अन्नभण्डारमै रित्तिँदै अन्न
३० असार २०८२
•
८ मिनेट पाठ
अन्नभण्डारमै रित्तिँदै अन्न
मधेसलाई अन्न उत्पदानको उर्वर भूमि अर्थात् अन्नभण्डार भनिन्छ। तर पछिल्ला वर्षहरूको तथ्यांक केलाउँदा अन्नभण्डार रित्तिँदै गएको पाइन्छ। यसका विभिन्न पाटाहरूमध्ये मुख्य जल र मल नै कारक ठान्छन्, मधेसका किसान।




कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रत्येक वर्ष घोषणा गर्ने नीति तथा कार्यक्रममा प्रदेश समृद्ध बनाउने ध्येयले कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। तर धान रोपाइँ गर्ने बेलामा भने मधेसका किसान जल र मल नपाएर निरीह बन्दै छन्।

पहाडी भूभागमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेस प्रदेश सरकारले मधेसलाई भने सुक्खाग्रस्त घोषणा गरेको छ। नेपालमा गत जेठ १५ गते नै मनसुन भित्रिए पनि मधेस प्रदेश वर्षा पर्खेर बसेको छ। वर्षा नहुँदा मधेसको अधिकजसो धान खेत बाँझै छ। गत बिहीबार बसेको मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको सरकारका प्रवक्तासमेत रहेका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बताए।

रोपाइँ गर्ने बेलामा पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको मन्त्री लेखीको भनाइ छ। पानी नपरेपछि पीडित यहाँका किसानलाई राहत दिन संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको छ। बढी धान फल्ने मधेसमा भने यस वर्ष रोपाइँ कम भएको छ। कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार अहिलेसम्म मधेस प्रदेशमा ३३.७८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ।

मधेस प्रदेशमा पाँच लाख ४२ हजार ५८०.७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ। जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। असार सकिनै लाग्दा एक लाख २५ हजार ८८८.६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको तथ्यांक छ। निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार मधेसको पर्सामा सबैभन्दा बढी धान रोपाइँ भएको छ भने सप्तरीमा सबैभन्दा कम।

मधेस प्रदेश आर्थिक सर्वेक्षण तथ्यांकअनुसार मधेस प्रदेशमा आर्थिक वर्ष २०८०/८१ सम्म दुई लाख ७३ हजार चार सय १० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । यसअघि आव २०७९/८० मा कुल सिञ्चित क्षेत्रफल दुई लाख ७३ हजार ५९२ हेक्टर क्षेत्रफल थियो। यस प्रदेशमा कुलो, नहर, पोखरी र बोरिङबाट सिँचाइ भएको क्षेत्र क्रमशः ८७ हजार दुई सय ७२ हेक्टर, एक लाख ५३ हजार ३७ हेक्टर, तीन हजार एक सय ९४ हेक्टर र २९ हजार २०७ हेक्टर छ ।

यसैगरी आव २०७९/८० सम्म कुलो नहर, पोखरी र बोरिङबाट सिँचाइ भएको क्षेत्र क्रमशः ८४ हजार आठ सय ४६ हेक्टर, एक लाख ५० हजार ४३ हेक्टर, तीन हजार १९० हेक्टर र ३५ हजार ५१२ हेक्टर थियो।

तथ्यांकले मधेस प्रदेशका २ लाख ७३ हजार ४ सय १० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध रहेको देखाए पनि अहिले एक लाख २५ हजार ८८८.६ हेक्टर खेतमा मात्र धान रोपाइँ हुुनुले सरकारी तथ्यांकमाथि नै प्रश्न उठेको छ।

आयातले धानेको अन्नभण्डार

मधेस प्रदेश कृषि मन्त्रालयको तथ्यांकअनुसार देशमा धानको आवश्यकता ६० लाख ४२ हजार ३४१ मेट्रिक टन छ, जसमा आयातको परिमाण ५ लाख ५५ हजार ८३९ मेट्रिक टन  छ । राष्ट्रिय जनगणना, २०७८ का अनुसार मधेस प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार हरेक नेपालीले औसत प्रतिवर्ष १३७ किलो चामल खपत गर्छन्।

अन्तर्राष्ट्रिय खपत मापदण्ड चामल प्रतिव्यक्ति वार्षिक १२१ किलोमात्रै छ। अर्थात् एक वर्षमा एकजनालाई १२१ किलो चामल चाहिन्छ। यही अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्ने हो भने मधेस प्रदेशमा ७४ करोड १२ लाख ८० हजार ८४८ किलो चामल चाहिन्छ। तर गत वर्ष मधेस प्रदेशमा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन मात्र धान उत्पादन भएको थियो। यसलाई किलोमा रूपान्तरण गर्दा १ अर्ब २९ करोड ६६ लाख ७ हजार हुन्छ। यसबाट चामल उत्पादन ४० प्रतिशत मात्र हुने एक चामल उद्योगी बताउँछन्। धान कुट्दा ८ प्रतिशत ब्रान्ड, ८ प्रतिशत कनिका, २२ प्रतिशत भुस र २ प्रतिशत डट्समा खेर गएर ६० प्रतिशत मात्रै चामल हुन्छ। यो हिसाबले मधेसमा उत्पादित धानबाट तयार हुने चामल मधेसको समग्र जनसंख्यालाई अपुग देखिन्छ।

चिन्तित किसान

सिरहाको उत्तरी ग्रामीण क्षेत्र गोलबजार नगरपालिका– १० डन्डा टोलका किसान साधुराम महतोलाई सरकारसँग धेरै अपेक्षा छैन। उनको सरकारसँग एउटै अपेक्षा छ, त्यो हो–जल र मल। जल अर्थात् सिँचाइको भरपर्दो व्यवस्था भइदिए बाँझो जमिनलाई अन्न फलाएर ‘गुल्जार’ बनाउने सकिन्छ। मल भए उब्जनी बढाएर मनग्य आम्दानी गर्ने उनको लालसा छ। तर न जलको माग पूरा हुन सकेको छ न मलकै। तीन बिघा खेत भएका महतोले अझै रोपाइँ गर्न सकेका छैनन्। उनको खेत अझै बाँझै छ। धानको बीउँ खेतमै डढ्न थालेको उनले बताए। ‘मोटरबाट पानी लगाएर जसोतसो १० कट्ठामा धान रोपेको थिएँ,’ उनले भने, ‘त्यो पनि वर्षा नहुँदा सुकिसक्यो। रोपेको धान खेतमा धाजा फाटिसक्यो।’

दुई बिघा खेत भएका गोलबजार नगरपालिका–९ का किसान राजेश्वर महतोको पीडा पनि उस्तै छ। सिँचाइ नहुँदा उनको पनि खेत बाँझै छ। सिरहाको दक्षिणी ग्रामीण भेग बरियारपट्टीका किसान रासलाल यादव पहिला मनग्य धान, गहुँ, दलहन, तोरी, चना उत्पादन गथे। जल र मल दुवै अभाव हुन थालेपछि उनले चना र तोरीको खेती गर्न छाडे। धान र गहुँ खेती पनि विस्तारै घट्दै गएको उनी बताउँछन्।

कृषिमा समर्पित कर्जन्हा नगरपालिकाको ग्रामीण क्षेत्र बन्दीपुरका मुक्तिलाल सिंह पनि सरकारले सिँचाइको व्यवस्था गरिदिए हुन्थ्यो भन्छन्।

अहिले धान रोप्न पानी चाहिएको छ तर उनको खेतसम्म कमला नहरको पानी पर्याप्त पुगेको छैन्। उनले भने, ‘कमला सिंचाइ नहरमा पानी छैन। धाजा फाटेर रोपेको धान पनि डढ्न थालिसक्यो। कमला नदीमा पनि पानी पर्याप्त नहुँदा यस भेगका किसान काकाकुल छन्।’

कमला सिँचाइ नहरमा पानी पर्याप्त नहुँदा यस क्षेत्रका किसानको खेतमा धानबाली सुकिरहेको छ। बडहरामालका किसान सुरेन्द्र महतोका अनुसार पछिल्लो केही दशकमा बहुबालीको परम्परा सुक्यो। ‘सिञ्चाइ र मल अभावमा बहुबाली लगाउन नसक्दा खानाका लागि पनि अन्न किन्नुपर्ने अवस्था आएको छ।’

कर्जन्हा नगरपालिकामा सदाय समुदायको (मुसहर) को बाक्लो बस्ती छ। यही बस्तीका रामफल सदाय वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछन्। उनको पीडाको अर्थ छ– पहिला बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइन्थ्यो। अहिले त धान रोप्ने र छोप्ने (काट्ने) बाहेक १० महिना बेरोजगार बस्नुपर्ने अवस्था आएको उनले सुनाए। यसले उनको रोजगारी खोसियो। बहुबालीबाट एकल बालीमा सीमित हुनुपर्दा किसानीमा आश्रित रामकरण सदाय पनि बेरोजगारप्रायः भएका छन्। वर्षा अनियमित हुन पुग्दा धान खेती पनि धरापमा पर्ने जोखिमसँगै कृषि मजदुरहरू पनि पलायन हुने सम्भावना बढेको उनले बताए।

उहिले निर्यात, अहिले आयात

सिरहा नगरपालिका–१४ नवटोलीका मोहम्मद सरिफ खैरटोका मूल भन्सारका पूर्वकर्मचारी हुन्। उनले भने, ‘तीन दशक अघिसम्म भारततर्फ धान बोकेर जाने गोरुगाडाको लस्कर हुन्थ्यो।’ खैरटोका नाकाबाट जयनगर, दरभंगासम्म गोरुगाडामा धान निर्यात हुन्थ्यो। हेर्दाहेर्दै समय उल्टियो। अन्न बेच्नेहरू अन्न किन्न थाले।’

उनको विचारमा समय उल्टिनुको कारण सरकारी नीति किसानमैत्री हुन नसक्नु हो अर्थात् सिँचाइ, मलखाद, बिउबिजनको पर्याप्त सहुलियत नहुनु र प्रकृतिमाथिको अनियन्त्रित दोहन नै हो। सिँचाइ र मज सुविधा भए खेती गर्न सहज हुन्छ, उत्पादन बढ्छ। बरियारपट्टी–४ तेनुवापट्टीगाउँको बिच भागबाट कटनीया खोला बग्छ। कमला नदीको पानीलाई कटनीया खोलामार्फत प्रवाह गरेर यस भेगमा सिँचाइ उपलब्ध गराउन कटनीयामा बाँध निर्माण सुरु भएको एक दशक भैसक्दा पनि अधुरै छ।

किसान रामबाबु भन्छन्, ‘सरकारको लगानी बालुवामा पानी खन्याए सरह भयो। हाम्रो समस्या सामाधान भएन।’ कमला नदी सिँचाइ आयोजनामा करोडौं रूपैयाँ लगानी भएको सुन्छु तर किसानको समस्या ज्यूँका त्यूँ छ,’ उनले भने, ‘कर्मचारी मोटाउने र किसान दुब्लाउने लगानी कहिलेसम्म ?’

किसान रासलाल यादव बरियारपट्टीको सीमामा पारि (भारत) बाट भित्रिएको धान ट्रकमा राख्दै गरेको दृश्य औंलाउँदै भन्छन्, ‘दुई दशक अघिसम्म मधेसमा फलेको धान गोरुगाडामा भारतको मधुवनीसम्म पुर्‍याउँथ्यौं। मधुवनीसम्म मात्र होइन, दरभंगासम्म धान बोकेर पुर्‍याउँथ्यौं। अहिले पारिबाट धान ल्याउनु पर्छ।’

रासलालको छेवैमा बसेका अर्का किसान दोरिक यादवले मुख खोले, ‘हेर्दाहेर्दै समय उल्टियो। अन्न बेच्नेहरू नै अहिले किन्न थाले।’ सरकार किसानको पीडाप्रति गम्भीर नभएको राजेन्द्र यादव बताउँछन्। उनले भने, ‘किसानप्रति प्रदेश सरकारको रबैया पनि केन्द्र सरकारको भन्दा फरक भएन। खेत गुल्जार नभएसम्म मधेस प्रदेश समृद्ध हुँदैन।’ प्रदेश समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने उनको भनाइ छ।

घट्दै उत्पादन र खेती क्षेत्र

मधेस प्रदेशमा धान उत्पादन बर्सेनि घट्दै गएको छ। प्रदेशका आठवटै जिल्लामा हरेक वर्ष उत्पादन हुने धानको परिमाण ओरालो लाग्ने क्रममा छ। प्रदेशको कृषि विकास निर्देशनालयले दिएको पछिल्लो पाँच वर्षको तथ्याँकमा उर्वरभूमिमै धान उत्पादनमा हरेक वर्ष ह्रास आउँदै गएको छ। पछिल्ला पाँच वर्षमा मधेस प्रदेशमा धानको उत्पादन ८५ लाख मेट्रिक टन हाराहारीमा छ। यो धान २३ लाख १८ हजार ९६७ हेक्टर क्षेत्रफलबाट उत्पादित भएको विवरण छ। आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्षस २०८०/८१ सम्म ८५ लाख ७६ हजार २ सय ७४ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयको तथ्यांक छ।

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेसमा गत वर्ष १२ लाख ९६ हजार ६ सय ७ मेट्रिक टन धान उत्पादन भएको थियो। आठवटै जिल्लामा गरी ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। मन्त्रालयका अनुसार यो उत्पादन आवश्यकभन्दा १ लाख २५ हजार ८२९ मेट्रिक टन कम हो। मधेस प्रदेशमा आर्थिक वर्ष २०७५÷७६ मा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादनको थियो।

उक्त वर्ष ४ लाख १ हजार ९ सय ६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। त्यस्तै २०७६/७७ मा ३ लाख ७७ हजार ६११ हेक्टर क्षेत्रफलमा १४ लाख २० हजार ४३६ मेट्रिक टन, २०७७/७८ मा ३ लाख ८२ हजार २७५ हेक्टर क्षेत्रफलमा १४ लाख ३२ हजार ८१८ मेट्रिक टन, २०७८/७९ मा ३ लाख ८१ हजार ८९८ हेक्टर क्षेत्रफलमा १३ लाख ८९ हजार २०५ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ। यसैगरी २०७९/८० मा १५ लाख ४२ हजार १६४ मेट्रिक टन धान उत्पादन भएको थियो।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस