जलस्रोत अनुसन्धान केन्द्रमा करोडका सामग्री प्रयोगमै नआई बिग्रन थाले
३१ असोज २०८२
•
३ मिनेट पाठ
जलस्रोत अनुसन्धान केन्द्रमा करोडका सामग्री प्रयोगमै नआई बिग्रन थाले
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको एक निकायमा करोडौंका सामग्री प्रयोगमै नआइ बिग्रिन थालेका छन्। तत्कालीन जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले सिँचाइ तथा ऊर्जा क्षेत्रमा कार्यरत इञ्जिनियर तथा कर्मचारीहरूलाई तालिम दिने उद्देश्यले खरिद गरेका करोड बढीका सामग्री  प्रयोगमा नआइ बिग्रिन थालेका हुन्।  सामग्री किनेकोे दुई वर्ष बितिसक्दासमेत एउटै सामग्री प्रयोगमा आएका छैनन्।




प्रयोगमा नआउँदा केही सामग्री बिग्रन थालेका छन्। ती सामग्री यतिबेला गोदाबरीस्थित केन्द्रको तालिम हलमा थन्क्याइएका छन्। प्रयोगमै नआउने सामग्री त्यतिबेला  किन खरिद गरियो, खरिद गरिसकेपछि किन प्रयोग गरिएन? केन्द्रका कर्मचारीहरू अचम्ममा परेका छन्।

२०८० जेठ १५ गतेको बजेट भाषणमा जलस्रोत, अनुसन्धान तथा विकास केन्द्र खारेज गर्ने निर्णय गरिएको थियो। निर्णय गरेको एक महिनापछि ती सामग्री खरिद गरिएको मन्त्रालयका एक कर्मचारी बताउँछन्।

बजेट भाषणमा उक्त अनुसन्धान तथा विकास केन्द्र खारेज गर्ने घोषणा भए पनि उक्त निर्णय कार्यान्वयन भएन। बजेट भाषणपछि मन्त्रालयले गरेको संगठन र व्यवस्थापन (ओएनएम) सर्वेमा केन्द्रको नाम परिवर्तन गरियो र केन्द्रलाई मन्त्रालयको मातहतबाट अलग गरी  जल तथा ऊर्जा आयोग मातहतमा राखियो। अहिले उक्त केन्द्रको नाम जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र राखिएको छ।

दुई वर्षअघि खरिद गरिएका सामग्रीमा टेबुल कुर्सी, कम्प्युटर, सोफा, माइक, एसी, बैठक टेबुल लगायतका दर्जनौं सामग्री छन्।

जति बेला ती सामग्री खरिद गर्ने निर्णय गरियो, त्यतिबेला विकास केन्द्रकी प्रमुख सरिता दवाडी थिइन्। हाल उनी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा कार्यरत छिन्। त्यतिबेला खरिद गरिएका समग्री हालसम्म प्रयोगमा नआएको उनले स्वीकार गरिन।

उनले भनिन्, अब ती सामग्री प्रयोग गर्ने निर्णय गरेका छौं। गत भदौ २४ गते भएको प्रदर्शनको क्रममा मन्त्रालयका कम्प्युटर लगायतका सामग्री जलेका छन्। नयाँ सामग्री खरिद गर्नुको सट्टा दुई वर्षअघि खरिद गरिएका तिनै सामग्री प्रयोग गर्ने निर्णय गरेका छौं।’ 

उनको भनाइ अनुसार बजेट भाषणमा विकास केन्द्र खारेज गर्ने घोषणा  गर्नुअघि ती सामग्री खरिद गर्ने निर्णय गरिएको थियो। बजेट भाषणपछि उक्त निर्णय कार्यान्वयन भएको हो। दवाडीले भनिन्, ‘पवित्र उद्देश्यबाट ती सामग्री खरिद गरिएका थिए। कर्मचारीहरूलाई तालिम दिने उद्देश्यबाटै गोदाबरीमा चार तलाको तालिम केन्द्र बनाइएको छ। प्रत्येक तालिम केन्द्रमा हिटरसहितका सामग्री जडान गरिएका छन्।’

बजेट भाषणपछि एक वर्षसम्म उक्त विकास केन्द्र अस्तित्वमा नरहेकाले त्यतिबेला खरिद गरिएका सामग्री प्रयोगमा नआएको उनको भनाइ छ। ‘एक वर्षपछि बल्ल विकास केन्द्र राख्ने निर्णय गरिएको हो।’

हाल उक्त केन्द्र हेर्ने जिम्मेवारी सिँचाइ विभागका पूर्व महानिर्देशक संजीव बरालले लिएका छन्। उनी त्यहाँ गएको एक महिना मात्र भएको छ। ‘म यहाँ आएको एक महिना मात्र भएको छ। यसबारेमा मैले बुझ्ने प्रयास गरिरहेको छु’, बरालले भने।

मन्त्रालयका एक कर्मचारीका अनुसार त्यतिबेला सामग्री खरिद गर्दा विकास केन्द्रको स्टोर हेर्ने कर्मचारीलाई समेत थाहा नदिई सोझै लेखाबाट खरिद गर्न खोजिएको थियो। पछि लेखाका कर्मचारीले नमानेपछि स्टोरका कर्मचारीलाई जानकारी गराइएको थियो।

ती कर्मचारी भन्छन्, त्यतिबेला ती सामग्री मन्त्रालयको खरिद प्रणालीसँग  समेत जोडिएका थिएनन्। त्यसको एक वर्षपछि मात्र खरिद प्रणालीमा जोडिएका थिए। सचिव दवाडीले भने त्यतिबेला नै ती सामग्री खरिद प्रणालीसँग जोडिएको दाबी गरिन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस