सहकारीको बचत फिर्ता माग गर्दै पीडितको दैनिक सय उजुरी
०२ वैशाख २०८३
•
३ मिनेट पाठ
सहकारीको बचत फिर्ता माग गर्दै पीडितको दैनिक सय उजुरी
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बाचा पत्रमा ‘आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्छौ ’ भनेर प्रतिबद्धता गरेपछि बचत फिर्ता माग गर्दै सर्वसाधारणबाट बागमती प्रदेश सरकारको मातहतमा रहेका चार सय १० वटा सहकारी विरुद्ध उजुरी परेको छ। अधिकांश उजुरी बचत फिर्तासँग जोडिएको बागमती प्रदेश सहकारी  रजिष्ट्रारको कार्यालयका कर्मचारीको भनाइ छ।




प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदीपराज पौडेलका अनुसार हाल दैनिक सयभन्दा बढी  उजुरी बचत फिर्ता गर्न माग गर्दै रजिष्ट्रारको कार्यालयमा आउने गरेका छन्।

यसैगरी हर हिसाब मिलान गर्न तथा व्याज पुँजीकृत गरेको विषयमा पनि कार्यालयमा उजुरी पर्ने गरेका छन्। सहकारीका सञ्चालकहरूले  सन्दर्भ व्याजभन्दा बढी व्याज लिएको भन्दै बचतकर्ताबाट उजुरी आउने गरेको रजिष्ट्रार कार्यालयका कर्मचारीले जनाएका छन्।

रजिष्ट्रार कार्यालयमा दर्ता हुन भएका सबै उजुरी तदारुताका साथ सम्बोधन भइरहेको पौडेलले बताए। गत साता बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल ललितपुरको सानेपास्थित रजिष्ट्रारको कार्यालयमा गई रजिष्टार कार्यालयले गरेको काममको विषयमा अनुगमन गर्न गएकी थिइन्। अनुमगनको क्रममा मन्त्री पौडेलले  बचत फिर्ता माग गर्दै तथा अन्य विषयमा आएका उजुरीहरूको तत्कालै सम्बोधन गर्न र बचतकर्ताहरूको रकम फिर्ता गर्नका लागि कानुनले दिएका सबै प्रक्रिया पूरा गरेर बचतकर्ताको समस्या सामाधन गर्न रजिष्ट्रार कार्यालयका कर्मचारीहरूले निर्देशन दिएकी थिइन्।

पौडेलले भनिन्, ‘बचतकर्ताहरूबाट आएको उजुरीहरूलाई गम्भीरता साथ हेर्नुहोस्। आवश्यक कारबाही गर्न प्रहरी अनुसन्धानलाई सहयोग गर्नुहोस्। आवश्यक देखिएका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरी बचत रकम फिर्ता गर्नुहोस्।’

पौडेलका अनुसार रजिष्ट्रारको कार्यालयमा बचत कर्ताबाट उजुरी आएपछि रजिष्ट्रार कार्यालयका कर्मचारीले उक्त उजुरीमाथि छानबिन गरेर पहिलो चरणमा सहकारीका सञ्चालकहरूलाई बोलाएर छलफल गर्ने गरेका छन्। त्यसपछि मात्र बचत फिर्ता गराउने  प्रक्रिया अघि बढाउने गर्छन्।

उजुरी परेका सहकारीमध्ये हालसम्म तीन सयभन्दा बढी सहकारीका सञ्चालकहरूलाई पचाचार गरिसकिएको पौडेलले बताए। उनका अनुसार उक्त कार्यालयले हालसम्म ५१ वटा सहकारीका सञ्चालकसँग त्रिपक्षीय छलफल समेत गरिसकेका छन्।

बागमती प्रदेश सरकार मातहतमा हाल तीन हजार दुई सय ३० वटा सहकारी छन्। तीमध्ये पाँच वटा सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ। सिभिल, नबोबुद्ध, लालिगुराँस, सुमेरु तथा दर्शन सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको हो। समस्याग्रस्त सहकारीहरूको हकमा भने बचतकर्ताको बचत फिर्ता गर्न बागमती प्रदेश सरकारले काठमाडौंको अनामनगरमा छुट्टै कार्यालय स्थापना गरेको छ।

बागमती प्रदेशमा इन्द्र बानियाँको नेतृत्वमा सरकार बनेपछि सहकारीमन्त्री पौडेलको निर्णय अनुसार तत्काल सहकारी समस्या समाधान गर्ने गरी सरोकारावाला सबै पक्षलाई  पायक पर्ने गरी गत पुस २२ गते काठमाडौं उपत्यकामा कार्यालय स्थापना गरिएको थियो।

बागमती प्रदेशभित्र रहेका सहकारीमध्ये ७६ प्रतिशतभन्दा  बढी सहरकारीहरू काठमाडौं उपत्यका भित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेकाले काठमाडौं उपत्यकामा उक्त  कार्यालय स्थापना गरिएको सहकारी मन्त्रालयले जनाएको छ। काठमाडौंमा नियमन तथा अनुगमन गर्ने कार्यालय नहुँदा उपत्यकाभित्र रहेका सहकारीहरूको नियमन तथा अनुगमन गर्न कठिनाइ उत्पन्न भएको बताइएको थियो।

गत आर्थिक वर्ष २०८१/८२ मा साधारणसभा सम्पन्न गरी विवरण बुझाउने सहकारीको संख्या एक हजार दुई सय ६१ थियो। यो भनेको ३९ प्रतिशत मात्र हो। काठमाडौं उपत्यकामा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना गरिएपछि साधारणसभा गरी अध्यावधिक हुने सहकारीको संख्या ह्वात्तै बढेको पाइएको छ।

हालसम्म एक हजार दुई सय सहकारीले विवरण बुझाइसकेको र चालु आर्थिक वर्षको तीन महिनाभित्र अध्यावधिक हुने सहकारीहरूको संख्या अझै बढ्ने अनुमान रजिष्ट्रार कार्यालयका कर्मचारीको छ। उनीहरूका अनुसार उपत्यकामा कार्यालय स्थापना भएपछि बचतकर्ताको निवेदन लिने र बचत फिर्ता गर्ने कामसमेत प्रभावकारी भएको छ।

कानुनअनुसार एउटा पालिकाभन्दा बढी पालिकामा कार्यक्षेत्र भएका सहरकारीहरूको नियमन तथा दर्ता प्रदेश सरकारले गर्ने गरेको छ।  प्रदेश सहकारी ऐन २०७६ तथा प्रदेश सहकारी नियमावली २०७६ अनुसार बागमती सहकारी रजिष्ट्रार कार्यालयले प्रदेश मातहतका सहकारीहरूको अनुगमन तथा नियमन गर्ने गरेको छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१५ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस