखिममा झेलिरहेको छ। यस्तै अवस्थामा सिक्टा सिँचाइ आयोजनाले नरैनापुरका हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने तयारी थालेपछि स्थानीय किसानमा नयाँ आशा पलाएको छ।

सिक्टा सिँचाइ आयोजनाले बाँकेको पूर्वतर्फको मूल नहरमार्फत ९ हजार हेक्टर तथा पश्चिमतर्फको मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ। आयोजनाअन्तर्गत पूर्वी मूल नहरका विभिन्न शाखा नहरमार्फत मात्र ४ हजार ८११ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्य राखिएको छ।

यसै योजनाअनुसार नरैनापुर गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा सिँचाइ सुविधा पुर्‍याउन पूर्वी मूल नहरको चेनज ३७ दशमलव ६७५ किलोमिटरदेखि ४४ दशमलव ८०० किलोमिटरसम्म ठेक्का प्रक्रियासम्बन्धी सूचना प्रकाशन गरिएको छ। आयोजनाअन्तर्गत नरैनापुर क्षेत्रमा मात्रै २ हजार ५५५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ। यसका लागि ७.१२ किलोमिटर लामो मूल नहर, ४.५५ किलोमिटर लामो शाखा ५, ३.५३ किलोमिटर लामो शाखा ६ तथा ३.२४ किलोमिटर लामो शाखा ७ नहर निर्माण गरिनेछ।

लामो समयदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका नरैनापुरका किसानका लागि यो योजना निकै महत्त्वपूर्ण मानिएको छ। यहाँका अधिकांश किसानले धान, गहुँ, तोरी र दलहन बाली उत्पादन गर्दै आएका छन्। तर वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझो रहने समस्या बढ्दै गएको छ। २०७९ सालमा जिल्ला विपद् व्यवस्थापन समितिले समेत नरैनापुरको अवस्था गम्भीर बन्दै गएको निष्कर्ष निकाल्दै लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिसकेको छ। त्यस वर्ष नरैनापुरमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो। यहाँका करिब ९० प्रतिशत परिवार प्रत्यक्ष रूपमा कृषिमा निर्भर छन्। धान रोपाइँको समयमा पर्याप्त वर्षा नहुँदा धेरै खेतमा रोपाइँ हुन नसकेको अवस्था छ।

गत वर्षसमेत बेमौसमी वर्षाका कारण खेतमै पाक्न लागेको धानबाली नष्ट भएपछि किसान थप समस्यामा परेका थिए। उत्पादनमा लगातार गिरावट आउन थालेपछि नरैनापुर गाउँपालिकाले यसअघि नै आफूलाई सुख्खा प्रभावित क्षेत्र घोषणा गरिसकेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १६ (२) (न) अनुसार नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पर्याप्त सिँचाइ सुविधा, वैकल्पिक बाली व्यवस्थापन तथा राहत कार्यक्रम सञ्चालनका लागि प्रदेश र संघीय सरकारसमक्ष सिफारिस गरिएको हो।

यता सिक्टा सिँचाइ आयोजनाले निर्माण कार्यलाई चरणबद्ध रूपमा अघि बढाइरहेको जनाएको छ। आयोजनाका निर्देशक राजु आचार्यका अनुसार अहिले ४४.८०० किलोमिटरदेखि ५४.६८० किलोमिटरसम्मको खण्डमा पूर्व पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन भइरहेको छ। अध्ययन सम्पन्न भएपछि उक्त खण्डमा पर्ने मूल नहर तथा शाखा ८, शाखा ९, शाखा १० र शाखा ११ नहर निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइनेछ। आयोजनाका सूचना अधिकारी मनोजकुमार साहले नरैनापुर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि खेती प्रणालीमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे। उनका अनुसार अहिले निर्माण गर्न लागिएका शाखा नहरहरूले ठूलो क्षेत्र समेट्ने भए पनि भौगोलिक बनावटका कारण केही माथिल्लो भूभागमा सतही सिँचाइ पुर्‍याउन कठिनाइ हुने देखिएको छ।

यही अवस्थालाई ध्यानमा राख्दै शाखा ५, शाखा ६ र शाखा ७ नहरबाट प्रत्यक्ष रूपमा सिँचाइ हुन नसक्ने माथिल्लो क्षेत्रका लागि लिफ्ट सिँचाइ प्रणालीको व्यवस्थापन गर्ने तयारीसमेत भइरहेको छ। इन्जिनियर विनेश श्रेष्ठका अनुसार नहरको सतहभन्दा माथि रहेका खेतमा पानी पुर्‍याउन आधुनिक प्रविधिमा आधारित लिफ्ट सिँचाइ प्रणाली प्रयोग गरिनेछ।

स्थानीय किसानहरू भने वर्षौंदेखिको पानीको समस्या अन्त्य हुने आशामा छन्। नरैनापुर गाउँपालिका–५ जमुनाहका किसान जलिल मनिहारले सिक्टा सिँचाइ योजनाले गाउँका किसानमा नयाँ उत्साह थपेको बताए। उनले भने, ‘सुख्खा क्षेत्रमा सिक्टाको सिँचाइ योजनाले आशा बढाएको छ। यहाँका किसान खुसी छन्। सिँचाइ पुगे भने यहाँको खेतीपाती पुरानै तरिकाले सञ्चालन हुनेछ। वर्षाको भरमा बस्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरेका छौँ।’

स्थानीय कृषकहरूका अनुसार पर्याप्त सिँचाइ सुविधा उपलब्ध भएमा नरैनापुरमा धान उत्पादन मात्र होइन, वर्षभरि विभिन्न नगदे बाली र तरकारी खेतीसमेत विस्तार गर्न सकिनेछ। यसले कृषि उत्पादन बढ्नुका साथै स्थानीय रोजगारी र आम्दानीमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

कृषि विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा वर्षाको स्वरूप अनिश्चित बन्दै गइरहेको अवस्थामा स्थायी सिँचाइ पूर्वाधार नै खाद्य सुरक्षाको प्रमुख आधार बन्न सक्छ। नरैनापुरजस्ता वर्षेनि खडेरीको मारमा पर्ने क्षेत्रका लागि सिँचाइ परियोजनाहरू केवल पूर्वाधार निर्माणका कार्यक्रम मात्र नभई खाद्य सुरक्षा, गरिबी न्यूनीकरण र कृषिमा आत्मनिर्भरता हासिल गर्ने आधारसमेत हुन्।

वर्षौंदेखि आकाशतर्फ हेरेर खेतीको योजना बनाउँदै आएका नरैनापुरका किसान अहिले भने सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणतर्फ आशाका साथ नजर लगाइरहेका छन्। निर्माण कार्य समयमै सम्पन्न भए नरैनापुरको सुख्खा जमिन फेरि हरियालीले ढाकिने र खडेरीको चिन्ता क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ।
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
५४ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस