सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै काम विगत एक महिनादेखि ठप्प भएको छ। यसबाट लाइसेन्स नभई नहुने तथा वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गरिरहेका सेवाग्राही मारमा परेका छन्। यता बागमती प्रदेश सरकारले भने नयाँ ट्रायल सेन्टर खोल्ने तयारी गरिरहेको छ।
यातायात व्यवस्था विभागका अनुसार जेन–जी आन्दोलनपछि गत भदौ २४ गते यता लाइसेन्स छाप्ने, नयाँ लाइसेन्सका लागि अनलाइनबाट निवेदन लिने, राजस्व बुझ्ने, लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) लिने सम्बन्धी सबै काम बन्द भएको छ। यति मात्र नभई गत भदौ २२ गतेभित्र सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक तथा लिखित परीक्षा पास गरेका तथा राजस्व बुझाउन नसकेका सेवाग्राहीले राजस्वसमेत बुझाउन पाएका छैनन्। यसबाट ट्रायल परीक्षा पास गरेको मान्यतासमेत पाउन सकेका छैनन्।
लाइसेन्स सम्बन्धी सबै काम बन्द भएपछि वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने तयारी गरेका सेवाग्राहीले लाइसेन्स कार्ड पाउन सकेका छैनन्। यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले लाइसेन्स छाप्न तयारी अवस्थामा राखिएका कार्ड तथा लाइसेन्स छाप्ने मेसिनसमेत जेनजी आन्दोलनका क्रममा जलेपछि लाइसेन्स छाप्ने काम स्थगित गरिएको बताए। उनका अनुसार आन्दोलनबाट लाइसेन्स सम्बन्धी सर्भर तथा सिस्टमसमेत ध्वस्त भएको छ। लाइसेन्स सम्बन्धी काम पुनः सुरु गर्न प्रयास भइरहेको उनले बताए। ‘हामीले प्रयास गरीरहेका छौं। दश/पन्ध्र दिनभित्र काम सुरु गर्ने हाम्रो तयारी छ’ उनले भने।
तिवारीका अनुसार यसअघि एक दिनमा देशभरिका ४३ वटा यातायात व्यवस्था कार्यालयबाट नयाँ लाइसेन्स लिन अनलाइन सेवाबाट दुई हजार पाँच सयदेखि तीन हजारसम्म आवेदन नागरिकबाट आउने गरेको थियो। अब यो काम ठप्प भएको छ। तिवारीका अनुसार हाल करिब २० लाख सेवाग्राही लाइसेन्स कार्डका लागि प्रतीक्षा गरिरहेका छन् तर उनीहरूले अब कहिले पाउँछन् त्यसको टुंगो छैन। विभागले सेवाग्राहीले माग गरे अनुसार कहिले पनि लाइसेन्स कार्ड दिन सकेको छैन। सवारी चालक अनुमति परीक्षा पास गरेको ५/६ वर्षसम्म पनि जनताले लाइसेन्स पाउन सकेका छैनन्।
नयाँ ट्रायल सेन्टर खोल्न सूचना
लाइसेन्स सम्बन्धी सबै काम ठप्प भएका बेला र लाइसेन्सको काम सुरु भएका बेला पनि लाइसेन्सको लागि आवेदन दिन सेवाग्राही घट्दै गइरहेका बेला यातायात व्यवस्था कार्यालय बनेपाले दसैंको मौका छोपेर नयाँ ट्रायल सेन्टर खोल्न १५ दिने सूचना निकालेको छ।
मिलोमतोबाट एउटा ड्राइभिङ स्कुललाई ट्रायल परीक्षा लिन अनुमति दिने उद्देश्यले सूचना निकालको भन्दै ड्राइभिङ स्कुलसँग सम्बन्धित विभिन्न संघ संस्थाले व्यापक विरोध गरेपछि बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयले बनेपाले निकालेको सूचनालाई सच्याएर अर्को सूचना निकालेको छ।
मन्त्रालयका सचिव वीरेन्द्र भारतीले बनेपाले निकालेको सूचना सच्याएर गत शुक्रबार अर्को सूचना निकालेको बताए। ‘करिब ६ महिनाअघि पनि हामीले सूचना निकालेका थियौं। त्यतिबेला कसैबाट आवेदन नपरेपछि त्यो सूचना रद्द गरेर यसपटक पुनः अर्को सूचना निकालेका हौं’, भारतीले भने, ‘दसैंको फूलपातीको अघिल्लो दिन निकालेको सूचनको अवधि सकिँदै छ। त्यस सूचनालाई सच्याएर शुक्रबार अर्को सूचना निकालेको छ। अब बनेपाका सबै ड्राइभिङ स्कुलले प्रतिस्पर्धा गर्न पाउने छन्।
यता ड्राइभिङ स्कूल अफ नेपाल काभ्रेका उपाध्यक्ष रुपेश काफ्ले, ड्राइभिङ स्कुल संघ ललितपुरका अध्यक्ष विष्णुराज खड्का, ड्राइभिङ स्कुल संघ भक्तपुरका अध्यक्ष रामभाइ बानियाँ तथा ड्राइभिङ स्कुल संघ काठमाडौंका अध्यक्ष रमेश खत्रीले संयुक्त विज्ञप्ति निकालेर बडादसैंको मौका छोपेर यातायात व्यवस्था कार्यलय बनेपाले परीक्षास्थल छनोट सम्बन्धमा निकालेको सूचना तत्काल रद्द गर्न माग गरेका छन्।
सो सूचनामा दालमा केही कालो छ भने झैं टेन्डर खरिद–बिक्री प्रक्रियामा केही कर्मचारी र सरकार नै लागेको आशंकालाई बलियो बनाएको उनीहरूको भनाइ छ। ‘दसैं पर्वको पूर्वसन्ध्यामा नियतवश एउटा मात्र ट्रायल सेन्टरबाट परीक्षा दिन अनिवार्य गराएर काभ्रेपलाञ्चोक जिल्लाभरि क्रियाशील र सबै मापदण्ड पुगेका अरु ड्राइभिङ स्कुलहरू, जो मन्त्रालयबाटै स्वीकृति प्राप्त गरेर सञ्चालनमा छन्’ विज्ञप्तिमा भनिएको छ, ‘ती सबैलाई बाइपास गर्ने सर्तहरू राखेर यातायात व्यवस्था कार्यालयको वेइवसाइटमा नदेखिने गरी सूचना प्रकाशन गरेकाले उक्त सूचना तत्काल रद्द गर्न सरकारसँग माग गर्दछ।’
उक्त सूचना रद्द नभए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी बागमती प्रदेश सरकारले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।