तिहारमा ४० करोडको फूल कारोबार
०२ कार्तिक २०८२
•
३ मिनेट पाठ
तिहारमा ४० करोडको फूल कारोबार
यस वर्ष तिहारको बेला फूल मालाको व्यापार ४० करोड हाराहारीमा पुग्ने अनुमान व्यवसायीहरूले गरेका छन्।




फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष तिहारको बेला पोहोर सालको तिहारको तुलनामा पाँच करोड रुपैयाँले फूलको व्यापार बढ्ने अनुमान गरिएको छ। पोहर साल तिहारको बेला देशभरि करिब ३५ करोड रुपैयाँ बराबरको फूलको व्यापार भएको उनको भनाइ छ। उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा वर्षभरि फूलको व्यापार तीन अर्बदेखि साढे तीन अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

नेपालमा फूल तथा फूलजन्य वस्तुको बजार  हरेक वर्ष १० देखि १५ प्रतिशतको दरले बढ्दै गएको व्यवसायीहरूले जनाएका छन्। श्रेष्ठका अनुसार तिहारको बेला सयपत्री, मखमली र गोदावरी फूल बिक्री हुन्छ। ‘ती सबै फूल स्वदेशमै उत्पादन हुन्छन्। तिहारमा खपत हुने फूल वैधानिक रूपमा विदेशबाट आउने गरेको छैन। अवैधानिक रूपमा भने भारतबाट फाट्टफुट्ट आउने गरेको पाइएको छ’, श्रेष्ठले भने।

उनका अनुसार तिहारबाहेक अन्य समयमा भने विदेशबाट आयात हुने गर्छ। उनको दाबी छ, ‘देशमा खपत हुने फूलमध्ये ७० प्रतिशत स्वदेशमै उत्पादन हुन्छ भने ३० प्रतिशत फूल मात्र विदेशबाट आउने गर्छ।’

भन्सार विभागको तथ्यांक अनुसार हरेक वर्ष फूलको आयात कारोबार घट्दै गएको छ भने निर्यात कारोबार ह्वात्तै बढेको छ। आव २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा फूलको आयत कारोबारमा कमी आएको छ।

आव २०८१/८२ मा आव २०८०/८१ को तुलनामा ५४.२७ प्रतिशतले फूलको  आयात कारोबारमा कमी आएको थियो। त्यस आवमा फूल तथा फूलजन्य वस्तुको कारोबार  वार्षिक आयात कारोबार १२ करोड ७० लाख ८९ हजार रहेको थियो। आव २०८०/८१ मा भने फूलको आयात कारोबार २७ करोड ७९ लाख पाँच हजार पुगेको थियो।

यसैगरी वार्षिक निर्यात कारोबार आव २०८०/८१ मा एक करोड दुई लाख १२ हजार रहेकोमा आव २०८१/८२ मा १०९.१६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख ६० हजार रुपैयाँले फूलको  करोबार भएको छ।

नेपालमा २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको व्यवसायीहरू बताउँछन्। त्यसपछि फूल व्यवसायले विस्तारै गति लिन थालेको हो। एसोसिएसनका अनुसार २०४९ सालसम्म देशभरि करिब ८० जना मात्र नर्सरी व्यवसायीहरू थिए। २०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को स्थापना भएपछि फूलको व्यावसायिक विकास, विस्तार र प्रवर्द्धनले गति लिएको हो।

हाल देशभरि सहरीकरण बढ्दै गइरहेको छ। केन्द्रीय राजधानी काठमाडौं, सातै प्रदेशका राजधानी तथा अन्य सहरहरूमा फूल व्यवसाय विस्तारै फैलिँदै गएको छ। हाल ५२ जिल्लामा  फूल खेती भइरहेको छ।

यसैगरी दुई सय ७० हेक्टर क्षेत्रफलमा फूल व्यवसाय भइरहेको छ। यस व्यवसायमा एक हजार दुई सय ३५ भन्दा बढी व्यवसायीहरू संलग्न रहेका छन्। यस क्षेत्रमा आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको अनुमान गरिएको छ। फूल व्यवसायमा  प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी ५३ हजार पाँच सय भन्दा बढी व्यक्तिहरूले रोजगार पाएको एसोसिएसनले जनाएको छ।

तिहारको अवसरमा एसोसिएसनले शुक्रबारदेखि ललितपुरको जाउलाखेलमा फूल मेला सञ्चालन गरिरहेको छ। उक्त मेलामा अवलोकनकर्ताको घुइँचो लागेको र दुई दिनमै ४४ लाख बढीको  कारोबार भएको एसोसिएसनले जनाएको छ।

एसोसिएसनका अनुसार मेलाको पहिलो दिन शुक्रबार सात हजार दुई सय जनाले अवलोकन गर्नुका साथै १९ लाख ७५ हजारको कारोबार भएको थियो। यसैगरी दोस्रो दिन शनिबार १४ हजार सात सय जनाले अवलोकन गरेका थिए। फूल  व्यवसायको  प्रवर्द्धन तथा समय अनुकूल फूलको जातीय विकास र गुणास्तरीय उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यबाट उक्त मेला आयोजना गरिएको थियो। नजिकै आइरहेको तिहार पर्व तथा छठ पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला गरिएको एसोसिएसनले जनाएको छ। फूल खेतीबाट आत्मनिर्भर बन्न सकिने सम्भावना भएरै नयाँ व्यवसायीहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस