सवारी कारबाहीमा पर्ने संख्या साविकभन्दा कम भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०८१/८२ मा पछिल्ला तीन आवमध्ये सबैभन्दा धेरै राजश्व असुली गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) सुमन अधिकारीका अनुसार आव २०८१/८२ मा जम्मा १ हजार ५७ वटा सवारी तथा सवारी चालक ट्राफिक नियम उल्लंघनमा परेका छन्। यसवापत जिल्ला ट्राफिक प्रहरी कार्यालयले ८ लाख ३१ हजार ५ सय रुपैयाँ राजश्व असुली गरेको छ। आव २०८०/८१ मा १ हजार ३ सय सवारी कारबाहीमा परेका थिए। उति बेला ७ लाख ४७ हजार रुपैयाँ राजश्व असुली भएको थियो।
यस्तै आव २०७९/८० मा १ हजार ३ सय १० सवारी कारबाहीमा पर्दा ८ लाख १९ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको थियो। प्रसनी अधिकारीका अनुसार आव २०८१/८२ मा ३० वटा टिप्पर कारबाहीमा पर्दा १६ हजार ५ सय रुपैयाँ राजश्व असुली भयो। यस्तै २ वटा बस कारबाहीमा पर्दा १ हजार ५ सय रुपैयाँ, ३ सय ७५ वटा कार, जीप र भ्यान कारबाहीमा पर्दा २ लाख ४८ हजार, १ सय ७ वटा ट्रयाक्टर कारबाहीमा पर्दा ८३ हजार रुपैयाँ, ४ सय ८२ वटा मोटरसाइकल कारबाहीमा पर्दा ४ लाख ३३ हजार रुपैयाँ, ५० वटा टेम्पो कारबाहीमा पर्दा ४३ हजार ५ सय रुपैयाँ र अन्य ११ वटा सवारी कारबाहीमा पर्दा ६ हजार रुपैयाँ राजश्व असुली भएको छ।