स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी
२२ असार २०८३
•
५ मिनेट पाठ
स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी
जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४७ वर्षीय धर्म बोहोराको स्याउ बगैंचामा अहिले तीन सय बिरुवा छन्। उनको बगैंचामा गोल्डेन, रेड डेलिसिएस लगायत तीन जातका स्याउ फल्छन्। वार्षिक ३० देखि ४० क्विन्टलसम्म स्याउ उत्पादन हुने उनले व्यापारीलाई काँचै बेच्दैनन्। बरु सबै स्याउ चाना बनाएर बजार पठाउँछन्। यही निर्णयले उनको खेतीलाई सामान्य उत्पादनबाट मूल्य अभिवृद्धि भएको व्यवसायमा रूपान्तरण गरेको छ। ११ वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैंचाबाट उत्पादन हुने स्याउलाई प्रशोधन गरेर बेच्ने सोच राखेर उनले धेरै वर्षअघि बनाएका थिए। त्यसका लागि ‘बोहोरा कृषि फलफूल तथा प्रशोधन फर्म’ दर्ता गरे।  




२०७४ सालदेखि स्याउका चाना बिक्री सुरु गरेका उनले पहिलो वर्ष ६० केजी मात्रै बिक्री गर्न सके। प्रति केजी आठ सय ५० रुपैयाँका दरले बिक्री हुँदा ४२ हजार पाँच सय रुपैयाँ आम्दानी भएको थियो। त्यही सानो सुरुवात आज वार्षिक सात लाख रुपैयाँभन्दा बढीको कारोबारमा रूपान्तरण भएको छ। समयसँगै उत्पादन र बजार दुबै बढे।  

अघिल्लो वर्ष ६ क्विन्टल स्याउका चाना बिक्री गरेर ६ लाख रुपैयाँ आम्दानी गरेका उनले दोस्रो वर्ष चार देखि पाँच क्विन्टल चाना बिक्री गरे। गत वर्ष साढे तीन क्विन्टल नियमित अर्गानिक पसलमा र थप एक क्विन्टल फुटकर बिक्री गरी कुल चार लाख ५० हजार रुपैयाँ आम्दानी भएको उनले बताए। अहिले चाना प्रतिकेजी ८५० देखि एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।  

उनले जुम्लाको चन्दननाथ बहुउद्देश्यीय अर्गानिक मिनीमार्केट, अस्पताल लाइन, बसपार्क र विमानस्थल लाइनका अर्गानिक पसलसँग वार्षिक सम्झौता गरेका छन्। नियमित बजार सुनिश्चित भएकाले उत्पादनपछि बिक्रीको चिन्ता छैन। सम्झौताबाहेक फुटकर बिक्रीसमेत हुने भएकाले उनको वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ।

धर्मराजका अनुसार स्याउदाना बेच्दा किसानले आफ्नो मेहनतको उचित मूल्य पाउँदैन। व्यापारीले ए–ग्रेड, बी–ग्रेड छुट्याउँछन्, साना आकारका स्याउ लिन मान्दैनन्। मूल्य पनि प्रतिकेजी न्यूनतम ४५ देखि करिब ७० रुपैयाँसम्म मात्रै दिन्छन्। त्यही स्याउ चाना बनाइएपछि भने साना–ठूला सबै स्याउ उपयोग हुन्छन्। फाल्नुपर्ने अवस्था रहँदैन, भण्डारण गर्न सकिन्छ र बजारमा बढी मूल्य पनि पाइन्छ। यही कारण उनले उत्पादन भएको सबै स्याउ चाना बनाएर बिक्री गर्ने निर्णय गरेका हुन्।  

औपचारिक तालिम नलिएका धर्मराजको सिकाइ भने खेतबारीमै भयो। छिमेकी गाउँ तलिउमका भीमबहादुर रोकायाको स्याउ फर्म एक दिन अवलोकन गर्न पुगेका उनी त्यहीँबाट प्रेरित भए। ‘हेरेर सिकेँ, अभ्यास गर्दै गएँ’, उनी भन्छन्। अनुभवले उनलाई सिकाएको सिप अहिले आम्दानीको मुख्य आधार बनायो। स्याउका चानाबाट भएको आम्दानीले उनको जीवनशैली पनि फेरियो। सदरमुकाम खलंगामा १२ लाख रुपैयाँमा घडेरी किनेका छन्। पाँच सदस्यीय परिवारको दैनिक खर्च, लुगाफाटा, चामल, नुन, तेल, दालदेखि दुई छोरा र एक छोरीको निजी विद्यालयको पढाइ खर्चसम्म यही व्यवसायले धानेको छ।  

सामान्य लेखपढ गरेका धर्मराजको अनुभवले कृषिमा उत्पादन मात्र पर्याप्त हुँदैन, उत्पादनलाई मूल्य अभिवृद्धि गर्न सके किसानको आम्दानी धेरै गुणा बढ्ने देखिन्छ। जुम्लाको स्याउ उत्पादनलाई प्रशोधन उद्योगसँग जोड्न सके किसानले काँचो उत्पादनको मूल्यमा सीमित हुनुपर्ने अवस्था हट्नेछ।  

यस्तै जुम्लाको चन्दननाथ नगरपालिका –८ जातिभिड गाउँका ४३ वर्षीय सिरी थापाको परिचय दुईवटा छन्। एउटा उनी भगवती आधारभूत विद्यालयका निजी शिक्षक हुन्, जहाँबाट उनी मासिक १८ हजार रुपैयाँ तलब बुझ्छन्। अर्को उनी स्याउका चाना सुकाएर वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्ने किसान–उद्यमी हुन्। विद्यालयको जिम्मेवारी पूरा गरेपछि बिहान र बेलुकाको फुर्सदको समय उनी स्याउ बगैंचामै बिताउँछन्। अरूका लागि विश्रामको समय उनको उत्पादन र आम्दानी बढाउने अवसर बनेको छ। यही समयको सदुपयोगले उनको जीवनमा अतिरिक्त आयको नयाँ बाटो खोलेको छ। थापाले १० वर्षअघि स्याउका चाना बेच्न सुरु गरेका थिए। सुरुमा सानो प्रयासका रूपमा थालेको काम अहिले व्यवस्थित व्यवसायमा परिणत भएको छ।  

स्याउ उत्पादनसँगै त्यसको मूल्य अभिवृद्धि गर्ने सोचले उनले ‘मालिका स्याउ प्रशोधन उद्योग’ दर्ता गरेका छन्। उनको एक हजार पाँच सय वर्गमिटर क्षेत्रफलमा दुई सय स्याउका बिरुवा फलिरहेका छन्। ती बिरुवाबाट वार्षिक २० क्विन्टल स्याउ उत्पादन हुन्छ। उत्पादनलाई प्रशोधन गरी चाना बनाएर बजारमा पुर्याउँदा आम्दानी पनि बढेको छ।  

गत वर्ष मात्रै उनले दुई सय क्विन्टल स्याउका चाना बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गरे। अहिले भने बजार विस्तार र माग बढेसँगै वार्षिक आम्दानी ६ लाख बढी रुपैयाँ पुगेको छ। शिक्षकको तलबभन्दा धेरै आम्दानी कृषिजन्य प्रशोधनबाट हुन थालेपछि उनी थप उत्साहित छन्। थापाको अनुभवले स्याउ बेच्ने मात्रै होइन, त्यसलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्न सके किसानको आम्दानी उल्लेख्य रूपमा बढ्न सक्ने देखाएको छ। जुम्लाको स्याउलाई प्रशोधित उत्पादनसँग जोड्ने प्रयासले स्थानीय उत्पादनको बजार विस्तारसँगै ग्रामीण अर्थतन्त्रलाई पनि नयाँ सम्भावना दिएको छ।  

फुर्सदको समयलाई सिर्जनात्मक श्रममा रूपान्तरण गर्दै थापाले देखाएको बाटोले कृषि, उद्यम र रोजगारीलाई एकैसाथ जोडेको छ। सीमित तलबमा निर्भर रहने अवस्थाबाट बाहिर निस्केर उनले स्याउका चानामार्फत अतिरिक्त आम्दानीको दिगो आधार निर्माण गरेका छन्। जुम्लाका धेरै किसानका लागि उनको यात्रा प्रेरणादायी बनेको छ। कृषि कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्ष जुम्लामा १७ हजार ५५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यसमध्ये पाँच हजार ५९१ मेट्रिक टन जिल्ला बाहिर निर्यात भई ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ आम्दानी भएको छ।  

गत आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ८४० मेट्रिक टन उत्पादन भई ९ हजार ३३१ मेट्रिक टन निर्यात भएको थियो। यसबाट ६१ करोड दुई लाख ४७ हजार चार सय रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष स्याउ खेती चार हजार ३२५ हेक्टरबाट चार हजार ४४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र दुई हजार हेक्टरबाट दुई हजार १२५ हेक्टरमा विस्तार भएको छ।  

घरधुरी संख्यामा पनि बृद्धि भएको छ, १९ हजार १२५ बाट १९ हजार १५० पुगेको छ। बिक्री–वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ्दो छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस