नेपालमा रेल ल्याउन एक वर्षमै एक अर्बभन्दा बढी खर्च
०६ जेष्ठ २०८३
•
५ मिनेट पाठ
नेपालमा रेल ल्याउन एक वर्षमै एक अर्बभन्दा बढी खर्च
नेपालमा रेल सेवाको विकास र विस्तारका लागि एक वर्षमा एक अर्बभन्दा बढी रुपैयाँ खर्च भएको छ। सुरक्षित, सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवासम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लिखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ।




राज्यले रेल सेवा विकास गर्ने नाममा हरेक वर्ष अर्बौ रुपैयाँ खर्च गर्ने गरेको छ । त्यही अनुसार बजेट छुट्याउने गरेको छ तर त्यसबाट उपलब्धि भने छैन । रेलको नाममा राज्यले गर्ने खर्च बालुवामा पानी खन्याए सरह भएको छ।

महालेखा परीक्षक कार्यालयको ६३औं वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार आर्थिक वर्ष २०८१÷८२ मा रेल विभाग तथा मातहतका निकायको लागि दुई अर्ब १८ करोड ६३ लाख बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये उक्त आवमा एक अर्ब चार करोड ६८ लाख खर्च भएको छ।

त्यसको अघिल्लो आर्थिक वर्षमा यो रकमभन्दा तीन गुणाभन्दा बढी खर्च भएको थियो । प्रतिवेदन अनुसार आव २०८०÷८१ मा रेल सेवासम्बन्धी अनुसन्धान गर्ने र रेल सेवा विस्तार गर्न सम्भाव्य ठाउँहरूको अध्ययन गर्ने नाममा तीन अर्ब ६९ लाख खर्च भएको थियो । त्यतिबेला पनि त्यो खर्चबाट उपलब्धि शून्य नै थियो।

रेल–वे विस्तारको नाममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दर्जनौं योजना बनाएको छ भने ६ वटा कार्यालय खोलिएका छन्।

प्रतिवेदन अनुसार पूर्व–पश्चिम रेलमार्गको लम्बाई नौ सय २५ किलोमिटर र लिंकमार्ग समेत एक हजार तीन किलोमिटर विद्युतीय रेल्वे ट्र्याक स्ट्यान्डर्ड गेज निर्माण गर्न आवश्यक पर्ने जग्गाको मुआब्जा र निर्माण कार्यमा नौ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ लाग्ने अनुमान भएकोमा उक्त आवमा ७७ करोड खर्च भएको छ । यस काममा हालसम्म ३४ अर्ब २२ करोड खर्च भएको छ।

आर्थिक वर्ष २०८१÷८२ सम्म पूर्व–पश्चिम, काठमाडौं–पोखरा–तराईलगायतका दक्षिणी सीमाबाट महŒवपूर्ण औद्योगिक, व्यापारिक केन्द्र र प्रादेशिक प्रशासनिक केन्द्रहरूलाई पूर्व–पश्चिम एवं काठमाडौं–तराई रेल सञ्जालसँग आबद्ध गर्न २०९ किलोमिटर रेलमार्ग स्तरोन्नति तथा ट्रयाक निर्माण गर्ने लक्ष्य रहेकोमा २०८१ असार मसान्तसम्म जनकपुर–जयनगरसम्म ५१ किलोमिटर र जोगबनी–बथनाहा–विराटनगर खण्डमा १० किलोमिटर रेलमार्ग निर्माण भएको थियो । उक्त आवमा कुनै प्रगति भएको छैन।

बर्दीबास–निजगढ खण्डको ७० किलोमिटरमध्ये ६८ किलोमिटर ट्रयाकवेड र १६ पुल निर्माण कार्य सम्पन्न भएको छ । यसैगरी काठमाडौं उपत्यकाभित्र ७७ किलोमिटर मेट्रो रेलको सम्भाव्यता अध्ययन भएको छ तर प्रगति केही भएको छैन । अन्तरदेशीय रेलमार्गको रूपमा जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा, नेपालगन्ज रोड–नेपालगन्ज रेलमार्गको निर्माण गरी रेलसेवा सञ्चालन गर्ने लक्ष्य रहेकोमा प्रगति भएको छैन।

यसैगरी काठमाडौं उपत्यकाभित्र ७७ किलोमिटर मेट्रोरेलको सम्भाव्यता अध्ययन भएको छ । यसमा कुनै प्रगति भएको छैन । अन्तरदेशीय रेलमार्गको रूपमा जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा, नेपालगन्ज रोड– नेपालगन्ज रेलमार्ग निर्माण गरी रेलसेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । त्यसमा पनि प्रगति शून्य छ।

रेलवेको सञ्चालन र विकासको नाममा बर्सेनि अर्बौं खर्च भए पनि रेलवेको नाममा नेपालमा दैनिक एउटा रेल चल्छ । त्यो पनि घाटामा चलेको छ । २०७८ चैत २० गतेदेखि जनकपुर–जयनगर रुटमा रेल सञ्चालन सुरु भएको थियो । उक्त रेल चलाउन सुरुमा सरकारले २५ करोड रूपैयाँ रेलवे कम्पनीलाई अनुदान दिएको थियो । सरकारी अनुदानबाटै रेलवे कम्पनीले रेलको मर्मत तथा सञ्चालन गरिरहेको छ।

भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म चल्ने रेलका लागि चालक तथा प्राविधिक कर्मचारीहरू अझै पनि भारतबाट ल्याइएका छन् । तिनीहरूलाई तलब दिन मात्रै महिनामा एक करोडभन्दा बढी खर्च हुने गरेको छ । सरकारले अझैसम्म रेलको नेपाली चालकसमेत उत्पादन गर्न सकेको छैन।

रेलवे विकास र विस्तारको नाममा सरकारले रेलवे बोर्ड पनि गठन गरेको छ । रेलवे बोर्ड गठन गर्न २०७९ मै रेलवे बोर्ड ऐन २०७९ ल्याइएको थियो । सरकारले तीन वर्षअघि नेपाल रेलवे बोर्ड खारेज गर्ने निर्णय गरेको थियो तर रेलवे बोर्ड ऐन अनुसार गठन भएकाले बोर्ड खारेज हुन सकेको छैन । वर्तमान सरकारले अध्यादेश ल्याएर बोर्डका पदाधिकारीलाई पदमुक्त गरेको छ।

बोर्डको कार्यालय तत्कालका लागि विशालनगरस्थित रेलवे विभागको कार्यालय परिसरमा राखिएको छ । मन्त्रालयका अनुसार रेलवे कम्पनीमा एक सय १० जना कर्मचारी कार्यरत छन् । यसैगरी विभागमा ५० कर्मचारी कार्यरत छन् । रेलवे बोर्डमा समेत गरेर रेलका लागि करिब दुई सय कर्मचारी कार्यरत छन्।

रेलवेको विकास र सञ्चालनको नाममा रेलवे बोर्ड र रेलवे विभागले मात्र नपुगेर नेपाल रेलवे कम्पनी पनि अस्तित्वमा छ । रेलवे विभागको मातहतमा अर्को एउटा कार्यालय छ । रेलवे आयोजना निर्देशनालय गठन गरिएको छ । आयोजना निर्देशनालयका झापा र लालबन्दी गरी दुई ठाउँमा अलग अलग कार्यालय खोलिएका छन् । ती आयोजना कार्यालयहरूले मुआब्जाको नाममा वर्षमा अर्बौं बजेट खर्च गरिरहेका छन्।

भौतिक पूर्वाधार मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘रेलजस्तो ठुलो प्रकृतिको विकास पूर्वाधार निर्माण गर्दा सञ्चालन, घाटा नोक्सान, उपलब्धि, परिणाम, त्यसबाट पार्ने असरलगायत विषयमा अध्ययन हुनुपथ्र्यो तर त्यसरी अध्ययन नभई बजेट छुट्याएको देखियो ।’ ती कर्मचारीले भने, ‘यसको प्रस्ट उदाहरण हो, आर्थिक वर्ष २०७७÷७८ मा काकरभिट्टा–इनरुवा रुटमा रेलका लागि ६० अर्ब रूपैयाँको ठेक्का लगाइए पनि पछि रद्द गरियो।

बिनाअध्ययन र तयारी ठेक्का लगाइएकाले पछि रद्द गर्न सरकार बाध्य भएको हो ।’उनका अनुसार रेल सञ्चालन हुँदा त्यसले उपभोग्य वस्तुको मूल्य कति घट्छ, सञ्चालनमा कति घाटा हुन्छ, सञ्चालन घाटा बेहोर्दा पनि त्यसले त्यस क्षेत्रको आर्थिक गतिविधिमा कति फरक पार्छ भन्नेजस्ता विषयमा अध्ययन भएको छैन।

रेलवे विभागका एक उच्च कर्मचारीले भने नेपालको रेलवेको विकास र सञ्चालनमा भइरहेको खर्चको विषयमा नाफा नोक्सान हेर्न नहुने बताए । यसलाई देशको दीर्घकालीन विकासका रूपमा हेर्नुपर्ने उनको सुझाव छ।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३६ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस