अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी
२६ साउन २०८३
•
४ मिनेट पाठ
अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी
स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ काम गर्ने हो भने वर्षौदेखि घाटामा रहेको एउटा संस्थान कसरी छोटो समयमै नाफा आर्जन गर्न सक्छ भन्ने उदाहरण भनेको छ, दुग्ध विकास संस्थान (डिडिसी) । प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालबाट डिडिसीसम्बन्धी केही तथ्याङ्क प्रस्तुत गरेसँगै डिडिसी अहिले कसरी दैनिक नाफा आर्जन गरिरहेको छ भन्ने सबैको चासो बनेको छ । यसबारे हामीले डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेसँग कुराकानी गरेका छौँ । डा पाण्डेका अनुसार डिडिसीले हाल ४४ वटा जिल्लाबाट दैनिक रूपमा विभिन्न सङ्कलन केन्द्रमा ६१ हजार लिटरको हाराहारीमा दूध सङ्कलन गरिरहेको छ भने ८० हजार लिटर दूध बिक्री गरिरहेको छ । जसमध्ये १९ हजार लिटर दूध विगतमा रहेको मौज्दातबाट खपत भइरहेको उहाँको भनाइ छ । “गत वैशाख १८ गते मैले व्यवस्थापन सम्हाल्दा ६०० टन पाउडर दूध र ४५० टन बटर मौज्दात थियो, अहिले त्यो घटेर पाउडर दूध १४० टन र बटर १३५ टनमा झरेको छ”, महाप्रबन्धक पाण्डेले भन्नुभयो, “मौज्दात रहेको दूध र बटरको खपत बढाउँदा बिक्री पनि बढेको छ ।” डिडिसीले किसानबाट चार प्रतिशत फ्याट भएको दूध खरिद गर्छ । त्यसलाई ‘स्ट्यान्डर्डाइज’ गरेर दुई प्रकारका दूध बिक्री गरिन्छ । बजारमा प्रतिलिटर रु १३० मा पर्ने दूधमा पाँच प्रतिशत फ्याट हुन्छ भने प्रतिलिटर रु १०० पर्ने दूधमा तीन प्रतिशत फ्याट हुन्छ । दैनिक बिक्रीमा रु १३० पर्ने दूधको हिस्सा औसत सात हजार लिटर छ भने रु १०० पर्ने दूधको हिस्सा औसतमा ७३ हजार लिटर छ । डिडिसीले किसानसँग प्रतिलिटर रु ६६ मा दूध खरिद गर्छ । जसमा ढुवानी, सहकारी व्यवस्थापनलगायत खर्च जोड्दा दूधको प्रारम्भिक लागत करिब ७० रूपैयाँ पुग्छ । तर किसानबाट खरिद गरिने दूधमा रहेको अतिरिक्त फ्याटलाई छुट्टै प्रशोधन गरी बटर तथा घिउ उत्पादनमा प्रयोग गरिने भएकाले दूधको वास्तविक लागत गणना प्रतिलिटर रु सातले कम हुन्छ । अर्थात् प्रतिलिटर ६४ रूपैयाँसम्ममा डिडिसीसम्म आइपुग्छ । त्यसपछि प्रशोधन, प्याकेजिङ, चिस्यान, ढुवानी, कर्मचारी तथा मेसिन सञ्चालनलगायत खर्च जोड्दा तीन प्रतिशत फ्याट भएको दूध तयार गर्दा प्रतिलिटर अधिकतम रु १५ देखि १८ रूपैयाँसम्म जोडिन्छ । यसरी उक्त दूधको ‘कस्ट अफ प्रोडक्सन’ प्रतिलिटर रु ८२ पुग्छ । डिडिसीले यो दूध डिलरलाई प्रतिलिटर ९२ रूपैयाँमा बिक्री गर्छ । अर्थात् प्रतिलिटर रु १० नाफा गर्छ । डिडिसीले अहिले दैनिक रूपमा ७३ हजार लिटर दूध बिक्री गर्छ । यसरी प्रतिलिटर रु १० नाफा गर्दा कम्पनीले रु सात लाख ३० हजार नाफा गर्दै आएको छ । डिडिसीले पाँच प्रतिशत फ्याट भएको दूध रु १५ थप गरी बिक्री गर्छ । जसमा एक प्रतिशत फ्याटलाई रु सात दशमलव पाँचका दरले मूल्य थप हुन्छ । प्रतिलिटर रु ८२ को दूधमा रु १५ थप हुँदा ‘कस्ट अफ प्रोडक्सन’ रु ९७ पुग्छ । डिडिसीले डिलरलाई यो दूध प्रतिलिटर रु १२० मा बिक्री गर्छ र उपभोक्ताले रु १३० मा खरिद गर्छन् । यो भनेको दैनिक रु एक लाख ६१ हजार नाफा हो । यसरी हेर्दा डिडिसीले दैनिक ८० हजार लिटर दूध बिक्रीबाट दैनिक रु आठ लाख ९१ हजार नाफा आर्जन गरिरहेको छ । यो नाफा दूध बिक्रीको मात्रै प्रारम्भिक मार्जिन हो । बटर, घिउ, दही, आइसक्रिम, मोहीलगायत अन्य दुग्धजन्य पदार्थको बिक्रीबाट हुने आम्दानी यसमा समावेश छैन । हाल डिडिसीको कूल बिक्रीमा करिब ८५ प्रतिशत हिस्सा दूधको र बाँकी १५ प्रतिशत हिस्सा अन्य दुग्धजन्य पदार्थको रहेको महाप्रबन्धक डा पाण्डेले बताउनुभयो । विगतमा अन्य उत्पादनको बिक्री न्यून हुँदा दूधमै अत्यधिक निर्भर रहेको संस्थानले अहिले बटर, पाउडर, घिउलगायत स्टक बजारमा बिक्री बढाएपछि आम्दानीमा सुधार आएको संस्थानको भनाइ छ । संस्थानका अनुसार हाल देशभर करिब ४५ वटा सङ्कलन केन्द्रबाट दूध सङ्कलन भइरहेको छ भने बालाजु मातहत मात्रै करिब १८ वटा सङ्कलन केन्द्र छन् । किसानलाई ६० करोड भुक्तानी संस्थानले दूध तथा दुग्धजन्य पदार्थको बिक्रीबाट प्राप्त आम्दानीलाई परिचालन गरी किसानको बक्यौता भुक्तानीसँगै पुरानो ऋणसमेत घटाउँदै लगेको छ । जसमा नयाँ व्यवस्थापन आउँदा किसानको आठ महिनाको भुक्तानी (रु ७२ करोड) बाँकी रहेकामा अहिले त्यो दुईदेखि तीन महिना (रु ३५ करोड)मा सीमित भएको छ । यस अवधिमा डिडिसीले रु ६० करोड किसानलाई भुक्तानी गरिसकेको छ । जसमा सरकारबाट प्राप्त अनुदान रकम छैन । डिडिसीले अब उक्त भुक्तानीलाई एक महिनामा झार्ने लक्ष्य अनुरूप काम गरिरहेको जनाएको छ । अनावश्यक खर्च कटौती, कर्मचारीको सुविधामा कटौती, सस्तो मूल्यमा दूध खरिद, कुशल व्यवस्थापन र बिक्रीमा आएको बढोत्तरीले आम्दानी बढेपछि किसानलाई भुक्तानी गर्न पनि सहज भएको डिडिसीको भनाइ छ । डिडिसीले यस अवधिमा आम्दानी गरेर करिब रु तीन करोड ऋणसमेत तिरिएको महाप्रबन्धक डा पाण्डेले बताउनुभयो । यस अवधिमा निजी क्षेत्रसँगको समन्वयमा काठमाडौँ उपत्यकामा आठ वटा ‘डेडिकेटेड सेल्स काउन्टर’ खोलिएको छ । बक्यौता असुलीमा पनि दृढताका साथ काम भइरहेको छ । डिडिसीले पछिल्लो समय दूधको दैनिक बिक्रीसमेत बढेको जनाएको छ । असार मसान्तसम्म दैनिक करिब ६०–६२ हजार लिटर दूध बिक्री गर्दै आएको संस्थानले यही साउन पहिलो सातादेखि औसत बिक्री ८० हजार लिटर पुर्‍याएको छ । यसबाट बिक्री आम्दानी दैनिक रु ६० लाख बढेर रु ९० लाख पुगेको छ । साथै यसबाट आएको थप रकमलाई शतप्रतिशत किसानको भुक्तानीमा खर्च गरिएको डिडिसीको भनाइ छ ।


अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
यो पनि पढौँ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस