विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो
१४ कार्तिक २०८३
•
५ मिनेट पाठ
विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो
मुलुकमा पुँजी अभावले उद्योगीकरण हुन सकेको छैन। स्वदेशी लगानीकर्तासमेत उत्साहित नदेखिएका बेला विदेशी लगानीमा शिथिलता आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा करिब दुई तिहाइ जनमतको स्थिर सरकार बनेपछि विदेशी लगानी आकर्षित हुन्छ भन्ने अपेक्षाविपरीत लगानी प्रतिबद्धतामा गिरावट देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विदेशी लगानी प्रतिबद्धतामा ठुलो गिरावट आएको हो।




उद्योग विभागका अनुसार पोहोरको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा करिब १९ अर्ब रुपैयाँले गिरावट आएको हो।

गत आव २०८२/८३ को तीन महिनामा ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएकोमा यो वर्षको सोही अवधिमा १६ अर्ब २३ करोड रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको उद्योग विभागले जनाएको छ। यसरी हेर्दा तीन महिनामा १८ अर्ब ९० करोड रुपैयाँले घटेको देखिन्छ।

चालु आवको सुरुवातमा आएको प्राकृतिक विपत्तिलगायतका कारण घटेको हुन सक्ने उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए। ‘विदेशी लगानी ल्याउन सरकारले नीतिगत सहजीकरण गर्दै आएको छ,’ बस्नेतले भने, ‘लगानी बढाउन प्रयत्नशील छौं।’

तीन महिनाकै तथ्यांकले घट्यो भन्न नमिल्ने उनको तर्क छ। विदेशमा रहेका दूतावासलाई परिचालन गरेर विदेशी लगानी ल्याउन पहल गर्नुपर्ने बस्नेतले बताए।

चालु आवमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ। उद्योगगत वर्गीकरणअनुसार पर्यटन क्षेत्रमा १०८ परियोजनामार्फत ६ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको छ। परियोजनाको संख्याका आधारमा भने सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्र अगाडि देखिएको छ।

तीन महिनामा कुल ४२२ परियोजनामार्फत १६ अर्ब २३ करोड १९ लाख रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। यीमध्ये आइसिटी क्षेत्रमा सबैभन्दा बढी २५२ परियोजना प्रस्तावित छन् तर परियोजनाको संख्या धेरै भए पनि यस क्षेत्रमा आएको लगानी प्रतिबद्धता पर्यटन र ऊर्जा क्षेत्रको तुलनामा कम छ।

आइसिटी क्षेत्रमा २५२ परियोजनामार्फत ९२ करोड ८३ लाख ६७ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा भने परियोजनाको संख्या कम भए पनि लगानी प्रतिबद्धता सबैभन्दा बढी छ।  पर्यटनपछि ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता देखिएको छ।

ऊर्जा क्षेत्रमा दुई परियोजनामार्फत चार अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाउँछ। परियोजनाको संख्या थोरै भए पनि ऊर्जा क्षेत्रमा आएको प्रतिबद्धता रकम कुल प्रतिबद्धताको ठुलो हिस्सा हो। यसले ठुला लगानीका परियोजनाले समग्र प्रतिबद्धता रकम बढाउन महत्त्वपूर्ण भूमिका खेलेको देखाउँछ। सेवा क्षेत्रमा ३३ परियोजनामार्फत तीन अर्ब ५७ करोड ५४ लाख रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ।

त्यस्तै उत्पादनमूलक उद्योग क्षेत्रमा २५ परियोजनामार्फत एक अर्ब ६० करोड ५३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। कृषि तथा वनमा आधारित उद्योग क्षेत्रमा दुई परियोजनामार्फत चार करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। उद्योगगत तथ्यांकअनुसार खनिज र पूर्वाधार क्षेत्रमा भने कुनै परियोजना दर्ता भएको देखिन्न।  यी दुवै क्षेत्रमा लगानी प्रतिबद्धता शून्य छ।  

परियोजनाको संख्यालाई आधार मान्दा आइसिटी क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ। कुल ४२२ परियोजनामध्ये २५२ परियोजना यसै क्षेत्रमा छन्।  त्यसपछि पर्यटन क्षेत्रमा १०८ र सेवा क्षेत्रमा ३३ परियोजना छन्।

उत्पादनमूलक क्षेत्रमा २५ परियोजना छन् भने ऊर्जा र कृषि तथा वनमा आधारित उद्योगमा दुई–दुई परियोजना छन्।  प्रतिबद्धताअनुसार परियोजना कार्यान्वयन भएमा पर्यटन, ऊर्जा, सेवा, उत्पादनमूलक र सूचना प्रविधि क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्न सक्छ। प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्दै परियोजना कार्यान्वयनमा लैजानु महत्त्वपूर्ण हुन्छ।  

विदेशी लगानी आकर्षित गर्न सरकारले कानुन संशोधन, लगानी स्वीकृतिमा सहजीकरण र एकद्वार सेवा प्रणाली लागु गरे पनि नेपालमा अपेक्षित लगानी भित्रिन सकेको छैन। नीतिगत सुधारका बाबजुद प्रशासनिक झन्झट, राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता र लगानीको प्रतिफल सुनिश्चित नहुने चिन्ताले विदेशी लगानीकर्ता निरुत्साहित भएका छन्।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसाय ऐन तथा सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनलगायत कानुनी व्यवस्थामा सुधार गरेको छ।

लगानी सहजीकरणसम्बन्धी ऐनमार्फत भूमि ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, विशेष आर्थिक क्षेत्र ऐन, वन ऐन लगायत कानुन पनि संशोधन गरेको थियो। आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी ऐनमार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनसहित विभिन्न कानुनमा संशोधन गरेको थियो।

लगानी स्वीकृति प्रक्रिया सरल बनाउने, प्रविधि हस्तान्तरणको दायरा विस्तार गर्ने र लगानीकर्तालाई सहजीकरण गर्ने लक्ष्य राखे पनि सफलता प्राप्त हुन सकेको छैन। उद्योग विभागअन्तर्गतको एकल बिन्दु सेवा केन्द्रबाट उद्योग दर्ता, लगानी स्वीकृति, भिसा सिफारिस तथा अन्य आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ।

सरकारी निकायबिच समन्वयको अभाव, निर्णय प्रक्रियामा ढिलाइ, भ्रष्टाचार, कर नीतिमा अनिश्चितता, कमजोर पूर्वाधार र नाफा तथा लगानी फिर्ता लैजाने प्रक्रियासम्बन्धी झन्झट छन्।

नेपालमा जलविद्युत्, सौर्य ऊर्जा, पर्यटन, सूचना प्रविधि, डिजिटल सेवा, कृषि प्रशोधन, औद्योगिक उत्पादन, पूर्वाधार, भण्डारण तथा निर्यातमुखी उद्योगमा लगानीको सम्भावना छ।

जलविद्युत् उत्पादन र सीमापार विद्युत् व्यापार, सफ्टवेयर विकास, डेटा सेन्टर, होटल तथा पर्यटकीय पूर्वाधारले विशेष अवसर प्रदान गर्न सक्छन्। लगानी बढाउन सरकारले कानुन कार्यान्वयनमा स्थिरता, समयबद्ध स्वीकृति, पारदर्शी प्रशासन, भरपर्दो पूर्वाधार र नाफा फिर्ताको सहज व्यवस्था सुनिश्चित गर्न आवश्यक छ।  
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस