यही असार ३० गते हुन लागेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा रहेका टिमले आफ्नो प्यानल घोषणा गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
अध्यक्ष पदका उम्मेदवार शिवराज श्रेष्ठले बिहीबार निर्वाचित भएर तीन वर्षे कार्यकालमा गर्ने कार्यको प्रतिबद्धतासँगै प्यानलको घोषणा गरेमा शुक्रबार अर्का अध्यक्ष पदका उम्मेदवारको टिमले प्यानल र प्रतिबद्धता सार्वजनिक गर्यो।
अध्यक्ष पदका उम्मेदवार गोपाल श्रेष्ठले धरान लेउती सुरुङ मार्ग निर्माण गर्न प्रक्रिया अगाडि बढाउन पहल गर्नेसहित २६ बुँदे प्रतिबद्धता सार्वजनिक गरे । गोपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा धरान कोसेली घर निर्माण गर्ने, औद्योगिक ग्रामको स्थापना, उद्योग प्रबद्र्न, व्यवसायिक सुरक्षा, राहत कोष स्थापना, प्रविधिमैत्री सचिवालय, वैज्ञानिक कर प्रणाली, पर्यटनमा लगानीलगायतलाई समेटिएको छ । ‘म नेतृत्व टिम विजयी भएपछि हामीले मतदातामाझ सार्वजनिक गरेका प्रतिबद्धता दृढतापूर्वक कार्यान्वयन गरेर अघि बढ्नेछौँ,’ गोपालले भने ।
अर्का अध्यक्षका उम्मेदवार शिवराज नेतृत्व टिमले सुस्ताएको धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै धरानको व्यापारिक बजार चहलपहल बढाउने भूमिका हुने मुख्य प्रतिबद्धता जनाएका छन् । उनले प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा भने, ‘कसैले बनाई दिएको नभई साँझा अध्यक्ष र टिम बनाएर साँझ ढंगले काम गर्नेछौँ ।’
अध्यक्षका उम्मेदवार गोपाल नेतृत्व समूहले आफ्नो पक्षमा आठ जना पूर्व अध्यक्षको समर्थन र सद्भाव रहेको दाबी गरेको छ । शिवराज नेतृत्व समूहले सुनसरी उद्योग वाणिज्य संघमा सिन्डिकेट यसपालि तोडिने जिकिर गर्दै आएको छ।
गोपाल नेतृत्व टिममा मुख्य गरी केही तटस्थबाहेक बढी मात्रमा एमाले र काँग्रेसका मिश्रित व्यक्तिहरू उम्मेदवार बनेका छन् । शिवराज समूहमा बढी मात्रमा एमाले निकट बढी छन् । गोपाल एमालेसँग शुभेक्षा राख्छन् भने शिवराज एमाले पार्टीमा सक्रिय छन्।
अध्यक्ष गोपालको प्यानलमा उद्योग तर्फको सदस्यहरूमा महेन्द्र प्रधान, प्रभाव खतिवडा, विष्णु बराल, कृष्ण प्रसाद पाठक छन् । वाणिज्य तर्फका सदस्यहरूमा राम स्वरूप शर्मा, किसन मास्के, शैलेस आर्चाय (प्रमोद), विवेक अग्रवाल, शशी साह, नवीन राज भण्डारी, जय प्रकाश शर्मा, अमित अग्रहरी, वर्षा अग्रवाल श्रेष्ठ (महिला) छन् ।
एशोसिएट्स तर्फ सदस्यहरू अशोक जैन, ललित कुमार अग्रवाल, मनिष अग्रवाल छन् । बस्तुगत तर्फ नवीन कुमार तामाङ, नारायण लिम्बु रहेका छन् । यसैबिच, गोपाल प्यानलकी महिला सदस्य मीना राई मगर, वस्तुगततर्फ नवीनकुमार तामाङ र नारायण लिम्बु निर्विरोध निर्वाचित भइसकेका छन् ।
शिवराज प्यानलबाट वाणिज्यतर्फ अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ्, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाईँ, सीताराम आचार्य र महिलातर्फ ममता शाक्य छन् । यस्तै, उद्योगतर्फ उमेश अग्रवाल, खडग बस्नेत र शिवनन्द साह छन् । एसोसिएटतर्फ राजु साह र राजेश अग्रवाल छन् । निर्वाचनमा मतदाताको संख्या दुई हजार ९०४ जना छन्।