बदाम खेतीबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका किसान
२५ कार्तिक २०८२
•
२ मिनेट पाठ
बदाम खेतीबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका किसान
कपिलवस्तुको बाणगंगा नदी बगरमा रहेका किसानले बदाम खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। वाणगंंगा नदीले बनाएको बगरमा दुई सय बढी किसानले बदाम उत्पादन गरी राम्रो आम्दानी गरिरहेका हुन्।




बुद्धभूमि नगरपालिका वडा नं १० धनकौली महाराजगन्जको बर्गदी बररमवापुर, हर्दौना, कजराहवा, कपिलवस्तु नगरपालिकाको सौराहा, यशोधरा गाउँपालिकाको शिहोखोको बगरमा रहेको बलौटे माटोमा बदाम खेती गरिन्छ। बगरमा फलेको काँचो बदाम उखेलेर बेच्न चटारो छ। उत्पादित बदाम बेच्न किसानलाई भ्याइनभ्याइ छ।

तरकारी उत्पादनमा नमुना रहेको धनकौलीमा सबैभन्दा बढी बदाम खेती गरिन्छ। तेलहन बालीमा पर्ने बदाम खेतीको धनकौली पकेट क्षेत्रसमेत हो। अगुवा किसान बहराइची केवटका अनुसार जिल्लामा २६ हेक्टर बढी क्षेत्रमा बदाम खेती गरिँदै आएको छ। त्यसको आधाभन्दा बढी भाग धनकौलीमै छ। धनकौलीमा मात्र ५० बढी किसान बदाम खेतीमा लागेको उनले बताए। ‘बदाम बेचेरै यहाँका किसानले ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छन्’, उनले भने।

धनकौलीको धरमपुर, करमपुर मोतीनगर, लाहोरौला गाउँका किसानले उत्पादन गरेको बदाम धमाधम बिक्री भइरहेको छ। स्थानीय शोभा केवटले चार बिघामा लगाएको बदामबाट आफूले यस वर्ष ५० हजार बढीको बदाम बिक्री गरेको बताइन्। ‘बिक्रीको समस्या छैन, मूल्य पनि राम्रो पाइने भएकाले बदाम खेती गर्न मन लाग्छ’, उनले भनिन्। प्रति किलो काँचो बदामको एक सयदेखि एक सय २० रुपैयाँमा बिक्री भइरहेको उनले बताइन्।

अर्का किसान भागवत केवटले बदाम खेतीबाट आफूले हरेक वर्ष राम्रो आम्दानी गरिरहेको बताए। तीन बिघामा लगाएको खेतीबाट उत्पादनसमेत राम्रो भएकाले यस वर्ष ५० हजार रुपैयाँबराबरको काँचो बदाम बेचेको उनको भनाइ छ। ‘भाउ पनि राम्रो र बिक्रीका लागिसमेत समस्या छैन’, उनले भने, ‘त्यसैले गाउँमा बदाम खेती गर्नेको संख्यासमेत बढ्दै गएको छ।’ महाराजगन्जको बर्गदीघाटमा उत्पादन भएको काँचो बदाम उखाल्न व्यस्त रहेका गरिब मुसलमानले बदाम खेतीबाट आफूले हरेक वर्ष राम्रो आम्दानी गर्ने गरेको बताए। यस वर्ष २५ देखि ५० हजार आम्दानी हुने उनले बताए।

बढ्दो जाडोसँगै स्थानीय बजारमा बदामको मागसमेत बढेको छ। माग बढेकाले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन किसान व्यस्त छन्। उत्पादित बदाम जिल्लासहित रूपन्देही, अर्घाखाँचीका बजारमा खपत हुने गरेको छ। जिल्लामा अहिले पनि बदाम खेती निकै कम मात्रामा हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए। उनले बदाम खेतीबारे कार्यालयमा कुनै तथ्यांक नरहेको बताए। जिल्लामा २६ हेक्टर बदाम खेती हुने र जसबाट ५३ मेट्रिक टन बदाम उत्पादन हुने गरेको छ। बिक्रीका लागि भारतबाट समेत बदाम ल्याइने गरिएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस