विगतका व्यवहारले ऋण लिन डराउनुपर्ने अवस्था छ : अध्यक्ष अग्रवाल
२० साउन २०८२
•
२ मिनेट पाठ
विगतका व्यवहारले ऋण लिन डराउनुपर्ने अवस्था छ : अध्यक्ष अग्रवाल
नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विगतका गलत नीतिगत व्यवस्थाले ब्याजदर सस्तो हुँदा पनि ऋण लिन उद्योगी व्यवसायीले आँट गर्न नसकेको बताएका छन्। सोमबार चेम्बरअफ कमर्स मोरङको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटनसत्रमा अध्यक्ष अग्रवालले ऋणको ब्याज सस्तो हुँदा पनि उद्योगी व्यवसायीले ऋण लिएर उद्योग सञ्चालन गर्न आँट नगरेको बताएका हुन्।  




उनले विगतमा राष्ट्र बैंकको गलत नीतिका कारण ऋणको ब्याजदर १७/१८ प्रतिशतसम्म पुगेको बताए। ६–७ प्रतिशत ब्याजदरमा ऋण लिने तर केही वर्षमै ब्याजदर दोब्बरभन्दा बढी पुग्ने गरेका कारण ऋण लिनसमेत डराउनुपर्ने अवस्था रहेको अग्रवालको भनाइ छ। उनले भने, ‘सस्तोमा ऋण लिएर उद्योग खोल्यो, उद्योगले उत्पादन थाल्दा नथाल्दै ब्याजदर आकाशिएर ऋण तिर्नै गााह्रो हुने भएकाले नेपालमा ऋण लिन पनि उद्योगी व्यवसायी डराईरहेका छन्।’ 

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बजारमा माग सृजना हुन नसकिरहेको बताए। उनले बजारमा माग नहुँदा हाल उद्योगहरूले क्षमताको ५० देखि ६० प्रतिशत मात्रै उत्पादन गरिरहेको बताए। सरकारको पुँजीगत खर्च न्यून हुँदा पनि बजार प्रभावित भइरहेको राउतको भनाइ छ। राउतले चोरी पैठारी नियन्त्रण नभई नेपालको व्यापार फष्टाउन नसक्ने स्पष्ट पारे।  

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले कोशी प्रदेशमा सोचे जसरी उद्योगको विकास गर्न नसकेको बताएका छन्। उनले विराटनगर आउँदा बाटामा विस्कुटको बास्ना आउने गरेकोमा अहिले आउन छाडेको भन्दै नयाँ उद्योग थप्नुको साटो पुरानो पनि जोगाउन नसकेको अवस्था रहेको  धारणा राखे। उनले कोशी प्रदेश सरकारले पर्यटन र कृषिलाई विषेश प्राथमिकतामा राखेको बताए। कोशी प्रदेशमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत रहेको उनको भनाइ छ।

विराटनगरमा भारतर्फ किनमेल गर्न जाने गरेका कारण व्यवसाय सुकेको गुनासो बारम्बार आइरहेको भन्दै उनले आफैँ भारतीय बजारमा किनमेल गर्न जाने अनि गुनासो पनि आफैँ गर्ने प्रवृत्ति ठीक नभएको बताए।  

उनले कोशी प्रदेशमा  व्यवसायीक वातावरण तयार पार्नका लागि प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सबैखालको सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा विराटनगरका न्यूरो अस्पताल, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, श्रीराम आयल, क्वालिटी रिफाइन गरी लगायतलाई सम्मान गरिएको थियो। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस