सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै निगमको संरचनागत र व्यवस्थापकीय सुधारका लागि यस्तो नीति लिइएको जानकारी दिए।
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले निगमलाई कम्पनी मोडलमा लगेर रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गरिने बताए।
लामो समयदेखि ऋणको भार र व्यवस्थापकीय कमजोरी झेल्दै आएको निगमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सरकारले यो कदम चालेको हो।
अर्थमन्त्री वाग्लेले भने, ‘नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौं।’