सिँचाइ पुगेपछि रमौलीको कारोबार वार्षिक दुई अर्ब
२५ असार २०८३
•
२ मिनेट पाठ
सिँचाइ पुगेपछि रमौलीको कारोबार वार्षिक दुई अर्ब
मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित रमौलीका कृष्ण राईले आफ्नै खेतमा मकै उम्रेला कि नउम्रेला भन्ने चिन्ताले रात कट्थे। सुक्खा बालुवामिसिएको जमिन, पानीको अभाव र हावाहुरीले उडाउने धुलोबिच खेती गर्नु उनका लागि संघर्ष मात्र थियो। कतिपय छिमेकीले त खेती गरेर गुजारा नचल्ने भएपछि जग्गै बेचेर अन्यत्र बसाइँ सरे। अब परिस्थिति फेरिएको छ।  राईले अहिले करिब ७० बिघा जमिनमा धान, तरकारी र अन्य बाली लगाइरहेका छन्।  ‘पहिला मकै पनि राम्रोसँग फल्दैनथ्यो।  २०७३ सालदेखि सिँचाइको व्यवस्था भएपछि खेती गर्ने हिम्मत आयो, उनले विगत र अहिलेको अवस्था बताउँदै भने, ‘अहिले वर्षभरि खेत खाली हुँदैन।’




कृष्ण राईको यो कथा मकवानपुरको मनहरी गाउँपालिका–६ र ७ का रमौली र प्रतापपुरका अधिकांश किसानको कथा हो।  एक दशकअघि घना झाडी, सालका रुख र सुक्खा बालुवाले ढाकिएको यो क्षेत्र अहिले अन्न तरकारी र दुध उत्पादनको केन्द्र बनेको छ।

सरकारले २०७० सालमा पर्सा राष्ट्रिय निकुञ्जभित्रका बासिन्दालाई स्थानान्तरण गरेर रमौली र प्रतापपुरमा २४७ बिघा जमिनमा करिब ३०० घरधुरीलाई पुनःस्थापना गरेको थियो। जंगल फँडानीपछि बाँकी रहेको बालुवामय जमिन र पानीको अभावका कारण खेतीपाती सहज थिएन।  ठूलो हावाहुरी चल्दा धुलोले बस्नसमेत कठिन हुने अवस्था थियो। त्यसपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ चितवनले करिब तीन लाख रुपैयाँको लागतमा सतह सिँचाइ कुलो निर्माण गरिदियो। त्यससँगै ठुला नहरबाट शाखा कुलो विस्तार, बोरिङ जडान र गाउँपालिकाको सहयोगले सिँचाइ सुविधा विस्तार हुँदै गयो।  अहिले यो क्षेत्रमा करिब ९० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ पुगेको साना किसान सहकारी संस्था रमौलीकी अध्यक्ष विमला कार्कीले बताइन्।

उनका अनुसार सिँचाइ पुगेपछि किसानले धानसँगै भेन्टा, तरकारी र अन्य नगदे बाली उत्पादन गर्न थालेका हुन्। ‘पहिला तीन महिना खान पनि पुग्दैनथ्यो।  अहिले धान छ, तरकारी पनि छ।  वर्षभरि खेती हुन्छ’, उनले भनिन्, ‘कुलो आएपछि घरपनि राम्रा राम्रा बनेका छन्।’

सिँचाइले खेती मात्र नभई गाउँकै आर्थिक र सामाजिक अवस्था परिवर्तन गरेको उनले बताइन्।  प्रतापुर र रमौली बस्तीबाट मात्रै वार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको कृषि तथा पशुपालन कारोबार हुने अनुमान कार्कीको छ।  ‘एक किसानले वार्षिक ४० देखि ५० क्विन्टलसम्म धान उत्पादन गर्छन्।  तरकारीसँगै पशुपालन पनि बढेको छ। तरकारीबाटै ६ करोड रुपैयाँ यहाँका किसानले आम्दानी गर्नुहुन्छ’, उनले भनिन्, ‘सिँचाइपछि घाँस उत्पादन हुन थालेपछि गाईभैंसी पालन विस्तार भएको छ। हाल १५० परिवारले वार्षिक करिब ३६ लाख रुपैयाँ बराबरको दुध बिक्री गरिरहनुभएको छ।’

कार्कीका अनुसार सिँचाइको पहुँचसँगै गाउँमा पक्की घर बनेका छन्, बालबालिका विद्यालय जान थालेका छन् र धेरै परिवारको जीवनस्तर उल्लेखनीय रूपमा उकासिएको छ। ‘पहिला धुलोले बस्न गाह्रो हुन्थ्यो। अहिले चारैतिर हरियाली छ।  सानो कुलोले ठूलो परिवर्तन ल्यायो’, उनले विगत सम्झदै भनिन् सिँचाइले यस गाउँको बस्तीको मुहार फेरिदियो।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस