जुम्लाका क्रसर उद्योगले टेरेनन् सरकारी मापदण्ड
१५ जेष्ठ २०८३
•
४ मिनेट पाठ
जुम्लाका क्रसर उद्योगले टेरेनन् सरकारी मापदण्ड
जुम्लाका क्रसर उद्योगहरू अनुगमन गरिँदै। तस्बिर: गोल्डेन/नागरिक
२०७९ साल असारमा जिल्ला समन्वय समिति जुम्लाको पाँचौँ जिल्ला सभाले जथाभावी भइरहेको ढुङ्गा, गिट्टी र बालुवा उत्खनन नियन्त्रण गर्न तत्काल अनुगमन गर्ने निर्णय गरेको थियो। संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य र सहअस्तित्वको मर्मअनुसार प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकालिएको थियो। त्यसपछि गत असार २० गते सम्पन्न आठौँ जिल्ला सभाले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन र संकलनलाई कानुनी प्रक्रियाभित्र ल्याउने निर्णय गर्यो। तर निर्णयहरू कार्यान्वयनभन्दा बढी औपचारिकतामा सीमित भए।




जिल्लाभर सञ्चालनमा रहेका क्रसर उद्योगले स्थानीय सरकार, जिल्ला समन्वय समिति र प्रशासनलाई नै चुनौती दिँदै अवैध उत्खनन र प्रशोधनलाई निरन्तरता दिएका छन्। जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यका अनुसार जुम्लामा नदीजन्य वस्तुको उत्खनन मात्रै अवैध छैन, प्रशोधन गर्ने अधिकांश क्रसर उद्योगसमेत कानुनी दायराबाहिर सञ्चालन भइरहेका छन्। 'अनुगमन गर्दा कुनै पनि उद्योगले मापदण्ड पूरा गरेको पाइएन,' उनले भने।

समन्वय प्रमुख आचार्यको संयोजकत्वमा चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा सञ्चालित पाँच वटा क्रसर उद्योगको स्थलगत अनुगमन गरिएको थियो। चन्दननाथ नगरपालिका–९ उठिल्या, भाइरल पुल, तातोपानी गाउँपालिका–१ राका, ५ ऐरेनी तथा तिला गाउँपालिका–३ त्रिवेणी क्षेत्रमा सञ्चालित उद्योगहरूको अवस्थाले प्रशासनलाई नै गम्भीर बनाएको छ।

अनुगमनका क्रममा ऐरेनी बाहेकका चार वटा क्रसर उद्योग नदी किनारमै सञ्चालनमा रहेको पाइएको छ। नदीबाट सिधै बालुवा–गिट्टी निकाल्ने, त्यहीँ प्रशोधन गर्ने र बजार पठाउने काम खुलेआम भइरहेको देखिएको छ। नदीको प्राकृतिक बहाव, वातावरणीय सन्तुलन र बस्ती सुरक्षालाई बेवास्ता गर्दै उद्योग सञ्चालन गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दीपक पौड्यालका अनुसार अधिकांश उद्योगले स्थानीय तहलाई राजश्वसमेत बुझाएका छैनन्। 'नदीजन्य वस्तुको उत्खनन मात्रै अवैध छैन, उद्योग नै मापदण्डविपरीत सञ्चालनमा छन्,' उनले भने, 'वातावरणीय प्रभाव मूल्यांकन गरिएको छैन, स्थानीय सरकारलाई राजश्व बुझाइएको छैन। तत्काल कानुनी प्रक्रियामा आउन निर्देशन दिएका छौँ। अटेरी गरे उद्योग बन्द हुन्छन्।'

कानुनअनुसार नदी तथा राजमार्ग क्षेत्रबाट कम्तीमा दुई सय मिटर टाढा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) वा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अनिवार्य गर्नुपर्ने व्यवस्था पनि छ। तर, जुम्लामा सञ्चालित अधिकांश उद्योगले यी कानुनी प्रावधानलाई पूर्ण रूपमा बेवास्ता गरेका छन्।

नदी किनारमै सञ्चालित उद्योगहरूले नदी दोहन तीव्र बनाएका छन्। नदीको सतह गहिरिँदै गएको, बहाव परिवर्तन हुन थालेको तथा बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेको स्थानीयवासी बताउँछन्। वर्षायाममा बाढी र कटानको जोखिम बढ्ने चिन्ता स्थानीयमा छ। तर नियमनकारी निकाय लामो समय मौन बसेपछि उद्योग सञ्चालक थप निर्भीक बनेको स्थानीयको आरोप सुनिन्छ।

स्थानीय सरकार सञ्चालन भएको झण्डै १० वर्ष पुग्न लाग्दा पनि नदीजन्य पदार्थको व्यवस्थापन, उत्खनन नियमन र क्रसर उद्योग नियन्त्रणमा प्रभावकारी काम हुन सकेको छैन। यसको प्रत्यक्ष असर गाउँपालिकाको राजश्वमा परेको छ। करोडौँ रुपैयाँ बराबरको प्राकृतिक स्रोत दोहन भइरहँदा राज्य संयन्त्र भने राजश्व गुमाएर निरीह बनेको देखिन्छ।गृहमन्त्रालयले अवैध उत्खनन रोक्न र क्रसर उद्योगलाई नियमन गर्न निर्देशन दिएपछि प्रशासन अहिले सक्रिय देखिएको छ।

प्रजिअ पौड्यालका अनुसार सबै उद्योगलाई कानुनी दायरामा आउन एक महिनाको समय दिइएको छ। 'तोकिएको समयभित्र प्रक्रिया पूरा नगरे उद्योग बन्द गरिनेछ र सञ्चालकलाई कानुनी कारबाही गरिनेछ,' उनले भने। प्रशासनले स्थानीय सरकारलाई अनिवार्य राजश्व संकलन गर्न, वातावरणीय मापदण्ड पालना गराउन तथा नदी र राजमार्गभन्दा कम्तीमा दुई सय मिटर टाढा मात्रै उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ। नदी र राजमार्ग नजिक सञ्चालन गरिएका उद्योगलाई असार १० गतेभित्र स्थानान्तरण गर्न समय  दिइएको छ।

जिल्ला समन्वय अधिकारी रोमबहादुर महतका अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा मापदण्डविपरीत उद्योग सञ्चालन भइरहेको पाइएपछि सम्बन्धित नगरपालिका र गाउँपालिकालाई तत्काल कार्यान्वयनका लागि पत्राचार गरिएको उनले बताए।

निर्णयअनुसार सबै गाउँपालिकाले आफ्नो क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन लगाउने, संकलन गरिएका नदीजन्य वस्तुमा नियमानुसार राजश्व संकलन गरेर मात्रै बिक्री गर्न दिने तथा नदीजन्य र खानीजन्य पदार्थको संकलन तथा बिक्री व्यवस्थापनका लागि आवश्यक कानुन तत्काल निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ।

प्राकृतिक स्रोतको संरक्षण गर्ने जिम्मेवारी पाएको राज्य संयन्त्रकै कमजोरीका कारण जुम्लामा नदी दोहन संस्थागत रूपमा मौलाएको देखिन्छ। कानुनभन्दा पहुँच बलियो हुने प्रवृत्तिले प्रशासनिक संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ। अहिले प्रशासनले थालेको पछिल्लो सक्रियता कार्यान्वयनमा पुग्छ वा फेरि निर्णय र निर्देशनमै सीमित रहन्छ भन्ने प्रश्न जुम्लामा मात्र होइन, समग्र स्थानीय शासन प्रणालीकै विश्वसनीयतासँग जोडिएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस