लेक लागेर ज्यान गुमाउनेमा भारतीय पर्यटक धेरै
०४ भदौ २०८२
•
५ मिनेट पाठ
लेक लागेर ज्यान गुमाउनेमा भारतीय पर्यटक धेरै
उच्च हिमाली क्षेत्रमा पर्यटकको सुरक्षाबारे पोखरामा बुधबार आयोजित छलफल। तस्बिरः नागरिक
गत आर्थिक वर्ष (२०८१/८२) अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ जना पर्यटकले ज्यान गुमाए। आर्थिक वर्ष (२०८०/८१) मा लेक लागेर अन्नपूर्ण क्षेत्रमा ज्यान गुमाउने पर्यटकको संख्या २० थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार आर्थिक वर्ष २०८०/८१ मा लेक लागेर ज्यान गुमाएका २० जना मध्ये नेपाली ५, भारतीय ११, बेलायत र युक्रेनका १–१ तथा मलेशियाका २ जना पर्यटक थिए। त्यसैगरि आर्थिक वर्ष (२०८१/८२) मा लेक लागेर ज्यान गुमाएका १८ मध्ये नेपाली ६, भारतीय ८, अमेरिका, कोरिया, जर्मन र स्वीजरल्याण्डका १–१ जना ले ज्यान गुमाएका थिए।  




उच्च हिमाली भेगमा लेक लागेर पर्यटकको ज्यान जाने क्रम बढेपछि पर्यटन क्षेत्रले चिन्ता जनाएको छ। ज्यान गुमाउने पर्यटकमध्ये पनि अधिकांश भारतीय र नेपाली छन। दुइवर्षको अवधिमा ३८ जना पर्यटकको ज्यान जाँदा आधा संख्या (१९ जना) भारतीय पर्यटक रहेको एक्यापको भनाई छ। भारतीयपछि ११ जना नेपाली पाहुनाले पनि दुईवर्ष अवधिमा अन्नपूर्ण क्षेत्रमा लेक लागेर ज्यान फालेका छन।  

उच्च हिमाली क्षेत्रमा जाने पर्यटकमध्ये भारतीय र नेपाली पाहुनाले बढी जोखिम मोल्नुपरेको एक्यापको तथ्यांकले देखाएको छ। व्यावसायीका अनुसार भारतीय र आन्तरिक पाहुनाले अरु विदेशीको तुलनामा बढी जोखिम मोलेर यात्रा गर्ने गरेका छन। जसको कारण ज्यानै जाने जोखिम बढेको उनीहरुको भनाई छ। यही क्रममा उच्च हिमाली क्षेत्रको घुमघाममा पुग्ने पर्यटलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा भएको छलफलमा स्थानीय र पर्यटन व्यावसायीले हतारको यात्राले पर्यटकको ज्यान जाने गरेको बताए। हिमाली क्षेत्रसम्मको हतारको यात्रामा ब्रेक लगाउन पनि उत्तिकै चूनौती रहेको उनीहरुको भनाई छ।

पछिल्ला वर्ष नेपालको तराई र सिमावर्ती भारतीय शहरबाट पर्यटकबाट आएका भारतीय पर्यटक एकैदिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम बढेपछि जोखिम थपिएको उनीहरुको भनाई छ। समुन्द्र सतहबाट एकसय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३ हजार ७ सय १० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नै जोखिमपूर्ण रहेको उनीहरुले बताए।

गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले अन्नपूर्ण क्षेत्रको मूल आधार भनेकै पर्यटन भएकोले पर्यटन क्षेत्र सुरक्षित हुनुपर्ने बताए। उनले पुगेका पाहुना सुरक्षित तरिकाले फर्किने गरि व्यवस्थापन गर्नुपर्ने पनि बताए। ‘अन्नपूर्ण क्षेत्रभित्र गएका पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्रीको व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘त्यसो हुँदा पाहुना सुरक्षित हुन्छन।’  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने बताए। भारतीय पर्यटक रातारात मुक्तिनाथ पुगेर फर्किने गरेको उनले बताए।

 ‘मुस्ताङ र पोखरा दुवै ठाउँमा रातै नकाटि फर्कने परिपाटीले उनीहरुमा सुरक्षा जोखिम बढेको हो,’ अध्यक्ष सुवेदीले भने, ‘पाहुनाको बसाई अवधि पनि छोटिएको छ।’ हतारमा यात्रा पुरा गर्नेगरि जोखिम मोल्दा लेक लागेर कतिपय भारतीय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले बताए। ‘हतारको यात्राले नै भारतीय र नेपाली पाहुनाले धेरै संख्यामा ज्यान फालेको हुन्,’ उनले भने।  
होटल संघ नेपालका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले पर्यटकलाई सहीसूचना प्रदान गरेर उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे। यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचनाकेन्द्रको आवश्यकता समेत रहेको उनले औंल्याए। पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण हुने उनले बताए।  

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाईमा पुर्याएर जोखिममा पार्ने प्रवृत्ति बढेको बताए। ‘हतारका यात्रा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ,’ उनले भने, ‘यसमा व्यावसायी पनि इमान्दार बन्नुपर्छ। हतारको यात्रा प्रवृत्तितालाई रोक्नै पर्छ। भारतीय र नेपालीले यात्रामा बढी हतार गर्छन। तर, तेश्रो मुलुकका पाहुनाले यात्रामा अलि सचेतना अपनाउँछन।’

हतारको यात्राले आन्तरिक र भारतीय पर्यटकले ज्यान गुमाउने यस्ता घटनाक्रबाट सिंगो पर्यटन क्षेत्र प्रभावित हुने पनि उनले बताए। ‘आउन चाहेका पर्यटक पनि तर्सिएर नआउन सक्छन वा अन्यत्र मोडिन सक्छन। गन्तव्य सुरक्षित नभएको सन्देश प्रवाहित हुन सक्छ,’ उनले भने। बोर्डरबाटै भित्रिएदेखि भारतीय पर्यटकलाई मुक्तिनाथसम्म पुर्याएर फर्काउने गरि व्यवासायीले नै मनलाग्दी गरिरहेको उनले बताए।  

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट झन्डै २८ सय मिटर माथिको उचाईमा पुग्नु जोखिमपूर्ण हुने बताए। ‘हतारको यात्राले निम्त्याउने जोखिमबारे धेरै पर्यटकले थाहा नपाएको हुन सक्ने भएकोले पनि पाहुनालाई बेलैमा सूचना दिनुपर्छ,’ उनले भने, ‘पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने विषय जानकारी गराउनुपर्छ। तराइको समथर ठाउँबाट आउने कतिपय पर्यटकले उचाईमा पनि उस्तै त होला भन्ने खालको सोच राख्ने गरेको उनले सुनाए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताए। एक्याप क्षेत्रमा २ हजार ४ सय ५० होटल रहेको तथ्यांक दिंदै उनले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको भनाई राखे। अन्नपूर्ण क्षेत्र साहासिक पर्यटकीय क्षेत्र भएकोले पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवाला मिलेर काम गर्नुपर्ने उनले बताए।  

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेनामूलक पुस्तिका वितरण गर्ने र आवश्यक ठाउँमा सूचनामूलक बोर्डहरु राख्दा उपयुक्त हुने सुझाव दिए। पदयात्रा व्यवासायीको छता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले सरकारले नै नीति ल्याएर पर्यटकको सुरक्षालाई निश्चित गरिनुपर्ने सुझाव राखे।  
अर्को समाचार
हिमालमा पदमचाल फुल्दा...
३१ साउन २०८०
•
४ मिनेट पाठ
हिमालमा पदमचाल फुल्दा...
यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्कहुँदा वातावरणलाई आकर्षित पारेको छ। गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदाघुमघाम गर्नेलाई मोहित बनाएको छ।उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ। 




केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौँमा नयाँ बनेको धरहराको झल्को आउँछ। धरहराजस्तै सेतो रङ र बनावट पनि उस्तै देखिन्छ। हिमाली क्षेत्रमा उच्च डाँडा तथा पहरामा सेताम्य भएर केन्जो फूलले जो–कोहीलाई पनि लोभ्याउँछ।

केन्जो अर्थात् पदमचाल दुर्लभ प्रजातिको फूल हो।अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ। डाँडैभरि टावरझैँ फुलेको हुन्छ केन्जो। लेकाली चौर र अग्ला डाँडा निकै आकर्षक देखिने गरी फुलेको भेटिन्छ। केन्जो औषधि पनि हो। पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको छ।फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ। यो कमै ठाउँमा पाइन्छ । 
कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक जितेन चेम्जोङलेमिक्वाखोला गाउँपालिका–५ का लोदेन र तोक्पेगोला तथा फक्ताङलुङ गाउँपालिका–७ सिङजेमा, देउमा र माउमा क्षेत्रमा केन्जो कमै पाइने बताए। सिदिङवा गाउँपालिका–७ तिम्बुपोखरी पनि क्षेत्र केन्जो पाइने एक ठाउँ हो।वनस्पति विभागका अनुसार जैविक औषधिको महत्वसमेत बोकेको यो वनस्पति आकर्षक भएकाले नै चर्चित छ। यस क्षेत्रका घरमा केन्जोको तस्वीर फ्रेममा झुन्डिएको देख्न पाइन्छ। होटलमा पनि राखेको देख्न पाइन्छ।

यसको व्याख्या पहिलोपल्ट ब्रिटिस बोटानिस्ट सर जोसेफ टाल्टन हुकरले गरेको भेटिन्छ। उनले ‘हिमालयन जर्नल्स नोट्स अफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन्। सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेको पाइन्छ।
“पदमचाललाई मैले पहिलोपल्ट एक माइल टाढाबाट देखेँ। लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो। अप्ठ्यारा ठाउँमा थिए। तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो”, उनले लेखेका छन्।

वनस्पति विभागका अनुसार नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ। वनस्पति विभागका अनुसार पदमचाललाई एक किसिमको जडीबुटी हो। आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ। संस्कृतमा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनेर पनि चिनिन्छ । पोलिगोनेसी वनस्पति परिवारभित्र पर्दछ। 

नेपालको तीन हजार मिटरदेखि चार हजार मिटरसम्मको हिमाली भेगमा पदमचालका बिरुवा आफैँ उम्रिएका हुन्छन्। व्यावसायिक खेती भने हालसम्म भएको देखिँदैन। स्थानीयले विभिन्न औषधिका रूपमा प्रयोग गर्दै आएका वनस्पति विभागले जनाएको छ। बोटलाई अचारका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

हिमाली भेगको फिरफिरे, ठिङ्ग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउछाउ, थुम्का, खुला ठाउँ र ढुङ्गाको अन्तरमा हुर्किन्छ। एकदेखि दुई मिटरसम्म अग्लो हुने पदमचाल जरा र जमिनमुनि रहने कान्ड कसिएको गठिलो हुने गरेको मिक्वाखोला गाउँपालिका–५ तोक्पोगालाका स्थानीय तेन्जिङ शेर्पाले बताए।उनका अनुसार बाहिरी भाग चाउरी परेको हुन्छ। यसबाट सुगन्धित बास पनि आउँछ। स्वाद भने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ। 
जमिनबाटै पलाइआएका लामा डाँठ भएका यसका पात ३० सेन्टिमिटर चौडा हुन्छन्। बिरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन्। यसको फूल साना र राता हुन्छन्। एउटै फूलमा भाले तथा पोथी दुवै पाइन्छन्। यसलाई जडीबटी सङ्कलनकर्तालेजरा किनेर भारत, चीनलगायतका मुलुकमा निर्यात गर्ने गरेका छन्।

कस्तो ठाउँमा उपयुक्त हुन्छ खेती ? 

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत आर्दश क्षेत्रीका अनुसार पदमचालको औषधीय गुण धेरै हुने भएकाले यो अति महत्त्वपूर्ण बिरुवा हो। व्यावसायिकरूपमा लगाएर आर्थिक लाभ लिन सकिन्छ। बिरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ। बिरुवालाई वसन्त ऋतुमा सार्नुपर्दछ। एक दशमलव पाँच मिटर दूरीमा रहेको खाल्डोमा मलजल गरेपछि मात्र यो बिरुवा सार्ने कार्य हुन्छ। पदमचालका फूल साना र रातो रङको हुन्छ। पदमचाल विशेषत नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङलगायतका जिल्लामा पाउने संरक्षण अधिकृत क्षेत्रीले बताउनुभयो।

उनका अनुसार कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सकिन्छ। त्यस्तै, शरीरमा जलन भए यसको रस जुसका रूपमा पिउँदा शरीरलाई शीतलता प्रदान गर्छ। डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ। खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ। शरीरको कुनै भाग सुन्निएको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाईको गहुँतसँग मिसाइ लगाउनाले फाइदा गर्दछ। साथै पदमचालको पात, डाँठ, फूललाई अचार तथा तरकारीमा पनी प्रयोग गरिन्छ।
वन विभागले दिएको तथ्याङ्कानुसार नेपालमा हाल वार्षिक चार हजार आठ सय ३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ। यस्तै विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ। (दिलकुमार लिम्बू/रासस)
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस