मोरङ उद्योग व्यापार संघको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसँग सरकारले बजेटमार्फत ल्याएका नयाँ करका दरहरू परिमार्जनमा लागि पहल गरिदिन आग्रह गरेको छ ।
विराटनगर आएका नेता खाणसँग संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको टोलीले यस्तो आग्रह गरेको हो ।
प्रतिनिधि मण्डलले उद्योगी–व्यवसायीले भोगिरहेका कर सम्बन्धी र नीतिगत समस्याबारे जानकारीसमेत गराएका थिए। भेटमा पूर्व अध्यक्ष पवन कुमार सारडाले वायर रड उत्पादक उद्योगको कच्चा पदार्थमा भन्सार महसुल बढाइएको र सुतिको लत्ता कपडामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने बताए । निवर्तमान अध्यक्ष रिजालले कवाडीजन्य फलाम तथा सिसाको निकासीमा लाग्ने भन्सार महसुल हटाउनुपर्ने, साथै बिमा प्रिमियम दर घटाउन र अन्यायपूर्ण बिमा नीतिहरू खारेज गर्नुपर्ने बताए ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले सुन तथा बहुमूल्य पत्थर जडित गहनामा लाग्ने २ प्रतिशत विलासिता शुल्क र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरे। भेटमा संघका प्रतिनिधिले सरकारले ल्याएको आर्थिक तथा मौद्रिक नीति व्यवसायमैत्री भए पनि अझ केही सुधार आवश्यक रहेको सुझाव सहितको ज्ञापन पत्रसमेत बुझाएको थियो ।