ऐतिहासिक र धार्मिक 'शेरा खेत'मा रोपाइँ
१४ जेष्ठ २०८३
•
४ मिनेट पाठ
ऐतिहासिक र धार्मिक 'शेरा खेत'मा रोपाइँ
जुम्लाको चन्दननाथको शेरा खेतमा रोपाइँ गर्दै स्थानीय। तस्बिर : गोल्डेन बुढा/नागरिक।
जुम्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा परम्परागत रूपमा जुम्ली कालीमार्सी धान रोपाइँ गरिएको छ। धार्मिक आस्था, ऐतिहासिक विरासत, कृषि सभ्यता र जुम्ली पहिचानसँग गाँसिएको उक्त शेरा जिउलोमा हरेक वर्ष जेठ १४ गते मार्सी धान रोप्ने परम्परा रहिआएको छ।




परम्परागत रूपमा रोपिँदै आएको जुम्ली कालीमार्सी धानलाई चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर जुम्लामा खेती सुरु गरेको जनविश्वास छ। यही ऐतिहासिक र धार्मिक मान्यतालाई निरन्तरता दिँदै मन्दिरको शेरा खेतमा बिहीबार पनि विधिपूर्वक रोपाइँ गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए।

उनका अनुसार चन्दनाथ बाबाको शेरा जिउलोमा परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ। “यो केवल खेती मात्र होइन, जुम्लाको धार्मिक आस्था, संस्कार र सभ्यतासँग जोडिएको जीवित परम्परा हो,” अध्यक्ष थापाले भने।

रोपाइँका क्रममा परम्परागत रूपमा मागल गाउने, पञ्चेबाजा बजाउने तथा सामूहिक रूपमा खेतमा ओर्लिने चलन रहिआएको भए पनि पछिल्लो समय ती मौलिक सांस्कृतिक अभ्यास विस्तारै हराउन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। पुस्तान्तरणसँगै आधुनिकताको प्रभाव बढ्दै जाँदा जुम्लाको मौलिक कृषि संस्कृति संकटमा पर्न थालेको स्थानीयको गुनासो छ।

गुठीका नायब सुब्बा रत्नाप्रसाद आचार्यका अनुसार यस वर्ष मन्दिरको शेरा खेतअन्तर्गत २२ भारी क्षेत्रफलमा मार्सी धान रोपिएको छ। रोपाइँ कार्यक्रममा स्थानीय बासिन्दा, चन्दननाथ नमूना माध्यमिक विद्यालयका विद्यार्थी, स्थानीय महिला, चन्दननाथ बहुउद्देश्यीय सहकारीका महिला कर्मचारी तथा नागरिक अगुवाको उल्लेख्य सहभागिता रहेको थियो।

समुद्री सतहदेखि करिब ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो विश्वकै उच्च स्थानमा धान फल्ने क्षेत्रमध्ये एक मानिन्छ। कठोर हिमाली भूगोल र चिसो हावापानीका बीच उत्पादन हुने जुम्ली मार्सी धान केवल कृषि उत्पादन नभई जुम्लाको ऐतिहासिक पहिचान र जीवनपद्धतिको अभिन्न हिस्सा बनेको छ।

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले छुमचौर क्षेत्रमा उत्पादन हुने मार्सी धान खेती संरक्षण र प्रवर्द्धनका लागि सरकारले विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। “मार्सी जुम्लाको पहिचान हो। यसको संरक्षण नगर्ने हो भने हाम्रो मौलिक कृषि सभ्यता नै संकटमा पर्न सक्छ,” उनले भने।

यता, अहिले जुम्लाभर मार्सी धान रोपाइँको चटारो सुरु भएको छ। किसान बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन्। पातारासी गाउँपालिका–३ छुमचौर गाउँकी कमला महताराका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ चल्ने गर्दछ।

पछिल्लो समय जुम्ली मार्सी चामलले राष्ट्रिय बजार पाउन थालेपछि किसानको आकर्षण पनि बढ्दै गएको छ। अहिले मार्सी चामल प्रतिकेजी १ सय ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ। स्वास्थ्यका दृष्टिले पोषिलो, स्वादिलो तथा हिमाली जैविक उत्पादनका रूपमा स्थापित हुँदै गएपछि यसको माग देशभर बढिरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लामा उत्पादन हुने मार्सी चामलको माग बढ्दै जाँदा खेती विस्तारसमेत बर्सेनि बढिरहेको छ। उनका अनुसार जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाअन्तर्गत सिँजा–चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट तथा विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौर क्षेत्रमा अहिले जुम्ली काली र रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ।

उनका अनुसार चन्दननाथ–१ र चन्दननाथ–३ जात सिफारिस भइसकेका छन् भने मार्सी–१८, २० र २२ परीक्षणको चरणमा रहेका छन्।

कृषि विकास कार्यालयको तथ्यांकअनुसार जुम्ली मार्सी चामलबाट वार्षिक करिब ३ करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यस वर्ष ६ हजार १ सय २५ मेट्रिक टन उत्पादन भएको छ भने अघिल्लो वर्ष २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय ८७ मेट्रिक टन उत्पादन भएको थियो। यो अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो। रोपाइँ क्षेत्र घटेर २ हजार ८८ हेक्टरमा सीमित भए पनि उत्पादन भने बढेको तथ्यांकले देखाएको छ।

तर, उत्पादन वृद्धि भइरहे पनि परम्परागत खेतीयोग्य जमिन भने घट्दै गएको स्थानीयको गुनासो छ। कुनै समय ८० मुरीसम्म मार्सी उत्पादन हुने खेतबारी अहिले ३० मुरीमै सीमित हुन थालेका छन्। खेतीयोग्य जमिन बाँझिने, युवापुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुने तथा परम्परागत कृषि प्रणाली कमजोर बन्दै जाँदा जुम्ली मार्सीको मौलिकता जोगाउने चुनौती थपिएको छ।

इतिहास र किंवदन्तीअनुसार जुम्ली मार्सी धानको परीक्षण सन् १०९८ मा गरिएको थियो भने सन् १११२ बाट यसको औपचारिक खेती सुरु भएको मानिन्छ। करिब नौ सय वर्ष पुरानो इतिहास बोकेको जुम्ली मार्सी आज पनि जुम्लाको धार्मिक संस्कार, कृषि परम्परा, स्थानीय अर्थतन्त्र र सांस्कृतिक अस्तित्वको महत्वपूर्ण आधार बनेर उभिएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस