कृषिउपज निर्यातका लागि सहजीकरण गरिदिन माग
०१ पौष २०८२
•
३ मिनेट पाठ
कृषिउपज निर्यातका लागि सहजीकरण गरिदिन माग
उच्च मूल्य भएका कृषि उपज निर्यातका लागि सहजीकरण गरिदिन सरोकारवालाहरूले सरकारसँग माग गरेका छन् ।  इनोभेट एक्स इम्प्याक्ट संस्थाले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशका निर्यातयोग्य उच्च मूल्यका कृषि उपजहरू सम्बन्धी सार्वजनिक नीजि सम्वाद कार्यक्रमका सहभागीहरूले यस्तो माग हुन् ।  




कार्यक्रममा अलैंची व्यवसायी नारायणप्रसाद चिमरियाले नेपालको पूर्वी क्षेत्रमा धेरैजसो उत्पादन हुने अलैंचीका लागि भारतीय बजारमा मात्रै निर्भर हुनु्परेको गुनासो गरे । सरकारले धेरै मूल्य पाइने तेस्रो राष्ट्रहरूमा निर्यातका लागि सहजीकरण नगरिदिएकाले भारतमै मात्र निर्भर हुनु परेको उनको गुनासो छ । चिमरियाले नेपालमा उत्पादन हुने अलैंची ओषधिय गुणयुक्त भए पनि धेरैजसो मसलाका रुपमा मात्रै उपयोग भइरहेको बताए । परम्परागत प्रबिधिबाट उत्पादन र प्रशोधन गरिने भएकाले औषधिय गुणयुक्त नेपालको  अलैंचीले अन्तराष्ट्रिय बजारमा उचित मूल्य नपाएको उनको भनाई छ । चिमरियाका अनुसार नेपालमा परम्परागत रुपमा दाउराबालेर भट्टी चुल्होमा अलैंची सुकाउने गरिएको छ । जसका कारण अलैंचीमा धुँवा लाग्ने गर्दछ ।

धुँवा भएको अलैंचीले विश्व बजारमा न्यून मूल्य पाइरहेको छ । नेपालमा उत्पादित  अलैंचीको उच्च मूल्य पाउन सोलार वा इलेक्ट्रिक डायरमा सुकाउन जरुरी छ ।‘अलैंचीलाई धुँवा मुक्त नबनाएसम्म अन्तरािष्ट्रय बजारमा राम्रो मूल्य पाउन सक्ने अवस्था छैन’ चिमरियाले भने‘ किसानलाई सरकारले अलैंची सुकाउने डायर उपलब्ध गराएर अलैंचीको गुणस्तर बढाउन आबश्यक छ ।’ अलैंची उत्पादनका लागि पछिल्ला बर्षहरूमा रोग किराको प्रकोप पनि अर्को ठूलो समस्या रहेको उनले बताए । अलैंची सम्बन्धी कृषि प्राविधिकहरूको पनि अभाव रहेको चिमरियाको भनाई छ । उनले अलैंची उत्पादन हुने सबै पालिकामा एक–एक जना प्राविधिक पठाउने व्यवस्था गर्न  सरकारलाई आग्रह गरे । यस्तै उन्नत जातको वीरुवाको अभाव र  उचाई अनुसार जात छनौटमा पनि किसानहरूलाई समस्या भइरहेको उनले बताए ।  

कफी व्यवसायी अभिनायक मल्लले नेपालमा कफि खेतिको राम्रो संभावना, प्रयाप्त बजार  हुँदा हुँदै पनि बजार माग अनुसार उत्पादन हुन नसकेको बताए । कफी उत्पादनका लागि उन्नत जातको वीउको अभाव, रोग किराको प्रकोप मुख्य समस्या रहेको मल्लको भनाई छ । मल्लका अनुसार नेपालमा बार्षिक २ हजार २ सय मेट्रिकटन कफीको माग भए पनि हाल ५ सय ५५० मेट्रिकटन मात्रै आन्तरिक रुपमा  उत्पादन भइरहेको छ । नेपालको कफीको माग अन्तराष्ट्रिय बजारमा पनि उच्च रहेकाले कफीबाट प्रयाप्त लाभ लिन गुणस्तरकायम राख्दै उत्पादन बढाउनु आबश्यक रहेको उनले बताए । नेपालबाट निर्यातको राम्रो संभावना रहेको छुर्पी उत्पादनमा पनि चीया कफी र अलैंचीमा जस्तै समस्या रहेको व्यवसायी राजेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार छुर्पी उत्पादनका लागि उन्नत नश्लको सीमेन  आबश्यक रहेको छ । यस्तै छुर्पी उत्पादनका लागि उन्नत जातको गाई पनि आबश्यक रहेको उनले बताए । विगत २० वर्ष देखि नेपालबाट छुर्पी निर्यात गर्दै आएका व्यवसायी श्रेष्ठले पछिल्लो ११ महिनामा ४ अर्बको छुर्पी निर्यात गरेको जानकारी दिए ।  

यता चियाका लागि भने निर्यातमा भारतकै मात्रै भर पर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन् । उनिहरूले बजारिकरणका कारण नेपालको चिया क्षेत्र नै संकटमा रहेको गुनासो गरे । सरकारले चिया क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्ने उनिहरूको माग छ । यता कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामले संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकारले चाहेर पनि बजार व्यवस्थापन, निर्यात प्रबद्र्धन र उत्पादन बृद्धिका लागि काम गर्न नसकेको बताए । उनले कोशी प्रदेश सरकारले गर्न सक्ने सहयोग निर्यातकर्तालाई गर्न तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा इनोभेट एक्स इम्प्याक्टका डाइरेक्टर टपेन्द्र चन्दले संस्थाले उद्यमीहरूलाई उद्यम गर्न, बजारीकरण र निर्यातमा सहजीकरण गरिरहेको जानकारी दिए । 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस