जुम्लाका परानको विशाल स्याउ बगैँचा र ललितजंगको सफल एग्रो फर्म
२४ असार २०८३
•
४ मिनेट पाठ
जुम्लाका परानको विशाल स्याउ बगैँचा र ललितजंगको सफल एग्रो फर्म
रोजगारीको खोजीमा जुम्लाका धेरै युवा विदेशिने क्रम बढिरहेका बेला दुई युवाले भने कृषिलाई नै भविष्यको आधार बनाउँदै जिल्लामा सफल उद्यमको उदाहरण प्रस्तुत गरेका छन्।  




एकातिर १४ हजार बिरुवासहित जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक स्याउ बगैँचा स्थापना गर्ने परान धराला छन् भने अर्कोतर्फ वार्षिक ६० लाख रुपैयाँ कारोबार गर्ने हिमालयन एग्रो फर्मका सञ्चालक ललितजंग महत।

१४ हजार बिरुवासहित जिल्लाकै ठूलो स्याउ बगैँचा

तातोपानी गाउँपालिका–१ राका का परान धराला ले तातोपानी–५ ऐरेनी मा ३२ हजार वर्गमिटर जग्गा लिजमा लिएर १४ हजार किराप जातका स्याउका बिरुवा रोपेका छन्। करिब ८० लाख रुपैयाँ लगानी मा स्थापना गरिएको बगैँचा जुम्ला–सुर्खेत कर्णाली राजमार्ग छेउमा रहेको छ।

१५ वर्षदेखि तरकारी खेती र स्याउ नर्सरीमा संलग्न धरालाले तीन वर्षभित्र उत्पादन सुरु गरी वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्।

“हामीजस्ता युवाले त्यसै बस्नु त भएन नि। ऋण खोजेरै राम्रो जातका स्याउको ठूलो बगैँचा बनाएको छु,” धरालाले भने।

उनको योजनामा कृषि विकास कार्यालय जुम्लाले स्याउ–ओखर कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ (५० प्रतिशत) अनुदान उपलब्ध गराएको छ। उक्त रकम बिरुवा खरिद, खाडल खन्ने, मोटर जडान तथा घेराबार मा खर्च गरिएको छ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारी का अनुसार यस वर्ष जुम्लामा २० वटा नयाँ स्याउ बगैँचा थपिएका छन्। तीमध्ये परान धरालाको बगैँचा क्षेत्रफल र बिरुवाको संख्याका हिसाबले जिल्लाकै सबैभन्दा ठूलो हो।

धरालाले बगैँचाका लागि लिएको जग्गाको वार्षिक ८ देखि १० लाख रुपैयाँ भाडा तिर्ने सम्झौता गरेका छन्। प्रति वर्गमिटर ३० रुपैयाँ का दरले भाडा तिर्नुपर्ने भएकाले उत्पादन आउनुअघि नै ठूलो आर्थिक जोखिम उठाएका छन्।

ललितजंगको एग्रो फर्मबाट वार्षिक २५ लाख रुपैयाँ नाफा

यता चन्दननाथ नगरपालिका–७ महतगाउँ का ललितजंग महत ले सञ्चालन गरेको हिमालयन एग्रो फर्म जुम्लामा व्यावसायिक हाँस तथा कुखुरापालनको नमूना बनेको छ।

दुई हजार वर्गमिटर आफ्नै जग्गामा सञ्चालित फार्ममा स्थानीय जातका हाँससहित साकीनी, खजुरा साकीनी, न्यू ह्याम्पसायर, घाँटीखुइले, सांगिनी, उल्टे र गिरीराज लगायतका विभिन्न प्रजातिका कुखुरा पालिएका छन्। हाल फार्ममा एक सयभन्दा बढी हाँस, ८० वटा टर्की, लौकट तथा एक सयभन्दा बढी कुखुरा छन्।

चार वर्षअघि ३० लाख रुपैयाँ लगानीबाट सुरु गरिएको फार्ममा अहिले करिब ८० लाख रुपैयाँ लगानी पुगेको छ। महतका अनुसार फार्मबाट वार्षिक करिब ६० लाख रुपैयाँ कारोबार हुने गरेको छ भने २५ लाख रुपैयाँ शुद्ध आम्दानी भइरहेको छ। हालसम्म फार्मबाट करिब एक करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ।

“म प्रकृतिप्रेमी छु। यही कर्ममा रमाउन पाउँदा आनन्द मिल्छ,” महतले भने।

फार्ममा वर्षायाममा स्थानीय रूपमा उत्पादन हुने मकै, जौ र गहुँबाट तयार गरिएको दाना प्रयोग गरिन्छ भने हिउँदमा आवश्यक दाना नेपालगञ्जबाट ल्याइन्छ। बजारको माग बढे पनि उत्पादनले सबै माग धान्न नसकेको महत बताउँछन्।

पुरस्कारबाट सम्मानित उद्यमी

कृषिमा उल्लेखनीय योगदान पुर्‍याएबापत ललितजंग महत कर्णाली प्रदेश सरकारको ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’ बाट सम्मानित भइसकेका छन्। उनले ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्राप्त गरेका छन्। त्यस्तै सामाजिक विकास मन्त्रालयको महिला उद्यमी पुरस्कारअन्तर्गत एक लाख रुपैयाँ राशिको पुरस्कार समेत पाएका छन्।

उनको लक्ष्य हिमालयन एग्रो फर्मलाई कृषि र पर्यटन प्रवर्द्धनको नमूना केन्द्र का रूपमा विकास गर्ने रहेको छ।

सरोकारवालाको अनुगमन, विदेशिने क्रम भने कायमै

यसैबीच जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य को नेतृत्वमा कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलगायतका सरोकारवाला निकायको टोलीले परान धरालाको स्याउ बगैँचाको अनुगमन गरेको छ।

यद्यपि, जुम्लाबाट वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम भने रोकिएको छैन। जिल्ला प्रशासन कार्यालय का अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ को असोज मसान्तसम्म ३ हजार ७ सय ५६ जनाले राहदानी बनाएका छन्।

तीमध्ये आर्थिक वर्ष २०८१/८२ मा ६३२, २०८०/८१ मा ७८३, २०७९/८० मा १,४०५, २०७८/७९ मा ६०० र २०७७/७८ मा ३३६ जनाले राहदानी लिएका छन्।

विदेशिने युवाको संख्या बढ्दै गए पनि परान धराला र ललितजंग महतजस्ता युवाले स्वदेशमै कृषि उद्यमबाट सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस