कोशीका एघार जिल्लामा फैलियो लम्पी स्किन : २२ हजार पशु संक्रमित
२२ साउन २०८२
•
२ मिनेट पाठ
कोशीका एघार जिल्लामा फैलियो लम्पी स्किन : २२ हजार पशु संक्रमित
पशुमा लाग्ने लम्पी स्किन रोगको संक्रमण तेह्रथुम जिल्लामा पनि देखिएको छ । तेह्रथुममा ५ वटा पशुमा लम्पी स्किन रोग देखिएसँगै संक्रमण कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ ।  




कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रदेश पशुविकास अधिकृत डा.गंगाराम यादवका अनुसार कोशी प्रदेशका ११ जिल्लामा असारयता २२ हजार १२२ वटा पशुमा संक्रमण देखिएको छ । जसमा सबैभन्दा बढी झापामा १४ हजार ६९२ पशुमा संक्रमण देखिएको छ । यस्तै मोरङमा २ हजार ४३६, इलाममा २ हजार ४२ र सुनसरीमा १ हजार ७५७ वटा पशुमा संक्रमण देखिएको छ ।  

असारदेखि फैलिएको संक्रमणका कारण ६३७ पशु मरेका छन् । दुई वर्ष पहिले पनि कोशी प्रदेशका लम्पी स्किन रोगले प्रकोपकै रुप लिएको निर्देशनालयले जनाएको छ । उक्त रोगबाट ३ लाख  पशुहरू संक्रमति भएको र साढे ९ हजार पशुहरू मरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा भने कोशी प्रदेशका जिल्लाहरूमा छिटफुट रुपमा मात्रै संक्रमण देखिएको थियो । लम्पी स्किन रोगको संक्रमण रोक्न खोपकार्यक्रम सुरु गरिसकेको निर्देशनालयले जनाएको छ ।  

संघ सरकारले ५ लाख डोज खोप उपलब्ध गराएकोमा हालसम्म ३ लाख १२ हजार ६४१ खोप पशुहरूलाई लगाइसकिएको यादवले जानकारी दिए । उनले लम्पी स्किन रोग भाइरल भएका कारण यसको नियन्त्रणका लागि खोप अभियान नै सञ्चालन गर्न उपयुक्त हुने धारणा राखे । यादवले भने, ‘ लम्पी स्किनको खोप लगाएको एक वर्षसम्म गाई भैंसीमा संक्रमण नदेखिने भएकाले यो खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेर नियमित खोप अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ ।’ यादवले लम्पी स्किन रोगका कारण मरेका पशुहरू र संक्रमणका कारण दुध उत्पादन घटेर किसानलाई पनि ठूलो नोक्सानी भइरहेको छ ।

सरकारले वार्षिक ५ करोड रुपैयाँ बजेट उपलब्ध गराउने हो भने कोशी प्रदेशमा यो रोग नियन्त्रण गर्न सकिने यादवले स्पष्ट पारे ।  

लम्पी स्किन रोग नेपालमा सन् २०२० मा मोरङको सुन्दरहर्रैंचाका पशुमा देखिएको थियो । हाल देशभरकै विभिन्न जिल्लाका पशुहरूमा  लम्कीस्कीन रोगको संक्रमण देखिन थालेको छ । लम्पी स्किन रोगको संक्रमणका कारण कोशी प्रदेशमा असारयता पशुपालक किसानलाई १० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको निर्देशनालयको अनुमान छ । 

लम्पी स्किन रोग संक्रमणका कारण पशु परेको र दूधको उत्पादन घटेका कारण किसानले उक्त मूल्य बराबरको क्षति बेहोर्नु परेको छ । असारको तुलनामा लम्पी स्किन रोगको संक्रमण घट्दोक्रममा रहेको निर्देशनालयले जनाएको छ ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस