एमसिसी परियोजना: १८ किलोमिटर प्रसारण लाइन र बुटवल सब स्टेसन निर्माण सुरु
१० मंसिर २०८२
•
२ मिनेट पाठ
एमसिसी परियोजना: १८ किलोमिटर प्रसारण लाइन र बुटवल सब स्टेसन निर्माण सुरु
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)अन्तर्गत १८ किलोमिटर विद्युत् प्रसारण लाइन र एक सब स्टेसन निर्माणको काम सुरु भएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट(एमसिए) नेपालले बुधवारबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रसारण लाइन र न्यु बुटवल सबस्टेशनको निर्माण सुरु गरेको हो।




विशेष कार्यक्रमका बिच अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले दुवै योजनाको काम सुरु गरेका हुन्। सँगै एमसिसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को  र एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट पनि कार्यक्रममा सहभागी थिए। 

एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुन लागेका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबिच महत्त्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्ने एमसिए नेपालले विश्वास गरेको छ। 

कार्यक्रममा अर्थमन्त्री खनालले निर्माण सुरु भएका पूर्वाधारले स्वच्छ ऊर्जामा पहुँचको विस्तार र क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धिमार्फत दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग दिने बताए। उनले भने, ‘यसले एमसिसी र एमसिए नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दै छौँ भन्ने देखाएको छ।’

कार्यक्रममा अमेरिकी राजदूत थम्पसनले नेपालमा थप भरपर्दो ऊर्जा प्रणाली निर्माणमा एक प्रतिबद्ध साझेदारका रूपमा उभिन पाउँदा अमेरिकालाई गर्व लागेको बताए। ‘प्रसारण लाइन तथा सब स्टेसन जस्ता आयोजनाले घरपरिवार तथा व्यवसायहरूका बत्ती बाल्नमा मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ। यो कार्यक्रम हामी सहकार्यबाट के कति हासिल गर्न सक्छौँ भन्ने कुराको प्रमाण हो,’ उनले भने। 

नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा एउटा नयाँ अध्याय थपिएको एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले बताए। उनले भने, ‘यी दुई पूर्वाधारले ऊर्जा व्यापार विस्तार गर्न तथा नेपालीका लागि दीर्घकालीन लाभ दिलाउनमा नयाँ अवसरहरू सिर्जना गर्नेछन्।’ 

४०० केभी क्षमताको १८ किमी प्रसारण लाइनले न्यु बुटवल सब स्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ। करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने दुवै पूर्वाधारले आगामी दशकभित्र १० हजार मेगावाट बिजुली निर्यात गर्ने नेपालको लक्ष्यलाई सघाउने विश्वास छ। 
अर्को समाचार
एमसिसीको प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान
१३ मंसिर २०७९
•
३ मिनेट पाठ
एमसिसीको प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत निर्माण गरिने प्रसारण लाइनको अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) सोमबार सार्वजनिक सूचना जारी गरेर एमसिसी परियोजना अन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेण्डर आह्वान गरेसँगै एमसिसी आयोजना निर्माण हुने बाटो खुलेको छ।  




टेण्डर आह्वान गरेसँगै एमसिसी परियोजना अन्तर्गत परियोजनाले गति लिने आशा जगाएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसीको प्रसारणलाइन निर्माणका लागि तीन लटमा छुट्याएर अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको बताए। ‘एमसिए नेपालले सन् २०२३ को मार्च २७ सम्मको म्याद राखेर टेण्डर आह्वान गरेको छ।’ एमसिए नेपालले ११९ दिनको म्याद राखेर टेण्डर आह्वान गरेको हो। पहिलो लटमा ४०० केभी क्षमताको प्रसारणलाइन लप्सेफेदी–रातमाटे–न्यु हेटौडामा ११७ किलोमिटरको निर्माण गर्न टेण्डर आह्वान गरिएको हो। त्यसैगरी दोस्रो लटमा पनि ४०० केभी क्षमताकै ९० किलोमिटर प्रसारणलाइन रातमाटे–न्यु दमौलीसम्म निर्माण गर्नका लागि आह्वान गरिएको हो।  

तेस्रो लटमा पनि ४०० केभी क्षमताकै १०८ किलोमिटर प्रसारणलाइन न्यु दमौली–न्यु बुटवल भारतीय सीमासम्म निर्माण गर्न टेण्डर आह्वान गरिएको हो। बोलपत्रमा सहभागि हुन चाहने निर्माण कम्पनी वा फर्मले आगामी चैत १३ अर्थात् मार्च २७ सम्म राखेको छ।  

एमसिए नेपालले डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ मोडलमा निर्माण गर्ने गरी टेण्डर आह्वान गरेको हो। टेण्डर प्रक्रियामा छनोट हुने कम्पनीले आफैंले डिजाइन तयार पारेर प्रसारणलाइन निर्माणको काम गर्नुपर्नेछ। निर्माणाधीन ३१५ डब्बल सर्किटको प्रसारण लाइनले ३ हजार मेगावाटभन्दा धेरै बिजुली आदान प्रदान गर्न सक्छ। एमसीसी परियोजना अन्तर्गत ६३० मिलियन अमेरिकी डलरमध्ये आयोजनाको प्रशासनिक खर्चतर्फ भने ७.४६ प्रतिशत अर्थात् ४६.९९ मिलियन अमेरिकी डलर खर्च लाग्नेछ। त्यसैगरी परियोजनाको पूर्वतयारीको लागि १२.७८ प्रतिशत रकम खर्च हुनेछ। एमसिए नेपालका अनुसार यो आयोजना कार्यान्वयनका लागि ८२.४० प्रतिशत रकम खर्च गरिनेछ।

एमसिए नेपालले ४०० सय केभीको डबल सर्किट ३१५ किलोमिटर प्रसारण लाइनको अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको हो। यो प्रसारण लाइन काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ। ३१५ किलोमिटर प्रसारण लाइनमध्ये दायाँबायाँ २३÷२३ मिटर छाडेर प्रसारण लाइन निर्माण गरिनेछ।

कस्तो कम्पनी सहभागी हुन पाउँछन्?

एमसिए नेपालका अनुसार एमसीसी परियोजनाको ठेक्का प्रक्रिया पारदर्शी ढंगको हुने बताउँदै आइरहेको छ। एमसीसीको ठेक्का प्रक्रिया फेडिक एलो बुकका अनुसार आह्वान गरिएको छ। एमसीसीको ठेक्का प्रक्रियामा संयुक्त राज्य अमेरिकाले कालोसूचीमा राखेका मुलुकहरू इरान, इराक, उत्तर कोरिया लगायतका मुलुकलेबाहेक अन्य जुनसुकै मुलुकका कन्ट्रयाक्टरले निर्माणमा प्रतिस्पर्धा गर्न पाउनेछन्। एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा सरकारी निकायबाहेक अन्य जुनसुकै निर्माण व्यवसायी पनि प्रतिस्पर्धा गर्न सक्नेछन्। टेण्डर प्रक्रियामा सहभागी हुन इच्छुक कम्पनीले एमसीसीको प्रोग्राम प्रोक्योरमेन्ट गाइडलाइन अनुसार भाग लिनुपर्नेछ।  

यसमा सबैभन्दा कम वा धेरै रकम कबोल गर्नेभन्दा पनि ठेकेदार कम्पनीले काम गर्न सक्ने वा नसक्ने पक्षलाई विशेष गरेर हेर्ने गरिन्छ। एमसिए नेपालले प्रसारण लाइन निर्माणको टेण्डर आह्वान गरेको करिब एक महिनापछि सवस्टेशन निर्माणको टेण्डर आह्वान गर्ने जनाएको छ। एमसिए नेपालले यो परियोजना निर्माणको काम भने २०८० देखि निर्माण हुने जनाएको छ। यो आयोजना इन्ट्री टु फोर्स सन् २०२३ को अगष्ट महिनादेखि गर्ने कार्यतालिका बनाइएको छ।

एमसीसीको ६ पूर्वशर्तमध्ये अहिलेसम्म ५ वटा शर्त पूरा भइसकेको छ। जग्गा प्राप्ति, रुख कटानी र निर्माण क्षेत्रमा पहुँच लगायतको एउटा शर्त मात्रै पूरा गर्न बाँकी छ। सम्भवतः यो कार्य पनि एक वर्षभित्रै सक्ने एमसिए नेपालले जनायो। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस