‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा
०२ जेष्ठ २०८३
•
४ मिनेट पाठ
‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा
सुवामा नौ वटा राष्ट्रिय गौरवका जलविद्युत् योजनाले उत्पादन दिन थालेका छन्।




यी आयोजनाको उत्पादनसँगै यहाँ समग्र उत्पादन क्षमता तीन ६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपालको जलस्रोत विकास इतिहासमा पहिलोपटक यहाँ २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र भूमिगत संरचनाबाट निर्माण गरिएको थियो।

उक्त आयोजनाबाट प्राप्त अनुभव र प्रविधिलाई आधार मानेर पछिल्ला आयोजनासमेत आधुनिक तथा सुरक्षित ढाँचामा निर्माण हुँदै आएका छन्।

रसुवामा उत्पादन चरणअन्तर्गत अगाडि बढिसकेका ती आयोजनामा २० मेगावाट चिलिमे जलविद्युत् केन्द्र, पाँच मेगावाट तल्लो मैलुङ खोला, ६० मेगावाट  माथिल्लो त्रिसूली-३ ए, १४ दशमलव आठ मेगावाट माथिल्लो साङ्जेन ४२ दशमलव पाँच मेगावाट तल्लो साङ्जेन, एक सय ११ मेगावाट रसुवागढी, १४ दशमलव तीन मेगावाट अपर मैलुङ, ७८ मेगावाट साङ्जेन खोला रहेका छन् भने २० मेगावाट लाङ्टाङ जलविद्युत् आयोजना उत्पादन परीक्षण चरणमा रहेको छ।

यी आयोजनाबाट हाल कुल तीन सय ६५ मेगावाट विद्युत् उत्पादन क्षमता स्थापित भइसकेको छ।

सुक्खायामले उत्पादनमा असर

हिउँदको सुक्खा मौसमका कारण हिमाली क्षेत्रका खोलाहरूमा जल प्रवाह घट्दा विद्युत् उत्पादनमा कमी आएको छ। नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापाका अनुसार हाल दैनिक करिब एक लाख २० हजार युनिट मात्र उत्पादन भइरहेको छ।

हिमाली क्षेत्रमा तापक्रम क्रमशः बढ्दै हिमपग्लन सुरु भएको तथा मनसुन नजिकिएकाले आगामी दिनमा लक्ष्यअनुसार उत्पादन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।

प्राधिकरणले सुक्खायाममा उत्पादक कम्पनीहरूलाई प्रतियुनिट आठ रुपैयाँ ४० पैसाका दरले मासिक करिब दुई करोड ४१ लाख भुक्तानी गर्दै आएको जनाएको छ।

भूमिगत संरचनाको नमूना जिल्ला

चिलिमे जलविद्युत् आयोजनाबाट सिकिएको सीप प्रयोग गर्दै रसुवागढी आयोजनामा ड्यामबाहेक अधिकांश संरचना भूमिगत रूपमा निर्माण गरिएका छन्।

यद्यपि, गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले ड्याममा क्षति पुर्‍याएपछि पुनःनिर्माणका लागि विद्युत् सटडाउन अनुमति दिइएको छ।

यस्तै, साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेका दुई आयोजना अर्ध–भूमिगतबाट निर्माण गरिएको प्राविधिकहरूले बताएका छन्।

निर्माणाधीन आयोजना

रसुवामा हाल तीन ठूला आयोजना निर्माण चरणमा रहेका छन्। यी आयोजनाबाट थप ३५६ मेगावाट विद्युत् उत्पादन हुने तयारी छ।

आयोजना सम्पन्न भएपछि रसुवाले मात्रै सात सय एक मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन सक्ने रसुवागढी जलविद्युत् आयोजनाका पूर्वकार्यकारी निर्देशक माधवप्रसाद कोइरालाको भनाइ छ।

निर्माणको अन्तिम चरणमा रहेका आयोजनामा दुई सय १६ मेगावाटको अपर त्रिसूलीवान, ६० मेगावाटको फलाखु खोला, एक सय २० मेगावाटको भोटेकोशी रहेका छन्।

यी आयोजनाको निर्माण प्रगति ५० प्रतिशतभन्दा माथि पुगेको प्राधिकरणले जनाएको छ।

सडक निर्माणसँगै जलस्रोत विकास

भौगोलिक रूपमा विकट यस जिल्लामा जलविद्युत् विकासको आधारका रूपमा सडक निर्माणलाई लिइएको छ।

तत्कालीन राष्ट्रिय पञ्चायत उपाध्यक्ष दावाफिन्जो तामाङको पहलमा राजा वीरेन्द्रको पहलमा नेपाली सेनाले यहाँ सडक निर्माण गरेको थियो।

नुवाकोटको ढुङ्गेदेखि सोम्दाङ–सिसाजस्ता खानी क्षेत्र लक्षित गरी जोडिएको सडक प्रयोग गरी जलस्रोत अध्ययन र आयोजना निर्माण सम्भव भएको जिल्ला विकास समितिका तत्कालीन सभापति मिलन तामाङले बताए।

जलविद्युत्ले ल्यायो सामाजिक रूपान्तरण

पहिलो चिलिमे आयोजना सञ्चालनपछि स्थानीयस्तरमा रोजगारी वृद्धि, पूर्वाधार विकास र नागरिकलाई सेयर वितरणले जिल्लामा आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुगेको छ। यहाँ चिलिमे, रसुवागढी र साङ्जेन आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराएका छन्।

यसरी सेयर पाउनुका साथै स्थानीयस्तरमा अन्य आर्थिक गतिविधि बढ्दा स्थानीय नागरिक लाभान्वित हुन थालेका जिल्ला विकास समितिका तत्कालीन सभापति तामाङको भनाइ छ।

‘यहाँको जलविद्युत्ले राष्ट्रिय रुपमा मात्र योगदान गरिरहेको छैन, स्थानीय नागरिकको जीवनस्तरमा पनि प्रभाव पारिरहेको छ। यस कार्यले आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ’, उनले भने।

राष्ट्रिय गौरव र ‘लोडसेडिङ’ अन्त्यको आधार

एक समय दैनिक लोडसेडिङको समस्याबाट गुज्रिएको नेपाल आज विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नुमा रसुवाका जलविद्युत् आयोजनाहरूको ठूलो योगदान रहेको छ।

यहाँको कठिन भूगोल, मौसम र जोखिमका बाबजुद निरन्तर खटिएका जलस्रोत प्राविधिक, इञ्जिनियर तथा श्रमिकहरूको मेहिनतले देशको ऊर्जा आत्मनिर्भरता सम्भव भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन्।  

जलस्रोत सम्भावनाले भरिपूर्ण रसुवा जिल्ला अब नेपालको ‘ऊर्जा राजधानी’ का रूपमा चिनिन थालेको उनले भनाइ छ।

‘राष्ट्रिय गौरवका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुँदै जाँदा जिल्लाले मात्र होइन, समग्र राष्ट्रले आर्थिक समृद्धि, औद्योगिक विकास र ऊर्जा सुरक्षामा नयाँ उचाइ हासिल गर्नेछ। यो जिल्लाकै लागि गौरवको विषय हो’, तामाङले भने।  
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३२ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस